उपत्यका र पहाडी क्षेत्रमा हल्का वर्षा, उच्च हिमालमा हिमपात जारी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २७, २०७६
|
|
४८ पटक हेरिएको
Shares
उपत्यका र पहाडी क्षेत्रमा हल्का वर्षा, उच्च हिमालमा हिमपात जारी

सारांश

  • काठमाडौं उपत्यकासहित देशका पहाडी क्षेत्रमा हल्का वर्षा भएको छ।
  • आज दिनभर उपत्यका र पहाडी भेगमा मौसम बदली भइ पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
  • महाशाखाका अनुसार उच्च पहाडी र हिमाली भेगमा हिउँ पर्ने सम्भावना छ।

काठमाडौं उपत्यकासहित देशका पहाडी क्षेत्रमा हल्का वर्षा भएको छ। आज दिनभर उपत्यका र पहाडी भेगमा मौसम बदली भइ पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार उच्च पहाडी र हिमाली भेगमा हिउँ पर्ने सम्भावना छ। पश्चिमी वायुको निम्न चापीय प्रणालीको प्रभावले मौसम बदली भएको महाशाखाले जनाएको छ।

पश्चिमी उच्च पहाडी र हिमाली भेगमा भने आज पनि धेरै हिउँ पर्ने र मध्य तथा पूर्वका उच्च पहाडी र हिमाली भेगमा हल्कादेखि मध्यम खालको हिमपात हुने महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार पश्चिमी भेगमा हावाहुरी पनि आउने सम्भावना छ। यस्तै शनिबार र आइतबार पनि केही ठाउँमा पानी र उच्च भेगमा हिउँ पर्ने सम्भावना रहे पनि भारी हिमपात भने नहुने महाशाखाले निकालेको मौसम बुलेटिनमा उल्लेख छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?