मकैबारीमा खेलेका सभामुख महराले उद्घाटन गरे “प्रथम सभामुख कप”

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख २९, २०७५
|
|
२६ पटक हेरिएको
Shares
मकैबारीमा खेलेका सभामुख महराले उद्घाटन गरे “प्रथम सभामुख कप”

सारांश

  • रोल्पा, २९ बैशाख ।
  • सभामुख कृष्णबहादुर महराले रोल्पाबाट अब एकता, सद्भाव र शान्तिको सन्देश दिनुपर्ने बताएका छन् ।
  • शनिबार रोल्पाको लिबाङमा प्रथम सभामुखकप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको उद्घाटन गर्दै सभामुख महराले यस्तो बताएका हुन् ।

रोल्पा, २९ बैशाख । सभामुख कृष्णबहादुर महराले रोल्पाबाट अब एकता, सद्भाव र शान्तिको सन्देश दिनुपर्ने बताएका छन् । शनिबार रोल्पाको लिबाङमा प्रथम सभामुखकप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको उद्घाटन गर्दै सभामुख महराले यस्तो बताएका हुन् ।

सभामुख महराले विगतमा राजनीतिक परिवर्तनको नेतृत्व गरेको रोल्पामा अब एकता, सद्भाव र शान्तिको नेतृत्व गर्नुपर्ने बताए । “रोल्पाले विगतमा ऐतिहासिक राजनीतिक परिवर्तनको नेतृत्व गरेको थियो”, सभामुख महराले भने, “अब खेलकूदका माध्यमबाट एकता, सद्भाव र शान्तिको सन्देश यहीँ रोल्पाबाटै दिनुपर्छ ।” सभामुख कप खेलकूद प्रतियोगिता पहिलोपटक आयोजना भएको भन्दै सभामुख महराले रोल्पामा राष्ट्रिय स्तरको खेलकूद प्रतियोगिता पनि पहिलोपटक भएकोमा खुसी व्यक्त गरे ।

खेलकूद विशुद्ध मनोरञ्जन र शारीरिक कसरत मात्रै नभएको भन्दै सभामुख महराले खेलकूदले नेपालीहरुलाई जोड्नुका साथै देशको पहिचान विश्वमै फैलाउने क्षेत्र रहेको बताए । “खेलकूद विशुद्ध मनोरञ्जन र कसरत मात्रै होइन”, महराले भने, “खेलकूदले नेपाली–नेपालीबीच एकताको पुलको काम गर्नुका साथै विश्व समुदायमा देशको पहिचान बनाउँछ ।”

नेपाललाई समृद्ध बनाउन खेलकूद क्षेत्रको विकास अपरिहार्य भएकोतर्फ जोड दिदै सभामुख महराले गाउँ–गाउँ, नगर–शहर र जिल्ला–जिल्लामा खेलकूद मैदानहरु बनाउन राज्यस्तरबाटै पहल गर्नुपर्ने बताए । विद्यार्थीकालमा आफूहरुको खेलकूद मैदान मकैबारी भएको स्मरण गर्दै सभामुख महराले अहिले जिल्लाका प्रायजसो विद्यालयहरुमा खेल मैदानहरु भएको र रंगशाला निर्माण गर्न सकिने प्रशस्त सम्भावना भएका ठाउँहरु रहेको बताए ।

देशैभरिबाट रोल्पा पुगेका खेलाडीहरुलाई सम्बोधन गर्दै महराले भने, “तपाईंहरु सातवटै प्रदेशबाट रोल्पाा आउनुभएको छ । विगतमा राजनीतिक परिवर्तनमा निकै योगदान गरेको रोल्पाले आज खेलकूदका माध्यमबाट एकता र शान्तिको सन्देश दिदैछ । यही सन्देश देशभर फैलाउनुहोस् ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?