हिमालयन हाइड्राे एक्सपाे माघमा हुने !

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक १२, २०७५
|
|
२९ पटक हेरिएको
Shares
हिमालयन हाइड्राे एक्सपाे माघमा हुने !

सारांश

  • काठमाडौँ, १२ कात्तिक ।
  • स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिले संयुक्त रुपमा हिमालयन हाइड्रो एक्स्पो २०१९ आयोजना हुने भएको छ ।
  • राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले एक्सपोका बारेमा जानकारी गराएको हो ।

काठमाडौँ, १२ कात्तिक । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिले संयुक्त रुपमा हिमालयन हाइड्रो एक्स्पो २०१९ आयोजना हुने भएको छ । राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले एक्सपोका बारेमा जानकारी गराएको हो । प्रदर्शनी यसै वर्षको माघ महिनामा माभृकुटीमण्डप स्थित प्रदर्शनी हलमा आयोजना हुनेछ ।

लोडसेडिङको न्यूनीकरण तथा सरकारले अघि सारेको १० वर्षमा १५ हजार मेगावाट निर्माणको बाटोमा राष्ट्र अघि बढेको यसै परिप्रेक्षमा हिमालयन हाइड्रो एक्स्पो २०१९ ले ऊर्जा क्षेत्रमा एउटा फरक आयाम दिने र ऊर्जा क्षेत्रमा लागेका सवै सरोकारवालाहरुलाई एक ठाउँमा भेला गर्ने उदेश्यले आयोजना हुन लागेको छ आयोजक इपानका अध्यक्ष शैलेन्द्र गुरागाईले बताए । आगामी माघ ४ गते देखि ६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा आयोजना हुने हिमालयन हाइड्रो एक्स्पो २०१९ मा एक सयभन्दा बढी स्टल रहने अनुमान गरिएको छ ।जलविद्युत प्रवर्धक, इक्युपमेन्टस सप्लायर, लगानीकर्ता, बैंक, विमा लगायत जलविद्युतमा नयाँप्रविधि र निर्माणसँग सम्बन्धित विविध स्टल राखिने भएको छ ।

एक्सपो अवलोकनका लागि आएका इच्छुक अवलोकनकर्ताहरुलाई हेलीकप्टर मार्फत हाइड्रोपावर कम्पनीको समेत भ्रमण गराउने ब्यावस्था गरेको इपान अध्यक्ष गुरागाईले बताए । विद्युतको सही व्यवस्थापन हुन नसकिरहेको सन्दर्भमा एक्स्पोले नयाँ प्रविधिका साथै सम्बद्ध पक्षको सहभागितामा नयाँ आयाम थप्न टेवा पुर्याउने विश्वास गुरागाईले लिएका छन् । सााथै एक्स्पोमा इन्जिनियरिङ संकायका विद्यार्थिहरुका वीचमा विभिन्न प्रतिस्पर्धा गरिनुका साथै हाइड्रोपावरका विषयमा जानकारी दिने स्टल पनि राखिने साथै हाइड्रोपावरमा आधुनिक प्रविधिको सम्भावित प्रयोग सम्वन्धमा समेत जानकारी दिइने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन भारत भ्रमण सफलः अध्यक्ष दाहाल
दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन भारत भ्रमण सफलः अध्यक्ष दाहाल
‘ग्याङस्टार ब्लुज’ को प्रिमियर सम्पन्न गर्न आनालाई हम्मे–हम्मे
‘ग्याङस्टार ब्लुज’ को प्रिमियर सम्पन्न गर्न आनालाई हम्मे–हम्मे
इलेक्सन क्विजबारे प्रश्न उठेपछि आयोगले दियो स्पष्टीकरण
इलेक्सन क्विजबारे प्रश्न उठेपछि आयोगले दियो स्पष्टीकरण
माधव नेपालले मुख खोले : ‘मेरो दोष छैन्, म अपराधी होइन’
माधव नेपालले मुख खोले : ‘मेरो दोष छैन्, म अपराधी होइन’
सात वर्षीया छोरीको घाँटी रेटेर हत्या गरेपछि बुबाले पनि गरे सुसाइट नोट लेखेर आत्महत्या
सात वर्षीया छोरीको घाँटी रेटेर हत्या गरेपछि बुबाले पनि गरे सुसाइट नोट लेखेर आत्महत्या
जलाउन ठीक्क पारिएको चिताको शव र मलामी प्रहरीद्धारा पक्राउ
जलाउन ठीक्क पारिएको चिताको शव र मलामी प्रहरीद्धारा पक्राउ
निराकारको शव आज राति नेपाल आइपुग्ने
निराकारको शव आज राति नेपाल आइपुग्ने
रवीन्द्र मिश्रलाई १ सय २९ मतले  पराजित गर्दै काठमाडौं १ मा प्रकाशमान सिंह निर्वाचित
रवीन्द्र मिश्रलाई १ सय २९ मतले पराजित गर्दै काठमाडौं १ मा प्रकाशमान सिंह निर्वाचित
फोनबाट धम्क्याई ७५ लाख माग गर्ने उदय गिरी धापाखेलबाट पक्राउ
फोनबाट धम्क्याई ७५ लाख माग गर्ने उदय गिरी धापाखेलबाट पक्राउ
भारतीय सेनामा लगाइदिन्छु भन्ने ३८ लाख सहित पक्राउ
भारतीय सेनामा लगाइदिन्छु भन्ने ३८ लाख सहित पक्राउ

तपाईंले छुटाउनुभयो कि?