नेपाली झण्डा किन बिगारेर बनाएको! सरकारले ४ जनालाई जवाफ माग्यो
सारांश
- काठमाडौं, १ जेठ- जनकपुरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भ्रमणमा आउने क्रममा नेपालको झण्डाको आकार नै बिगारेर कार्यक्रमस्थलमा राखिएको थियो ।
- झण्डाको आकृति नै किन बिगारेको भन्ने बारे सरकारले कर्मचारीलाई ३ दिनभित्र जवाफ मागेको छ ।
- जनकपुर उपमहानगरपालिकाले आयोजना गरेको मोदीलाई नागरिक अभिनन्दनको कार्यक्रम भएकाले धनुषाका प्रमुख जिल्ला अधिकारी सहितलाई स्पष्टिकरण सोधिएको हो ।
काठमाडौं, १ जेठ- जनकपुरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भ्रमणमा आउने क्रममा नेपालको झण्डाको आकार नै बिगारेर कार्यक्रमस्थलमा राखिएको थियो । झण्डाको आकृति नै किन बिगारेको भन्ने बारे सरकारले कर्मचारीलाई ३ दिनभित्र जवाफ मागेको छ ।

जनकपुर उपमहानगरपालिकाले आयोजना गरेको मोदीलाई नागरिक अभिनन्दनको कार्यक्रम भएकाले धनुषाका प्रमुख जिल्ला अधिकारी सहितलाई स्पष्टिकरण सोधिएको हो ।
कार्यक्रममा राखिएको नेपाली झन्डाको आकार र संविधानको अनुसूची १ ले तोकेको मापदण्डभन्दा बिगारेर भिन्न खालको हेर्दै अस्वभाविक थियो ।
सोमबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश २ का प्रमुख सचिव राजेश्वरमान सिंह, धनुषाका प्रमुख जिल्ला अधिकारी, प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव देवीराम भण्डारी र जनकपुर उपमहानगरपालिकाका प्रशासकीय अधिकृतलाई स्पष्टीकरण सोधेको छ ।
मन्त्रालयले स्पष्टीकरण सोध्दै कार्यक्रममा राखिएको झन्डा निर्धारित स्वरूपभन्दा फरक भएको र त्यस्तो झन्डा महत्वपूर्ण कार्यक्रममा राख्नु कर्मचारीको गम्भीर लापरबाही भएको उल्लेख छ । सम्बन्धितहरूले मन्त्रालयलाई ३ दिनभित्र स्पष्टीकरण लेखी पठाउनुपर्नेछ ।
दिल लामा
good