अफगान युद्ध, भिडन्तमा कम्तीमा २४ जना मारिए

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र १५, २०७५
|
|
३६ पटक हेरिएको
Shares
अफगान युद्ध, भिडन्तमा कम्तीमा २४ जना मारिए

सारांश

  • काबुल, १५ चैत  अफगानिस्तानका दुई वटा प्रान्तमा विद्रोही तालिबान समूहले गरेको पछिल्लो आक्रमणमा १४ जना प्रहरी अधिकृत सहित कम्तीमा २४ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले बताएका छन् ।
  • प्रहरी चेकपोस्टमा गरिएको उक्त आक्रमणबाट अरु धेरै व्यक्ति घाइते समेत भएका छन् ।
  • समाचार अनुसार घाज्नी प्रान्तको राजधानी शहर घाज्नीको बाहिरी इलाकामा रहेको प्रहरी चेकपोस्टमा तालिबान समूहले गरेको आक्रमणमा जिल्ला प्रहरी प्रमुख सहित नौ जना प्रहरी अधिकृत मारिएका छन् ।

काबुल, १५ चैत  अफगानिस्तानका दुई वटा प्रान्तमा विद्रोही तालिबान समूहले गरेको पछिल्लो आक्रमणमा १४ जना प्रहरी अधिकृत सहित कम्तीमा २४ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले बताएका छन् । प्रहरी चेकपोस्टमा गरिएको उक्त आक्रमणबाट अरु धेरै व्यक्ति घाइते समेत भएका छन् ।

समाचार अनुसार घाज्नी प्रान्तको राजधानी शहर घाज्नीको बाहिरी इलाकामा रहेको प्रहरी चेकपोस्टमा तालिबान समूहले गरेको आक्रमणमा जिल्ला प्रहरी प्रमुख सहित नौ जना प्रहरी अधिकृत मारिएका छन् । आक्रमणमा अरु छ जना प्रहरी घाइते भएका छन् ।

स्थानीय प्रशासनका अनुसार धेरै जना तालिबानी लडाकू समेत जवाफी कारबाहीमा मारिएका छन् ।

यसैगरी, उत्तरी बडाखासान प्रान्तमा भएको भिडन्तमा पाँच जना प्रहरी, दुई जना स्थानीय नागरिक तथा आठ जना तालिबानी लडाकू मारिएको अफगान सेनाका प्रेस अधिकृत हादी जमालेले बताउनुभयो ।

“बन्दुक र क्षेप्यास्त्र जडित ग्रिनेडबाट सुसज्जित तालिबानी लडाकूहरुले प्रहरी चेकपोस्टमा आक्रमण गरेका थिए । सुरक्षाफौजले आक्रमणकारीलाई लखेटेका थिए । उनीहरु जिल्ला प्रशासन कार्यालय नै कब्जामा लिने प्रयत्नमा थिए,” हादी जमालले बताउनुभयो ।

उक्त दुबै घटनाका बारेमा तालिबान र सरकारी पक्षको आधिकारिक भनाई सार्वजनिक भइसकेको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?