उदयपुर प्रहरी फेरि समात्यो लागूऔषध ओसारपसार गर्ने युवाहरु
सारांश
- अस्बिन खड्का उदयपुर, १८ असार ।
- उदयपुरको महत्वपूर्ण नाकाको रुपमा रहेको लालपत्ता प्रहरी चौकीमा प्रहरी नायव निरीक्षक शंकर खतिवडाको कमाण्डमा खटिएको टोलीले लहानबाट गाईघाटतर्फ आउँदै गरेको ना १ ज ६८४९ नम्बरको माइक्रोबसलाई चेकजाँच गर्दा दुई जना पक्राउ परेका छन् ।
- पक्राउ पर्नेहरुमा त्रियुगा नगरपालिका १० बस्ने १७ वर्षीय समीर मगर, सोही नगरपालिका वडा नं.
अस्बिन खड्का
उदयपुर, १८ असार । उदयपुरको महत्वपूर्ण नाकाको रुपमा रहेको लालपत्ता प्रहरी चौकीमा प्रहरी नायव निरीक्षक शंकर खतिवडाको कमाण्डमा खटिएको टोलीले लहानबाट गाईघाटतर्फ आउँदै गरेको ना १ ज ६८४९ नम्बरको माइक्रोबसलाई चेकजाँच गर्दा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा त्रियुगा नगरपालिका १० बस्ने १७ वर्षीय समीर मगर, सोही नगरपालिका वडा नं. ११ बस्ने १७ वर्षीय मनिस कार्की रहेका छन् ।
पक्राउ परेका युवाहरुबाट डाईजोपाम २३ एम्पुल, फेनारगन २३ एम्पुल र लुपिजेसिक २३ एम्पुल फेला परेको र उनीहरुलाई हिजो नै जिल्ला प्रहरी कार्यालयमा पुराई अनुसन्धान थालिएको जिल्ला प्रहरी प्रमुख नबराज भट्टले बताए । प्रनानि शंकर खतिवडाले प्रहरी अत्यन्त सक्रिय रहेको र कोही कसैले पनि प्रहरीको आँखा छलेर उदयपुरभित्र लागूऔषध भित्राउन नसक्ने दावी गरे ।
प्रतिक्रिया