उपराष्ट्रपतिको वडामा माओवादी केन्द्रको प्यानल नै विजयी

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ १, २०७९
|
|
१६ पटक हेरिएको
Shares
उपराष्ट्रपतिको वडामा माओवादी केन्द्रको प्यानल नै विजयी

सारांश

  • रोल्पा जिल्लाको माओवादी आधार क्षेत्रको रुपमा चिनिने परिवर्तन गाउँपालिकामा वडा नं २ मा माओवादीले पुरै विजयी भएको छ।
  • परिवर्तन गाउँपालिकाको वडा नम्बर २ राङ्सी मा विप्लव नेकपा,एमाले ,काङ्ग्रेस र माधव नेपाल समाजवादी गठबन्धनलाई हराउँदै एकल उम्मेदवारी दिएका माओवादीका केन्द्रका हरिप्रसाद बुढाको प्यानल नै विजयी भएको छ ।
  • परिवर्तन २ मा बुढाले ९२९ मत ल्याएर विजयी भए ।

रोल्पा जिल्लाको माओवादी आधार क्षेत्रको रुपमा चिनिने परिवर्तन गाउँपालिकामा वडा नं २ मा माओवादीले पुरै विजयी भएको छ। परिवर्तन गाउँपालिकाको वडा नम्बर २ राङ्सी मा विप्लव नेकपा,एमाले ,काङ्ग्रेस र माधव नेपाल समाजवादी गठबन्धनलाई हराउँदै एकल उम्मेदवारी दिएका माओवादीका केन्द्रका हरिप्रसाद बुढाको प्यानल नै विजयी भएको छ । परिवर्तन २ मा बुढाले ९२९ मत ल्याएर विजयी भए ।

उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका नन्दकिशोर डाँगी ६७५ मत ल्याए । यो परिवर्तन गाउँपालिका वडा उपराष्ट्रपति नन्दबहादुर पुन त्यस्तै माओवादी केन्द्रकै केन्द्रीय नेताहरु जयपुरी घर्तीको वडा पर्छ । यहाँ माओवादी केन्द्र विरुद्ध सबै पार्टीहरू एक हुँदा पनि माओवादीको पुरै प्यानल विजयी हुन सफल भएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?