अभ्यास खेलका लागि नेपाली क्रिकेट टोली श्रीलंका प्रस्थान

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन २१, २०७८
|
|
४६ पटक हेरिएको
Shares
अभ्यास खेलका लागि नेपाली क्रिकेट टोली श्रीलंका प्रस्थान

सारांश

  • युनाईटेड अरब इमिरेट्स (युएई) मा आयोजना हुने एकदिवसीय सिरिजको तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम आज शनिबार श्रीलंका प्रस्थान गरेका छन् ।
  •  नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टोली शनिबार बिहान श्रीलंका प्रस्थान गरेको जनाएको छ ।
  •  आईसीसी पुरुष विश्वकप क्रिकेट  लिग टु अन्तर्गत सिरिजको तयारीका लागि नेपाली टोली श्रीलंका गएको हो ।

युनाईटेड अरब इमिरेट्स (युएई) मा आयोजना हुने एकदिवसीय सिरिजको तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम आज शनिबार श्रीलंका प्रस्थान गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टोली शनिबार बिहान श्रीलंका प्रस्थान गरेको जनाएको छ । आईसीसी पुरुष विश्वकप क्रिकेट  लिग टु अन्तर्गत सिरिजको तयारीका लागि नेपाली टोली श्रीलंका गएको हो ।

श्रीलंकामा नेपाली टोलीले श्रीलंकाको फस्ट क्लास क्लबसँग ४ अभ्यास खेल खेल्ने छन्  । नेपालले सोमबार श्रीलंका नाभी, मंगलबार श्रीलंका नाभी, बिहीबार श्रीलंका पुलिस र शुक्रबार फस्ट क्लास खेलाडी सम्मलित टोलीसँग अभ्यास खेल खेल्ने छन् । नेपालले सिरिजका लागि सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्सीय टोलीको घोषणा गरिसकेको छ ।

नेपाली टोली श्रीलंकाबाटै मार्च १४ मा युएई प्रस्थान गर्ने छन् । नेपालले सिरिजमा युएई र पपुवा न्यू गिनी (पीएनजी) विरुद्ध खेल्नेछ । सिरिजको पहिलो खेलमा नेपालले पीएनजीविरुद्ध खेल्नेछ  । नेपाल र पीएनजीबीचको खेल मार्च १६ मा शारजहा क्रिकेट मैदानमा हुनेछ । नेपालले दोस्रो खेल युएईविरुद्ध मार्च १८ मा खेल्नेछ ।  नेपालको तेस्रो खेल युएईविरुद्ध नै मार्च २१ तारिखमा हुनेछ ।

नेपालले अन्तिम खेल पीएनजीविरुद्ध मार्च २२ मा खेल्नेछ । लिग टु अन्तर्गत ७ टिम सहभागि रहेका छन् । ओमानले २३ खेलबाट ३० अंक जोडेको तालिकाको शीर्ष स्थानमा रहेको छ । यता १२ खेल खेलेको स्कटल्यान्ड (१६ अंक), १६ खेल खेलेको अमेरिका (१४), १० खेल खेलेको युएई (१२) तथा ९ खेल खेलेको नामिविया (१०) दोस्रोदेखि पाँचौ स्थानसम्म रहेका छन् । नेपाल भने ८ खेलबाट ८ अंक जोड्दै छैठौं स्थानमा छ । पीएनजीले भने १२ मध्ये कुनैपनि खेलमा जित हात पारेको छैन ।

नेपाली टिम :

सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल,आरिफ शेख, आसिफ शेख, कमल सिंह ऐरी, विवेक यादव, सागर ढकाल, पवन सर्राफ, करण केसी, विनोद भण्डारी, रोहित कुमार पौडेल, सोमपाल कामी, बिक्रम सोब,भिम शार्की

अफिसियल :

कैलाश विष्ट  – म्यानेजर

पुबुदु दशानायाके – मुख्य प्रशिक्षक

प्रकाश शर्मा – सहायक प्रशिक्षक

बिक्रम न्यौपाने – फिजियो

रमण शिवाकोटी – एनालिस्ट

राज शर्मा – ट्रेनर

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ