एकजनाले २७ हजार रुपियाँको नयाँ नोट साट्न पाइने
सारांश
- काठमाडौं ।
- दसैं नजिकिदै गर्दा नयाँ नोट साट्नका लागि सर्वसाधारण आतुर भएका छन् ।
- सर्वसाधारणलाई लक्षित गरी असोज २१ देखि नयाँ नोट साटिने भएको छ ।
काठमाडौं । दसैं नजिकिदै गर्दा नयाँ नोट साट्नका लागि सर्वसाधारण आतुर भएका छन् । सर्वसाधारणलाई लक्षित गरी असोज २१ देखि नयाँ नोट साटिने भएको छ ।
एकजनाले २७ हजारसम्म नयाँ नोट साटन पाउनेगरी व्यवस्था गर्न लागिएको छ । सर्वसाधारणले विभिन्न दरका २७ हजार रुपैयाँसम्म नयाँ नोट सटही सुविधा पाउनेछन् ।
राष्ट्र बैंकले ५, १०, २० र ५० र सयका नोट गरी २७ हजार रुपैयाँसम्म नयाँ नोट साटिनेछ । बैंक तथा वित्तीय संस्थालाई भने राष्ट्र बैंकले आजदेखि बिहीबारदेखि नयाँ नोट वितरण गर्दैछ ।
यस वर्षको दसैं र तिहारका लागि राष्ट्र बैंकले असोज २१ गतेदेखि नयाँ नोट साटिदिने भएको हो । सर्वसाधारणका लागि प्रतिव्यक्ति २१ हजार रुपैयाँसम्मका दरले नयाँ नोट सटही सुविधा दिने तयारी भएको राष्ट्र बैंकले जनाएको छ ।
बैंक तथा वित्तीय संस्थालाई पहिले नयाँ नोट दिए पनि ती संस्थाले पनि २१ गतेदेखि मात्र सर्वसाधारणलाई वितरण सुरु गर्नेछन् ।
नयाँ नोट साट्नका लागि सरकारी स्वामित्वका राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकबाट पनि सर्वसाधारणले नयाँ नोट साट्न सक्नेछन् । बैंकहरूलाई प्रतिव्यक्ति २७ हजारका दरले नोट साट्न निर्देशन दिइएको बताइएको छ ।
प्रतिक्रिया