नीलम कार्की निहारिकाको “योगमाया”लाई मदन पुरस्कार

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र ११, २०७५
|
|
२८ पटक हेरिएको
Shares
नीलम कार्की निहारिकाको “योगमाया”लाई मदन पुरस्कार

सारांश

  • काठमाडौं, ११ भदौ ।
  • यसपालिको मदन पुरस्कार “योगमाया” पुस्तकका लागि नीलम कार्की निहारिकालाई प्रदान गरिने भएको छ ।
  • त्यस्तै, मदन पुरस्कार गुठीले बाल साहित्यको विकास, विस्तार र प्रवद्र्धनमा पाँच दशकदेखि सक्रिय शान्तदास मानन्धरलाई “जगदम्बाश्री” प्रदान गर्ने निर्णय पनि गरेको छ ।

काठमाडौं, ११ भदौ । यसपालिको मदन पुरस्कार “योगमाया” पुस्तकका लागि नीलम कार्की निहारिकालाई प्रदान गरिने भएको छ । त्यस्तै, मदन पुरस्कार गुठीले बाल साहित्यको विकास, विस्तार र प्रवद्र्धनमा पाँच दशकदेखि सक्रिय शान्तदास मानन्धरलाई “जगदम्बाश्री” प्रदान गर्ने निर्णय पनि गरेको छ ।

यो वर्षको मदन पुरस्कारका लागि ८ वटा पुस्तक छानिएका थिए । २०७४ को मदन पुरस्कारका लागि प्राप्त २ सय ५३ पुस्तकमध्ये गुठीले ८ वटा पुस्तकलाई श्रेष्ठ पुस्तकका रुपमा छनौट गरेको थियो ।

छनौट भएका पुस्तकमा नीलम कार्की निहारिकाको “योगमाया”, ध्रुवसत्य परियारको “कैरन”, नयनराज पाण्डेको “यार”, सरस्वती प्रतीक्षाको “नथिया”, यज्ञशको “भुइँया”, राज माङ्लाकको “लिम्बूनी गाउँ”, तीर्थ गुरुङको “पाठशाला” र मोहन वैद्य किरणको “हिमाली दर्शन” रहेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?