ग्लोबल आइएमर्इ बैंक नाफामा, निक्षेप एक खर्ब ६ अर्ब पुग्यो
सारांश
- काठमाडौं।
- ग्लोबल आइएमर्इ बैंकले ७.
- ५० प्रतिशतले नाफा बृद्धि गरेको छ।
काठमाडौं। ग्लोबल आइएमर्इ बैंकले ७.५० प्रतिशतले नाफा बृद्धि गरेको छ। बैंकले गत आर्थिक वर्षमा २ अर्ब १५ करोड रुपैयाँ नाफा बढाएको हो । अघिल्लो बर्ष दुर्इ अर्ब रुपैयाँ थियो। ४ प्रतिशतले मात्रै निक्षेप बढाएको बैंकले ऋण लगानी भने १५ प्रतिशतले बढाएको छ।
बैंकले असारसम्ममा एक खर्ब ६ अर्ब रुपैयाँ निक्षेप संकलन गरि ९३ अर्ब ३७ करोड रुपैयाँ ऋण लगानी गरेको छ। स्प्रेड दर र आधार ब्याज दर बढाएको बैंकको ब्याज आम्दानी ५५ प्रतिशतले बढेको छ भने ब्याज खर्च सत प्रतिशत बढेको छ।
नेपाल राष्ट्र बैंकले तोकेको पूँजी अघिल्लो बर्ष नै पुर्याइसकेको बैंकको जगेडा कोष भने ८९ प्रतिशतले बढेर ४ अर्ब ५७ करोडरु रुपैयाँ पुगेको छ।
खराव कर्जा सुधार गर्दै ०।६९ प्रतिशतमा झारेको छ। आधार व्याजदर १०।५५ प्रतिशत रहेको बैंकको स्प्रेड दर भने १।५ प्रतिशत बिन्दुले बढाएर ४।८६ प्रतिशत पुर्याएको छ।
प्रतिक्रिया