एकल लोक गायन प्रतियोगिता आयोजना हुने, यस्तो छ तयारी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ ३१, २०७५
|
|
३४ पटक हेरिएको
Shares
एकल लोक गायन प्रतियोगिता आयोजना हुने, यस्तो छ तयारी

सारांश

  • काठमाडौं, ३१ जेठ ।
  • नेपाली लोक संगीतको जगेर्ना गर्ने हेतुले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले एकल लोक गायन प्रतियोगिता आयोजना गर्ने भएको छ ।
  • प्रतिष्ठान नेपालले यही असार १४ र १५ गते राजधानीको जमलस्थित सांस्कृतिक संस्था (राष्ट्रिय नाचघर)मा भव्य लोकगायन प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको हो ।

काठमाडौं, ३१ जेठ । नेपाली लोक संगीतको जगेर्ना गर्ने हेतुले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले एकल लोक गायन प्रतियोगिता आयोजना गर्ने भएको छ ।

प्रतिष्ठान नेपालले यही असार १४ र १५ गते राजधानीको जमलस्थित सांस्कृतिक संस्था (राष्ट्रिय नाचघर)मा भव्य लोकगायन प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको हो ।

केहि समय अगाडी प्रतिष्ठानले प्रत्यक्ष दोहोरी प्रतियोगिता समेत सम्पन्न गरिसकेको छ । प्रतिष्ठानका अध्यक्ष तथा गायक बद्री पंगेनीको नेतृत्वमा सम्पन्न हुने उक्त दोहोरी प्रतियोगितामा देशभरका प्रतियोगी कलाकारहरुको उपस्थिति रहने प्रचारप्रसार प्रमुख लोकदोहोरी गायक राजन गुरुङले जानकारी दिए ।

अग्रजदेखि समकालिन कलाकारलाई एकै थलोमा अटाउने कोसिसले हुन लागेको उक्त प्रतियोगिताको जिल्ला, क्षेत्र र अञ्चल प्रतियोगीहरुको छनोट भैसकेको र केहि दिनमै सहभागी हुने जिल्लाहरुको नाम सार्वजनिक गर्ने गुरुङले जानकारी दिए ।

देशभरका ७ प्रदेशबाट छनोट हुने प्रतिष्पर्धी कलाकार ३५ जना रहनेछन् भने काठमाडौं उपत्यका समन्वय समितिका ९ समितिबाट ५÷५ प्रतियोगी गरि उक्त प्रतियोगितामा छनोट गरिसकेको प्रतिष्ठानले जानकारी दिएको छ ।

केहि वैकल्पिक कलाकारलाई समेत उक्त प्रतियोगितामा समाबेश गरिने गायक गुरुङले जानकारी दिए । प्रतियोगिताको मुख्य प्रायोजक भने मेगा बैंक रहने छ ।

प्रथम पुरस्कारको रुपमा पृथ्बी थकालीले रु एक लाख प्रायोजन गर्ने घोषणा भैसकेको छ भने अन्य प्रायोजकहरु पनि बढिरहेको प्रतिष्ठानले जानकारी दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

घुम्नैपर्ने पर्यटकीयस्थल इलामको छिन्टापु
घुम्नैपर्ने पर्यटकीयस्थल इलामको छिन्टापु
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मुख्य मन्त्रीदेखि वडा सदस्यसम्मको सेवा–सुविधा ताेकियाे, कस्ले कति पाउँछन ?
मुख्य मन्त्रीदेखि वडा सदस्यसम्मको सेवा–सुविधा ताेकियाे, कस्ले कति पाउँछन ?
नेपालले टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोट खेल्ने
नेपालले टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोट खेल्ने
याेग्य प्रधानन्यायधीस छनाेट गर्ने अधिकार संसदिय सुनुवार्इ समितिलाई  छः नेकपा नेता कृष्ण भक्त पाेखरेल
याेग्य प्रधानन्यायधीस छनाेट गर्ने अधिकार संसदिय सुनुवार्इ समितिलाई छः नेकपा नेता कृष्ण भक्त पाेखरेल
ग्लोबल टी–२०ः डेब्यु खेलमै सोमपालको महंगो बलिङ, विन्नीपेगको लगातार दोस्रो हार
ग्लोबल टी–२०ः डेब्यु खेलमै सोमपालको महंगो बलिङ, विन्नीपेगको लगातार दोस्रो हार
सरकार र सिके राउतबीचको वार्ता सकारात्मक छः सभापति देउवा
सरकार र सिके राउतबीचको वार्ता सकारात्मक छः सभापति देउवा
दोस्रो चरणको चुनाव असार ९ गते हुने
दोस्रो चरणको चुनाव असार ९ गते हुने
विश्वकप विजेता फ्रान्सको फुटबल टोलीलाई सर्वोच्च पदकबाट सम्मानित गरिंदै
विश्वकप विजेता फ्रान्सको फुटबल टोलीलाई सर्वोच्च पदकबाट सम्मानित गरिंदै
विश्वकप फुटबल २०१८: मैदानभन्दा सामाजिक सञ्जालमा चर्को भीडन्त

तपाईंले छुटाउनुभयो कि?