एकतापछि नेताहरूको ‘सम्भावित भविष्य’ खोज्दै ओली र प्रचण्ड

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख १०, २०७५
|
|
४४ पटक हेरिएको
Shares
एकतापछि नेताहरूको ‘सम्भावित भविष्य’ खोज्दै ओली र प्रचण्ड

सारांश

  • काठमाडौं : एमाले-माओवादी पार्टी एकता एकीकृत पार्टीको नयाँ केन्द्रीय समिति र एकतापछि नेताहरूको ‘सम्भावित भविष्य’को खोजीका कारण लम्बिएको ‘घुमाउरो शैली’ मा नेताहरूले नै स्विकारेका छन् ।
  • नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा आयोजित संयुक्त कार्यक्रममा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको अभिव्यक्तिले पार्टी एकताअगाडि दुवै नेता आपसी विश्वासको वातावरण बनाउने र एकीकृत पार्टीको संगठनको अनुपात मिलाउने छलफलमा अझै अल्झिएको प्रस्टै संकेत दिएको छ ।
  • आइतबारको सार्वजनिक कार्यक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल अलिक बढी एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीबाट विश्वस्त हुन चाहिरहेका थिए भने ओली दाहाललाई विभेदरहित र सम्मानजनक एकतामा आशंका नगर्न आग्रह गर्दै थिए ।

काठमाडौं : एमाले-माओवादी पार्टी एकता एकीकृत पार्टीको नयाँ केन्द्रीय समिति र एकतापछि नेताहरूको ‘सम्भावित भविष्य’को खोजीका कारण लम्बिएको ‘घुमाउरो शैली’ मा नेताहरूले नै स्विकारेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा आयोजित संयुक्त कार्यक्रममा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको अभिव्यक्तिले पार्टी एकताअगाडि दुवै नेता आपसी विश्वासको वातावरण बनाउने र एकीकृत पार्टीको संगठनको अनुपात मिलाउने छलफलमा अझै अल्झिएको प्रस्टै संकेत दिएको छ ।

आइतबारको सार्वजनिक कार्यक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल अलिक बढी एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीबाट विश्वस्त हुन चाहिरहेका थिए भने ओली दाहाललाई विभेदरहित र सम्मानजनक एकतामा आशंका नगर्न आग्रह गर्दै थिए ।

पार्टी स्थापना दिवसमै पार्टी एकता गर्ने सम्भावित मिति टारेका एमाले-माओवादीले आइतबारको सभाबाट नयाँ मिति घोषणा गर्ने अपेक्षा दुवै पार्टीका नेता-कार्यकर्ताले गरेका थिए । तर, अझै पनि ओली-दाहाल आपसमा विश्वस्त हुन नसकेका कारण नयाँ मिति अन्योलमा परेको छ । यसलाई नेताहरूले भने चलाखीपूर्ण तरिकाबाट सम्बोधनका क्रममा मिति घोषणा नगरी ‘ढ्याम्मै’ पार्टी एकता गर्ने जवाफ दिएका छन् ।

एमालेले ९ वैशाखमा पार्टी एकता हुन नसके पनि पार्टी स्थापना दिवसको दिन पारेर पार्टी एकताको नयाँ मिति घोषणा गर्न माओवादी नेतृत्वसँग प्रस्ताव गरेको थियो । तर, माओवादीले एकताका समग्र विषय नमिलेसम्म नहतारिन गरेको आग्रहपछि आइतबार पार्टी एकताको नयाँ मिति घोषणा टरेको थियो ।

माओवादी अध्यक्ष दाहाल पार्टी एकतापछि पनि केन्द्रमा आफ्नो बलियो वर्चस्व कायम गरिराख्न चाहन्छन् । त्यसैले पनि उनले केन्द्रमा बराबरी आधारमा एकताको मोडेलमा एमाले अध्यक्ष ओलीसँगको ‘वन टु वन’ वार्तामा अडान लिइरहेका छन् ।

दाहालले आइतबारको कार्यक्रममा पनि पार्टी एकता गर्दा निर्माण हुने संगठनात्मक मोडालिटीमा पनि आफ्नो समय खर्चे । उनले शनिबार मात्रै ओलीसँगको ‘वन टु वन’ वार्तामा एकतापछिको पार्टी संगठनको मोडालिटीबारे तीन वटा सूत्रमा छलफल भएको खुलाए । उनले भने, ‘हामी दुई अध्यक्षबीच संगठनात्मक मोडालिटीका विषयमा पनि सहमति भएको छ । पहिलो, सम्मानजनक ढंगले एकता गर्नुपर्छ । कसैले कसैलाई हिमुलेट गर्ने, अपमानित गर्ने, विभेद गर्ने गरी एकता हुन सक्दैन । दोस्रो, एकता गर्दा समानताको सिद्धान्तलाई अंगीकार गर्नुपर्ने र तेस्रो न्यायोचित ढंगले एकता गर्ने समझदारी छ ।’

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौंमा यो वर्षकै चिसो, वर्षा र हिमपातको सम्भावना
काठमाडौंमा यो वर्षकै चिसो, वर्षा र हिमपातको सम्भावना
भरतपुर महानगरपालिकामा राेचक प्रतिश्पर्धा
भरतपुर महानगरपालिकामा राेचक प्रतिश्पर्धा
नेकपामा वामदेव गौतमको छलाङ, बन्लान् त प्रधानमन्त्री ?
नेकपामा वामदेव गौतमको छलाङ, बन्लान् त प्रधानमन्त्री ?
पूर्वराष्ट्रपति यादव केही दिन अस्पताल बस्ने
पूर्वराष्ट्रपति यादव केही दिन अस्पताल बस्ने
सुसाइड नोट लेखेर फेरि अर्का रेडियो पत्रकारले गरे आत्महत्या
सुसाइड नोट लेखेर फेरि अर्का रेडियो पत्रकारले गरे आत्महत्या
मीनबहादुर गुरुङसहितका आरोपीलाई थप ७ दिन हिरासतमा राख्न अनुमति
मीनबहादुर गुरुङसहितका आरोपीलाई थप ७ दिन हिरासतमा राख्न अनुमति
विश्वविद्यालयलाई राजनीतिक अखडा बन्न नदिने संकल्प ‘सुधार नगरे सात दिनभित्रै कारबाहीको चेतावनी’
विश्वविद्यालयलाई राजनीतिक अखडा बन्न नदिने संकल्प ‘सुधार नगरे सात दिनभित्रै कारबाहीको चेतावनी’
पुनः निर्माणमा थप सहयोग गर्ने अन्तर्राष्ट्रिय समुदायको प्रतिबद्धता
पुनः निर्माणमा थप सहयोग गर्ने अन्तर्राष्ट्रिय समुदायको प्रतिबद्धता
भक्तपुरको इन्द्रायणी मन्दिरबाट कसले चोर्यो सयौ वर्ष पुराना सामग्री ?
भक्तपुरको इन्द्रायणी मन्दिरबाट कसले चोर्यो सयौ वर्ष पुराना सामग्री ?
आगलागी हुँदा धनमाल क्षति
आगलागी हुँदा धनमाल क्षति