खानेपानी मन्त्रीद्वारा गुह्यश्वरी स्थित फोहोर पानी प्रशोधन केन्द्रको आकस्मिक निरीक्षण, ३ महिना भित्र काम सकिने 

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ८, २०७६
|
|
१४ पटक हेरिएको
Shares
खानेपानी मन्त्रीद्वारा गुह्यश्वरी स्थित फोहोर पानी प्रशोधन केन्द्रको आकस्मिक निरीक्षण, ३ महिना भित्र काम सकिने 

सारांश

  • काठमाडौं ।
  • खानेपानी मन्त्री बिना मगरले काठमाडौंको बाग्मती गुह्यश्वरी स्थित फोहोर पानी प्रशोधन केन्द्र आयोजनाको आकश्मिक निरीक्षण गर्नु भएको छ ।
  • खानेपानी मन्त्रालय अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) ले गुह्यश्वरीमा निर्माण गरिरहेको फोहोर पानी प्रशोधन केन्द्रको कार्य प्रगतिको अवलोकन गर्न मन्त्री मगरले निरीक्षण गर्नु भएको हो ।

काठमाडौं । खानेपानी मन्त्री बिना मगरले काठमाडौंको बाग्मती गुह्यश्वरी स्थित फोहोर पानी प्रशोधन केन्द्र आयोजनाको आकश्मिक निरीक्षण गर्नु भएको छ ।

खानेपानी मन्त्रालय अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) ले गुह्यश्वरीमा निर्माण गरिरहेको फोहोर पानी प्रशोधन केन्द्रको कार्य प्रगतिको अवलोकन गर्न मन्त्री मगरले निरीक्षण गर्नु भएको हो । दैनिक ३ करोड २४ लाख लिटर फोहोर पानीको प्रशोधन गरि शुद्धीकरण गर्ने उदेश्यले यो आयोजना अघि बढाइएको हो ।

खानेपानी मन्त्री मगरले काठमाडौं उपत्यकामा बनिरहेको यस किसिमको प्रशोधन केन्द्रले उपत्यकाको ढलको समस्या धेरै हल हुने बताउनुभयो । उहाँले आयोजनाको काम निर्धारित समयमा सम्पन्न गर्न निर्देशन समेत दिनु भएको छ ।

पानी शुद्धीकरण गरेर बाग्मतीमा मिसाइने भएकाले यसबाट काठमाडौं उपत्यकामा सिचाइ र सरसफाइको क्षेत्रमा ठुलो उपलब्धि हासिल हुने आयोजनाका प्रमुख तिरेश बहादुर खत्रीले बताउनुभयो । उहाँका अनुसार, अहिले यो प्रशोधन केन्द्रको भौतिक कार्य करिब ९० प्रतिशत सम्पन्न भएको छ ।

न् २०१९ को जुलाई महिनामा सम्पन्न हुने लक्ष्यका साथ आयोजनाको काम तीब्र गतिमा अघि बढिरहेको छ । अत्याधुनिक प्रशोधन प्रविधि प्रयोग गरेर काम अगाडि बढाइएको आयोजना प्रमुख खत्रीको भनाइ छ ।

प्रशोधन केन्द्रको कार्य सकिए पछि यसबाट करिब ३ मेगावाट बिजुली र मल उत्पादन हुने बताइएको छ । यो प्रशोधन केन्द्रबाट उत्पादन हुने मललाई  उचित मूल्यमा किसानहरुलाई बिक्री गरिने लक्ष्य राखिएको छ । यसबाट प्राङ्गगारिक मल उत्पादन हुने बताइएको छ ।
यो प्रशोधन केन्द्रको निर्माण कार्य भारतको चेन्नई स्थित भि टेक वाबाग कम्पनीले गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश नं ७ : धनगढीमा आन्दोलन सुरु
प्रदेश नं ७ : धनगढीमा आन्दोलन सुरु
प्रवेशाज्ञा उन्मुक्ति दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न परराष्ट्रलाई अख्तियारी
प्रवेशाज्ञा उन्मुक्ति दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न परराष्ट्रलाई अख्तियारी
वरुण र अनुष्काकाे मित्रतामा अर्जुन र रणवीर भीलेन !
वरुण र अनुष्काकाे मित्रतामा अर्जुन र रणवीर भीलेन !
डढेलो प्रभावित क्षेत्र पुगे अमेरिकी राष्ट्रपति
डढेलो प्रभावित क्षेत्र पुगे अमेरिकी राष्ट्रपति
संविधान संशोधनको विषयमा निर्णय गर्न नसक्दा कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक
संविधान संशोधनको विषयमा निर्णय गर्न नसक्दा कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक
कोशी प्रदेश सरकारद्वारा पहिचानवादीलाई वार्तामा आउन आह्वान
कोशी प्रदेश सरकारद्वारा पहिचानवादीलाई वार्तामा आउन आह्वान
लोकन्थलीमा पुनःपहिरो, सडक भासियो, छ घर उच्च जोखिममा
लोकन्थलीमा पुनःपहिरो, सडक भासियो, छ घर उच्च जोखिममा
कसरी बन्द गर्दैछ सरकारले अश्लील वेबसाइटहरू ! पोर्न उद्योगबारे के भन्छिन् सनी लियोनी ?
कसरी बन्द गर्दैछ सरकारले अश्लील वेबसाइटहरू ! पोर्न उद्योगबारे के भन्छिन् सनी लियोनी ?
निर्मलाका हत्यारा पत्ता लगाउन माग
निर्मलाका हत्यारा पत्ता लगाउन माग
हृदयश त्रिपाठीको प्रश्नः गलत नागरिकता दिनेलाई कारवाही किन भएन?
हृदयश त्रिपाठीको प्रश्नः गलत नागरिकता दिनेलाई कारवाही किन भएन?

तपाईंले छुटाउनुभयो कि?