एकताका बाँकी कार्य पूरा गर्न नेकपा सचिवालय बैठक बस्दै

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १, २०७६
|
|
१९ पटक हेरिएको
Shares
एकताका बाँकी कार्य पूरा गर्न नेकपा सचिवालय बैठक बस्दै

सारांश

  • काठमाडौं।
  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक (आज) आइतबार बस्दैछ।
  • एकताका बाँकी कार्य पूरा गर्नका लागि आइतबार सचिवालय बैठक बस्न लागेको हो।

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक (आज) आइतबार बस्दैछ। एकताका बाँकी कार्य पूरा गर्नका लागि आइतबार सचिवालय बैठक बस्न लागेको हो। बैठक आइतबार (आज) दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ। यसअघि शुक्रबार ३२ केन्द्रीय विभागको जिम्मेवारी तोक्दै एकीकरण प्रक्रिया लगभग पूरा गरेको नेकपाको केन्द्रीय सदस्यको कार्य्विभाजन, पोलिटब्युरो गठन, जनवर्गीय सङ्गठनका इञ्चार्ज र सहइञ्चार्ज निर्धारणको काम बाँकी छ। सम्पर्क समन्वय कमिटी, विशेष प्रदेश कमिटी, प्रवास सङ्गठनको एकता बाँकी रहेको छ।

यसैगरी ज्येष्ठ कम्युनिष्ट मञ्च, अनुुशासन आयोग, लेखा आयोग, राष्ट्रिय परिषद् सदस्य गठनलगायतका काम बाँकी छन् । अहिलेसम्म सचिवालय, स्थायी कमिटी, प्रदेश कमिटी, प्रदेश इञ्चार्ज, जिल्ला इञ्चार्ज र सहइञ्चार्ज, जनसङ्गठनका संयोजक र सहसंयोजक तथा जिल्ला र स्थानीय तह कमिटीका अध्यक्ष र सचिवको जिम्मेवारीको टुङ्गो लागेको छ । अधिकांश जिल्ला र स्थानीय तहका कमिटीले पूर्णता पाइसकेका छन्। तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच २०७५ जेठ ३ मा एकता भए पनि सबै कमिटीको एकता अझै सकिएको छैन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेसमा समस्या पर्दा  दुलो पस्यो मधेसवादी दल भन्दै ,हुलाकि राजमार्गमा खटिदै युवासंघ नेपालको टोलि;
मधेसमा समस्या पर्दा दुलो पस्यो मधेसवादी दल भन्दै ,हुलाकि राजमार्गमा खटिदै युवासंघ नेपालको टोलि;
कोशी अस्पतालको बिग्रेको एक्सरे बनेन, निजी क्लिनिक धाउन बिरामी बाध्य
कोशी अस्पतालको बिग्रेको एक्सरे बनेन, निजी क्लिनिक धाउन बिरामी बाध्य
शिते इस्लामिक केन्द्रहरुमा फ्रान्सेली प्रहरीको छापा
शिते इस्लामिक केन्द्रहरुमा फ्रान्सेली प्रहरीको छापा
सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउनुपर्छ : सभापति देउवा
सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउनुपर्छ : सभापति देउवा
३३ विकास बैंकको वित्तिय अवस्था सुधारोन्मुख
३३ विकास बैंकको वित्तिय अवस्था सुधारोन्मुख
“राष्ट्रपति कार्यालयबाट महँगो गाडी खरिदका लागि प्रस्ताव आएको छैन : भूपेन्द्रप्रसाद पौडेल सचिव, राष्ट्रपति कार्यालय
“राष्ट्रपति कार्यालयबाट महँगो गाडी खरिदका लागि प्रस्ताव आएको छैन : भूपेन्द्रप्रसाद पौडेल सचिव, राष्ट्रपति कार्यालय
काठमाडौँको तापक्रम आज यस्तो हुने
काठमाडौँको तापक्रम आज यस्तो हुने
कोरोना संक्रमितको संख्या नाघ्यो १ लाख
जेठ २९ गते बुधबारको राशीफल यस्तो छ
एकदिवसीय क्रीकेट : नेपालको ८ औँ विकेटको पतन
एकदिवसीय क्रीकेट : नेपालको ८ औँ विकेटको पतन

तपाईंले छुटाउनुभयो कि?