सर्लाहीका ४६ वटा वडाको मत परिणाम सार्वजनिक, अहिलेसम्म वडामा माओवादी बलियो
सारांश
- सर्लाही, असोज ४ – त्यसैगरी सर्लाहीमा ४६ वटा वडाको मत परिणाम सार्वजनिक भएको छ ।
- मतगणनाको दोश्रो दिन आज ४६ वटा वडाको मत परिणाम सार्वजनिक भएको हो।
- १२ वटा वडा जितेर माओवादी अग्रस्थानमा रहेको छ ।
सर्लाही, असोज ४ – त्यसैगरी सर्लाहीमा ४६ वटा वडाको मत परिणाम सार्वजनिक भएको छ । मतगणनाको दोश्रो दिन आज ४६ वटा वडाको मत परिणाम सार्वजनिक भएको हो। १२ वटा वडा जितेर माओवादी अग्रस्थानमा रहेको छ । कांग्रेस ११ वडामा विजयी भएर दोश्रो स्थानमा रहेको छ । त्यसैगरी राजपा नेपाल अहिलेसम्म ८ वटा वडामा विजयी भएको छ ।
एमाले ७ र संघीय समाजवादी फोरम ५ वटा वडामा विजयी भएको छ । दुई वडामा स्वतन्त्र उम्मेदवार पनि विजयी भएका छन् । बागमती नगरपालिका वडा १ मा गम्भिर सिंह पाख्रिन, २ नम्बरमा डेमा लामा र ३ नम्बरमा तिलक मोक्तान विजयी भएका छन् । विजयी तीनै जना माओवादीबाट उम्मेदवारी दिएका थिए।
हरिवन नगरपालिका वडा १ मा एमालेका राम बहादुर क्याप्छाकी, २ नम्बरमा एमालेकै अर्जुन महतो विजयी भएका छन् । ३ नम्बरमा स्वतन्त्र उम्मेदवार दिपमान लोप्चन विजय भएका छन् । ४ मा एमालेका धन बहादुर वाइवा विजयी भएका छन् ।
मलंगवा नगरपालिकाको १ नम्बर वडामा राजपाका राजकिशोर राय विजयी भएका छन् । हरिपूर्वा नगरपालिकाको १ नम्बर वडामा एमालेका इसाक मिया अंसारी, २ नम्बरमा कांग्रेसका पुरषोत्तम राय र ३ नम्बर वडामा माओवादीका धनराज महतो विजयी भएका छन् ।
गोडैता नगरपालिकाको वडा नं. १ मा राजपाका रमेश कुमार यादव, २ मा राजपाका भोला महतो र १२ मा कांग्रेसका शम्भु प्रसाद कुशवाहा विजयी भएका हुन्। हरिपुर नगरपालिकाको वडा नं. १ मा एमालेका कुमार लामा विजयी भएका छन् । कौडेना गाउँपालिका वडा नं. १ मा कांग्रेसका मनोज साह, २ मा भिखारी ठाकुर र ३ मा राजपाका प्रभु चौधरी विजयी भएका छन् ।
चन्द्रनगर गाउँपालिका वडा नं १ मा राजपाका बच्चे राय यादव विजयी भएका छन् । धनकौल गाउँपालिकामा वडा नं. १ मा कांग्रेसका गौरी शंकर महतो, २ मा कांग्रेसकै राम बहादुर सहनी र वडा नं. ३ का कांग्रेसकै रामलखन राय विजयी भएका छन् ।
बसबरियाका गाउँपालिका वडा नं. १ मा राजपाका शिबेन्द्र मोहन यादव विजयी भएका छन् । चक्रघट्टा गाउँपालिका वडा नं. १ मा कांग्रेसका रामनाथ भारती र वडा नं ९ मा कांग्रेसकै रामेश्वर ठाकुर विजयी भएका छन् ।
ब्रहम्पुरी गाउँपालिका वडा नं. १ राजपाका नगिना प्रसाद विजयी भएका छन् । विष्णु गाउँपालिकाको वडा नं. १ मा माओवादीका जितेन्द्र प्रसाद सिंह, २ मा संघीय समाजवादी फोरमका संजय कुमार साह, ७ मा माओवादीकै सत्य नारायण प्रसाद यादव र ८ बाट स्वतन्त्र उम्मेदवार गणेश राय यादव विजयी भएका छन् ।
रामनगर बहुअर्वा गाउँपालिका वडा नं. १ मा राजपाका दिनेश मिश्र विजयी भएका छन् । बरहथवा नगरपालिका वडा नं. १ माओवादीकी रत्न गिरी, २ मा माओवदी यज्ञ खडका, १६ मा कांग्रेसका नवीन खनाल, १७ मा संघीय समाजवादी फोरमका राम विश्वास यादव र १८ मा फोरमकै मुनेश्वर राय विजयी भएका छन् ।
कविलासी नगरपालिका वडा नं. ६ मा माओवादीका कोदैइ मुखिया विजयी भएका छन् । बलरा नगरपालिका वडा नं. १ मा काँग्रेसका संतोष कुमार सिंह, ११ मा राजपाका योगेश्वर प्रसाद सिंह विजयी भएका छन् । पर्सा गाउँपालिका वडा नं. ६ मा संघीय समाजवादी फोरमका नन्दु राय र ५ मा फोरमकै उमेश कुमार राय विजयी भएका छन् ।
लालबन्दी नगरपालिका वडा नं. २ मा माओवादीका किरण पासवान र ३ मा माओवादीकै रामनारायण चौधरी विजयी भएका छन् । इश्वरपुर नगरपालिका वडा नं. १ मा माओवादीका दुखा प्रसाद चौधरी विजयी भएका छन् । २ मा एमालेकी सुरेन्द्र कार्की , ३ मा एमालेकै सुर्य कुमार श्रेष्ठ विजयी भएका छन् ।
प्रतिक्रिया