उद्धव थापाको सपथ समारोह हिक्मत कार्कीद्वारा बहिष्कार,सिट नराखेको गुनासो

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण १७, २०८०
|
|
२३ पटक हेरिएको
Shares
उद्धव थापाको सपथ समारोह हिक्मत कार्कीद्वारा बहिष्कार,सिट नराखेको गुनासो

सारांश

  • विराटनगर ।
  • कोशी प्रदेशका नव नियुक्त मुख्यमन्त्री उद्धव थापाको शपथ ग्रहण समारोह निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बहिष्कार गरेका छन् ।
  • उनले आफ्ना लागि सिट व्यवस्थापन नगरेको भन्दै शपथ समारोह बहिष्कार गरेका हुन् ।

विराटनगर । कोशी प्रदेशका नव नियुक्त मुख्यमन्त्री उद्धव थापाको शपथ ग्रहण समारोह निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बहिष्कार गरेका छन् । उनले आफ्ना लागि सिट व्यवस्थापन नगरेको भन्दै शपथ समारोह बहिष्कार गरेका हुन् ।

उनले भने, ‘शपथ समारोहमा निवर्तमान मुख्यमन्त्रीको सिट मुख्यमन्त्रीको साइडमा हुन्छ, शपथ ग्रहणपछि मुख्यमन्त्रीलाई बधाई दिएर सिट छोड्ने प्रचलन हुन्छ ।’ ‘म हिजोसम्मको मुख्यमन्त्री आजबाट निवर्तमान मुख्यमन्त्री भएको हुँ, तर उहाँ (प्रदेश प्रमुख)ले सिट राख्नुभएन, त्यसकारण मैले यहाँ बस्नु उपयुक्त ठानिनँ ।’

त्यस्तै, सर्वोच्च अदालतले मुख्यमन्त्री थापाको अघिल्लो पटकको नियुक्ति बदर गरेपछि आफू नै मुख्यमन्त्री रहेको तर प्रदेश प्रमुख परशुराम खापुङले अस्वीकार गरेको उनको आरोप छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?