उदयपुर प्रहरी प्रमुख भट्टको बिदाई
सारांश
- अस्बिन खड्का, २१ साउन ।
- जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख नवराज भट्ट को साेमबार (आज) बिदाइ गरिएकाे छ ।
- उदयपुरका विभिन्न सघ संगठन,कर्मचारी मिलन केन्द्र,उधोग बाणिज्य संघ,पूर्व प्रहरी संगठन,सामुदायिक प्रहरी केन्द्र,उपहार मिडीया गुप्र लगायत ले बिदाई कार्यक्रम गरेका छन्।
अस्बिन खड्का, २१ साउन । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख नवराज भट्ट को साेमबार (आज) बिदाइ गरिएकाे छ । उदयपुरका विभिन्न सघ संगठन,कर्मचारी मिलन केन्द्र,उधोग बाणिज्य संघ,पूर्व प्रहरी संगठन,सामुदायिक प्रहरी केन्द्र,उपहार मिडीया गुप्र लगायत ले बिदाई कार्यक्रम गरेका छन्।
प्रहरी उपरीक्षक भट्ट २०७४ साउन महिनामा प्रहरी प्रमुखको रुपमा उदयपुर आउनुभएको थियो । उहाँले उदयपुर मा रहदाँ गरेकाे सीसीटीभी जडान गर्ने कार्य, जिल्लाको बिभिन्न ठाउँमा प्रहरी बिट राख्ने र मुख्यतः जिल्ला मा भईरहेको लागूऔषध दुर्वेसनि को समस्यालाई निर्मुल बनाउने आभियान मा बढी भूमिका खेल्नुभएको थियो। बिदाई कार्यक्रम मा उहाँले जिल्लामा आफुले गरेका कुराहरुले कतिपयलाई राम्रो र कतिपयलाई नराम्रो लागेपनि आफुले सबै काम कानुन अनुसार गरेको र उदयपुरका सबै जनता, ब्यापारी,पत्रकार,लगायत आफुलाई साथ सहयोग गर्नुहुने सबैलाई धन्यवाद समेत दिनुभयो ।
बिदाई कार्यक्रम मा भुतपुर्ब प्रहरी अध्यक्ष डोरनाथ ढकालले जिल्ला प्रमुख भट्ट एक कुशल र कानुनी रुपमा चल्ने एक प्रहरी प्रमुख भएको समेत बताउनुभयो। प्रमुख भट्ट ले शिखरन्युज समाचार ले उदयपुरका समस्याको बारेमा खुलेर स्पष्ट तथा साँचो समाचार लेख्ने भएकाले आफुले समेत सहि सूचना को लागी सहकार्य र सूचना आदान प्रदान समेत गरेको कुरा व्यक्त गर्नुभयो ।
प्रतिक्रिया