स्पेनका प्रधानमन्त्रीद्वारा क्याटलोनियाका अपदस्थ नेताको आग्रह अस्वीकार

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष ८, २०७४
|
|
३३ पटक हेरिएको
Shares
स्पेनका प्रधानमन्त्रीद्वारा क्याटलोनियाका अपदस्थ नेताको आग्रह अस्वीकार

सारांश

  • मड्रिड, ८ पुस ।
  • स्पेनको क्याटलोनियाका अपदस्त नेता कार्ल पुज्डेमोनेले वार्ताका लागि गरेको आग्रहलाई प्रधानमन्त्री मारिआनो राखोइले अस्विकार गरेका छन् ।
  • विहीबार भएको निर्वाचनमा कार्ल समर्थीत पृथकतावादी पार्टीले अत्याधिक बहुमत ल्याएपछि स्पेन बाहिर भेटवार्ता गर्न उनले गरेको आग्रहलाई प्रधानमन्त्रीले शुक्रबार नै अस्वीकार गरेका ह’न् ।

मड्रिड, ८ पुस । स्पेनको क्याटलोनियाका अपदस्त नेता कार्ल पुज्डेमोनेले वार्ताका लागि गरेको आग्रहलाई प्रधानमन्त्री मारिआनो राखोइले अस्विकार गरेका छन् ।

विहीबार भएको निर्वाचनमा कार्ल समर्थीत पृथकतावादी पार्टीले अत्याधिक बहुमत ल्याएपछि स्पेन बाहिर भेटवार्ता गर्न उनले गरेको आग्रहलाई प्रधानमन्त्रीले शुक्रबार नै अस्वीकार गरेका ह’न् ।

वार्ताका लागि पुज्डमोनले गरेको आग्रहका बारेमा पत्रकारले सोधको प्रश्नमा प्रधानमन्त्री राजोइले भने, “निर्वाचन जितेको मध्ये म एक जनालाई मात्रै भेट्न सक्छु । उनी आइनिस अरिमाडास हुन् ।”
उनले क्याटलोनियामा नयाँ बन्ने सरकारले पूर्ण रुपमा कानूनको पालन गर्ने विश्वास पनि व्यक्त गरे ।

उनको यो भनाई गत अक्टोबर एकमा छुट्टै राज्य बनाउने पक्षमा भएको जनमत संग्रहपछि भएको संविधान विरोधी कदम प्रति लक्षित थियो ।

क्याटलोनियाका सांसदहरुले स्वतन्त्र राज्यको घोषणा गरेपछि केन्द्रीय सरकारले तत्काल हस्तक्षेप गरी त्यहाँको संसद विघटन गरिदिएको थियो ।

आफैले संसद विघटन गरिदिएकाले बिहीबार केन्द्रीय सरकारले नै क्याटलोनियाको नयाँ संसदका लागि निर्वाचन गराएको हो ।

प्रधानमन्त्री राखोइले भने, “सकारात्मक र व्यवहारिक वार्ता गर्न म सधै खुल्ला छु, तर मेरा पनि केही कानुनी सीमाहरु छन् ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमेरिकी खोप आजदेखि, प्रधानमन्त्रीले निरीक्षण गर्ने
अमेरिकी खोप आजदेखि, प्रधानमन्त्रीले निरीक्षण गर्ने
डा. केसीलाई भेटेपछि यसरी पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको यस्तो सुझाव
डा. केसीलाई भेटेपछि यसरी पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको यस्तो सुझाव
हिउँदे अधिवेशनका निम्ति द्रुतगतिमा बनाइँदै नयाँ संसद् भवन
हिउँदे अधिवेशनका निम्ति द्रुतगतिमा बनाइँदै नयाँ संसद् भवन
प्रत्यक्षमा कांग्रेसले नराम्रोसँग पराजय भोगेपनि समानुपातिकले उक्सियो
प्रत्यक्षमा कांग्रेसले नराम्रोसँग पराजय भोगेपनि समानुपातिकले उक्सियो
बिस्का जात्रालाई विश्व सम्पदामा सूचीकृत गर्ने अभियान सुरु
बिस्का जात्रालाई विश्व सम्पदामा सूचीकृत गर्ने अभियान सुरु
रविलाई काठमाडौं प्रहरीको हिरासतमा तीन दिन राखिने
रविलाई काठमाडौं प्रहरीको हिरासतमा तीन दिन राखिने
घाइते अपाङ्गका लागि पुनस्र्थापना केन्द्र बनाइन्छ : मुख्यमन्त्री शाही
घाइते अपाङ्गका लागि पुनस्र्थापना केन्द्र बनाइन्छ : मुख्यमन्त्री शाही
डा. गोपाल शिवाकोटी “चिन्तन”ले किन भने मोदीको नेपाल भ्रमणलाई आत्मघाती ?
डा. गोपाल शिवाकोटी “चिन्तन”ले किन भने मोदीको नेपाल भ्रमणलाई आत्मघाती ?
प्रधानमन्त्रीको चीन भ्रमणमा जनअपेक्षा
प्रधानमन्त्रीको चीन भ्रमणमा जनअपेक्षा
बन्दमा ट्राफिक जाम भोगेपछि यात्रुहरु झुक्किए (फोटो फिचर)
बन्दमा ट्राफिक जाम भोगेपछि यात्रुहरु झुक्किए (फोटो फिचर)

तपाईंले छुटाउनुभयो कि?