उपप्रधानमन्त्री गोपालमान श्रेष्ठलाई झण्डै पाँच हजार मतले पछाडि पार्दै पद्मा अर्याल

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर २६, २०७४
|
|
२४ पटक हेरिएको
Shares
उपप्रधानमन्त्री गोपालमान श्रेष्ठलाई झण्डै पाँच हजार मतले पछाडि पार्दै पद्मा अर्याल

सारांश

  • विवादको कारण ढिलो गरेर गणना हुन लागेको स्याङजामा एमालेकी पद्मा अर्यालले उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई ४६ सय मतले पछि पारेकी छन् ।
  • अहिलेसम्मको मतगणनामा अर्यालले २१००४ मत ल्याएकी छन् भने गोपालमान श्रेष्ठले १६३५५ मत ल्याएका छन् ।
  • अर्यालभन्दा श्रेष्ठ ४ हजार ६ सय भन्दा बढी मतले पछाडि छन् ।

विवादको कारण ढिलो गरेर गणना हुन लागेको स्याङजामा एमालेकी पद्मा अर्यालले उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई ४६ सय मतले पछि पारेकी छन् ।

अहिलेसम्मको मतगणनामा अर्यालले २१००४ मत ल्याएकी छन् भने गोपालमान श्रेष्ठले १६३५५ मत ल्याएका छन् । अर्यालभन्दा श्रेष्ठ ४ हजार ६ सय भन्दा बढी मतले पछाडि छन् । मत गणनाको सुरुदेखिनै अघि रहेकी अर्यालले मतान्तर बढाउदै लगेपछि कांग्रेसमा अब जित्ने आशा हराउदै गएको छ ।

स्याङजाका प्रतिनिधिसभाका दुबै क्षेत्रमा एमालेको अग्रता कायमै छ । यो मत परिणामले स्याङजाका दुबै क्षेत्रको सबै सिट एमालेको पोल्टामा जाने देखिएको छ । त्यस्तै क्षेत्र नम्बर १ मा एमालेका नारायण मरासिनी कांग्रेसका राजु थापालाई पाँचहजार मतले उछिन्दै अघि छन् ।

मरासिनीले २३ हजार सातसय मत ल्याउदा थापाले १८ हजार पाँचसय मत ल्याएका छन् । यसरी पाँचहजार मतको अन्तरले राजुलाई मरासिनीले अग्रता लिएकाछन् ।

(Alprazolam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?