एनआरएनए निर्वाचन: मनोनयन दर्ता आज, अध्यक्षकाे उम्मेदवारी शुल्क १० लाख

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन २३, २०७८
|
|
२३ पटक हेरिएको
Shares
एनआरएनए निर्वाचन: मनोनयन दर्ता आज, अध्यक्षकाे उम्मेदवारी शुल्क १० लाख

सारांश

  • लन्डन।
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्वको निर्वाचनका लागि मनोनयन दर्ता आजबाट सुरु हुने भएको छ।
  • संघको निर्वाचन समितिका प्रमुख भीमसेन बन्जाराका अनुसार पूर्वनिर्धारित कार्यतालिकाअनुसार सोमबारदेखि भोलि साँझ ५ बजेसम्म मनोनयन दर्ता प्रक्रिया जारी रहने छ।

लन्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्वको निर्वाचनका लागि मनोनयन दर्ता आजबाट सुरु हुने भएको छ। संघको निर्वाचन समितिका प्रमुख भीमसेन बन्जाराका अनुसार पूर्वनिर्धारित कार्यतालिकाअनुसार सोमबारदेखि भोलि साँझ ५ बजेसम्म मनोनयन दर्ता प्रक्रिया जारी रहने छ। उम्मेदवार हुन चाहने व्यक्तिले अनलाइन तथा प्रत्यक्ष संघको कार्यालयमा उपस्थित भएर आफ्नो उम्मेदवारी दर्ता गर्न सक्ने निर्वाचन समितिले जनाएको छ।
संघको अध्यक्षसहित ५१ पदाधिकारीका लागि मनोनयन हुन लागेको निर्वाचन समितिले जनाएको छ। गत अक्टोबरका लागि तय गरिएको निर्वाचन प्रतिनिधि विवादका कारण रोकिएको थियो । निर्वाचन समितिले २१ र २२ मार्चका लागि अनलाइन निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। निर्वाचन समितिले सोमबार बिहान अन्तिम ३५ सय ९० जनाको मतदाता नामावलीसमेत सार्वजनिक गरेको छ।
संघको नयाँ नेतृत्वका लागि अध्यक्षमा कुल आचार्य, डा. बद्री केसी र रविना थापाले उम्मेदवारी घोषणा गरेका छन् । संघको अध्यक्षको उम्मेदवार बन्न १० लाख नेपाली रुपैयाँ वा अमेरिकी डलर १० हजार, महिलासहित उपाध्यक्षहरूका लागि सात लाख रुपैयाँ, महासचिवका लागि ६ लाख रुपैयाँ, सचिव तथा कोषाध्यक्षका लागि पाँच लाख रुपैयाँ ताेकिएकाे छ।
सहकोषाध्यक्षका लागि चार लाख रुपैयाँ, महिला, युवा र क्षेत्रीय संयोजकका लागि तीन लाख ५० हजार रुपैयाँ, महिला, युवा र क्षेत्रीय उपसंयोजकका लागि दुई लाख ५० हजार रुपैयाँ र र आईसिसी सदस्यहरूका लागि एक लाख रुपैयाँ तोकिएको छ।[image: nrna1.jpg]

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?