उदयपुर क्षेत्र नम्वर २ मा माओवादीका सुरेशकुमार राई विजयी
सारांश
- उदयपुर क्षेत्र नम्वर २ मा माओवादीका सुरेशकुमार राई विजयी भएका छन् ।
- उनले २५ हजार ५ सय ५९ मत प्राप्त गरे ।
- उनका प्रतिस्पर्धि नेपाली कांग्रेसका नायणबहादुर कार्कीले १५ हजार ४ सय ४८ मत प्राप्त गरे ।
उदयपुर क्षेत्र नम्वर २ मा माओवादीका सुरेशकुमार राई विजयी भएका छन् । उनले २५ हजार ५ सय ५९ मत प्राप्त गरे ।
उनका प्रतिस्पर्धि नेपाली कांग्रेसका नायणबहादुर कार्कीले १५ हजार ४ सय ४८ मत प्राप्त गरे । कार्की चुनाव प्रचारका क्रममा वम आक्रमणमा परि घाईते भएका छन् । उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भैरहेको छ ।
को हुन् सुरेश कुमार राई ?
सुरेश कुमार राई नेकपा माओवादी केन्द्रको स्थायी समिति सदस्य तथा एक नम्बर प्रदेशको कार्यालय सदस्य हुन् । उनको जन्म २०३२ सालको माघ २२ गते भएको हो । उनले प्रविणता प्रमाणपत्र तहसम्मको अध्ययन पूरा गरेका छन् ।
ज्योति माध्यामिक विद्यालय बेलटारबाट एसएलसी गरेका सुरेशले महेन्द्र बहुमुखी क्याम्पस धरानबाट प्रविणता प्रमाणपत्र तह पास गरे । २०४८ सालमा अखिलको प्रारम्भिक कमिटीको सदस्यता लिंदै उनी राजनीतिक क्षेत्रमा प्रवेश गरेका हुन्। तर एक वर्ष नपुग्दै २०४९ सालमा खम्बुवान मुक्ति मोर्चाको सदस्यता लिए र अखिल छाडे ।
२०५३ सालमा खम्बुवान राष्ट्रिय मुक्ति मोर्चाको क्षेत्रीय सदस्य भए । २०५५ सालमा खम्वुवानले माओवादीसँग संयुक्त मोर्चा बनाएपछि उनी पनि त्यतै लागे।
२०६० सालमा माओवादीको केन्द्रीय सदस्य बनेका सुरेश त्यही वर्ष क्षेत्रीय इन्चार्ज र पूर्वी कमाण्डको जिम्मेवारी पाए ।
२०७० सालमा उदयपुर क्षेत्र नं। २ बाट उम्मेदवार बनेका सुरेश पराजित भए। त्यतिबेला यो क्षेत्रमा एमालेले जितेको थियो । अहिले भने उनी एमालेसँगकै गठबन्धनबाट उम्मेदवार बनेर विजयी भए ।
प्रतिक्रिया