किन नरम बने केपी ओली ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ १७, २०७६
|
|
३२ पटक हेरिएको
Shares
किन नरम बने केपी ओली ?

सारांश

  • काठमाण्डौ ।
  • प्रधानमन्त्री केपी ओली भन्नासाथ विरोधी र प्रतिपक्षीलाई गाली मात्रै गरिरहने व्यक्ति भन्ने लाग्छ ।
  • सार्वजनिक कार्यक्रममा अरुलाई कटाक्ष गरेर थाक्दैनन् ओली ।

काठमाण्डौ । प्रधानमन्त्री केपी ओली भन्नासाथ विरोधी र प्रतिपक्षीलाई गाली मात्रै गरिरहने व्यक्ति भन्ने लाग्छ । सार्वजनिक कार्यक्रममा अरुलाई कटाक्ष गरेर थाक्दैनन् ओली ।  तर पछिल्लो समय ओली केही नरम बन्दै जानुभएको हो कि भन्ने संकेत देखिएको छ । लगातारको विरोध र आलोचना खेप्नुभएका ओली आगामी दिनमा नरमै बन्नुहोला वा पुरानै प्रवृत्ति देखिएला भन्ने चासो पनि बढेको छ । प्रधानमन्त्री भएपछि ओलीले विपक्षी तथा आलोचकमाथि अरिङ्गाल बनेर जाइलाग्न कार्यकर्तालाई निर्देशन नै दिनुभएको थियो । जसले गर्दा ओली निकै विवादमा पनि परे । सपछि पनि निरन्तर रुपमा आलोचक र प्रतिपक्षी दल नेपाली कांग्रेसलाई कटाक्ष र व्यङ्ग्य गर्दा ओलीमा बहुमतको दम्भ देखिएको धेरैले टिप्पणी गरे । संसदमा होस् वा अन्य सार्वजनिक कार्यक्रममा, ओलीले सरकार

वा आफ्नो विरोध गर्नेलाई भित्तामा पुग्ने गरी अभिव्यक्ति दिन्थे । तर पछिल्लो समय प्रधानमन्त्री ओली केही नरम बन्नुभएको संकेत देखिएको छ । सरकारको कामप्रति सवैतिरबाट आलोचना भइरहनु र पार्टी्भित्रको आन्तरिक समस्या पनि समाधान पनि हुन नसक्नुले ओलीलाई केही लगाएको हुन सक्छ । गुठी विधेयकको विरोधले त प्रधानमन्त्री ओलीलाई एउटा पाठ नै सिकाएको कतिपयको विष्लेषण छ ।

आफ्ना कमी कमजोरी अस्वीकार गर्दै आउनुभएका ओलीले अहिले भने आलोचना र सुझाबलाई सकारात्मक रुपमा लिन थाल्नुभएको हो कि भन्ने अनुमान गर्न सकिन्छ । आफ्नै दलका नेता तथा सांसदहरु पनि ओलीको कार्यशैलीप्रति असन्तष्ट हुन थालेपछि ओलीको बोली फेरिएको हुन सक्ने विश्लेषक मुमाराम खनाल बताउँछन् ।

सोमबार लामो समयपछि बसेको पार्टीको संसदीय दलको बैठकमा सांसदहरुले नेतृत्वको कडा आलोचना गरेका थिए । त्यसबेला प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली र दाहाल निकै गंम्भिर मुद्रामा देखिएका थिए । सांसदहरुले गरेका प्रश्नको अन्तिममा जवाफ दिदै ओलीले सरकारको बचाउ गर्दे पार्टी एकताको बांकी चाडै टुङ्गो लगाउने आश्वासन दिनुभएको थियो ।

आइतबार एक कार्यक्रममा सहभागी प्रधानमन्त्री ओलीले मुलुकको विकासको लागि सरकार र प्रतिपक्षी दल मिलेर अघि बढ्नुपर्नेमा जोड दिनुभएको थियो । प्रधानमन्त्री भएपछि पहिलोपटक ओलीले प्रतिपक्षी दलसँग पनि मिल्नुपर्ने धारणा राख्नुभएको हो । ओलीको फेरिएको शैली कति समय टिक्छ त्यो भने हेर्न बाँकी नै छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वदेश फर्कन नदिएपछि विचल्ली परेका नेपाली युवा
स्वदेश फर्कन नदिएपछि विचल्ली परेका नेपाली युवा
कतै भ्रष्टाचार थाहा पाए भन्नुहोस् म अनुहार नहेरी कारबाही गर्छु : प्रम ओली
कतै भ्रष्टाचार थाहा पाए भन्नुहोस् म अनुहार नहेरी कारबाही गर्छु : प्रम ओली
विप्लव समूहलाई प्रतिबन्ध लगाएकाे पत्रपत्रिकाबाट थाहा पाएँ : नेपाल
विप्लव समूहलाई प्रतिबन्ध लगाएकाे पत्रपत्रिकाबाट थाहा पाएँ : नेपाल
मधेस केन्द्रित दल निर्वाचनमा आउँछन्: महत
मधेस केन्द्रित दल निर्वाचनमा आउँछन्: महत
रेशम चौधरीलाई ‘जेलभित्रै’ शपथ गराउने सरकारको तयारी
रेशम चौधरीलाई ‘जेलभित्रै’ शपथ गराउने सरकारको तयारी
ओलीकै सहमतिमा भारतले नेपालको भूमि भारतले नक्सामा राखेको देउबाको आरोप
ओलीकै सहमतिमा भारतले नेपालको भूमि भारतले नक्सामा राखेको देउबाको आरोप
जनयुद्धले जुराएको जोडी बने गाउँपालिका प्रमुखमा उम्मेदवार
जनयुद्धले जुराएको जोडी बने गाउँपालिका प्रमुखमा उम्मेदवार
विश्व रङ्गमञ्च दिवस मनाइयो
विश्व रङ्गमञ्च दिवस मनाइयो
शिक्षामा समानताका लागि हिँडे ८०० युवा, टिच फर नेपाल फेलोसिप आवेदन खुला
शिक्षामा समानताका लागि हिँडे ८०० युवा, टिच फर नेपाल फेलोसिप आवेदन खुला
सिट बाँडफाँटको टुङ्गो लगाउन आज पनि गठबन्धन दलबीच छलफल हुँदै
सिट बाँडफाँटको टुङ्गो लगाउन आज पनि गठबन्धन दलबीच छलफल हुँदै

तपाईंले छुटाउनुभयो कि?