केन्याको रङ्गिला बारमा नेपाली चेलीको मुजरा नाँच देखि यौनशोषणसम्म

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ १३, २०७६
|
|
२४ पटक हेरिएको
Shares
केन्याको रङ्गिला बारमा नेपाली चेलीको मुजरा नाँच देखि यौनशोषणसम्म

सारांश

  • मोहम्मद अहमद र ब्रियन ओचारो ।
  • न्यु रङ्गिला बार जहाँ मुजरा नाँच चल्छ ।
  • केन्याको न्यालीमा रहेको उक्त बारमा मानव तस्करको संगठित गिरोहले ल्याएका नेपाली चेली पु¥याइए ।

मोहम्मद अहमद र ब्रियन ओचारो । न्यु रङ्गिला बार जहाँ मुजरा नाँच चल्छ । केन्याको न्यालीमा रहेको उक्त बारमा मानव तस्करको संगठित गिरोहले ल्याएका नेपाली चेली पु¥याइए । उनीहरुलाई नृत्यका लागि भनी पु¥याइएपनि यौन शोषण गरिन्थ्यो ।१२ जना नेपाली चेली एउटै अर्पाटमेन्टमा राखिए । साँझको ९ बजे बारमा पु¥याइन्थे, विहान ३ बजे फर्काइन्थे । उनीहरु अर्पाटमेन्ट बाहिर जान पाउँदैनथिए । अर्पाटमेन्ट र बार गर्दै उनीहरुको दिन बितिरहेको थियो ।असिफ जेठाले पाँच वर्षयता चलाएको रङ्गिला बारमा महङ्गो मूल्य तिरेर ग्राहक पस्थे । बारमा यौन शोषण हुन्थ्यो । मिडिया समेत संचालन गर्ने जेठा मानव तस्करको संगठित समूहका नाइके हुन् । सुरक्षा निकायमा समेत उनको प्रभाव भएकाले पक्राऊ गर्न निकै कठिन छ ।

जेठामाथि निकै पछि मानव तस्कर, मानव तस्करको प्रोत्साहन र महिलाको पासपोर्ट कब्जामा लिएकोसहित तीनवटा अभियोग लगाइएको छ ।रङ्गिला बारमा पैसावाल र परिचितहरु मात्र प्रवेश पाउँथे । गार्डले चेकजाँच गरेर वृस्तृत बुझेपछि मात्र प्रवेश दिन्थे । बारमा प्रवेशका लागि महङ्गो मूल्य राखिएको थियो ।

जहाँ यौन शोषण गरिन्थ्यो ।बारमा महिलाहरुलाई उपनाम दिइन्थ्यो । हरेक रात निश्चित पैसा कमाउनुपर्ने वाध्यात्मक अवस्था बनाइन्थ्यो । असिको उपनामकी संजितालाई मासिक चार लाख नेपाली रुपैयाँ बराबरको केन्याको सिलिङ कमाउनैपर्ने टार्गेट दिइएको थियो ।बारमा बस्दा नेपाली चेलीहरुको मोबाइल फोन प्रयोग वञ्चित गरिएको थियो ।

जसरी हुन्छ ग्राहकबाट बढी भन्दा बढी रकम धुत्न लगाइन्थ्यो । हरेक चेलीलाई दैनिक यतिसम्म पैसा उठाउनैपर्ने वाध्यता बनाइएको हुन्थ्यो ।बारमा काम गरेवापत् हरेक चेलीले मासिक ५५ देखि ९० हजार नेपाली रुपैयाँ दिइन्थ्यो । तर, उनीहरुले १० देखि १५ हजार नेपाली रुपैयाँमात्र हातमा पाउँथे । बाँकी रकम परिवारका नाममा पठाइएको भनिन्थ्यो ।

विदेश गएर पैसा कमाउने सपना देखेका नेपाली चेलीहरु म्यानपावरका दलालमार्फत् प्रक्रियामा लागे । राम्रो कमाई हुने लोभले नृत्य सिके । फोनकल र स्काइपबाट अन्तवार्ता दिए । उनीहरुको तस्वीर र वृस्तृत विवरण लिएपछि हवाइ टिकट पठाइयो । शुरुमै केही रकम पनि पठाइयो ।पहिल्यै पैसा पाएपछि लोभ्भिएका चेलीहरु गैरकानुनी बाटो हुँदै केन्या पुगे ।

उनीहरु टुरिष्ट भीसामा त्यहाँ पु¥याइए । नेपाली चेलीलाई केन्या पु¥याउन नेपाल देखि केन्यासम्मको मानव तस्करको सञ्जाल संलग्न रहेका तथ्य भेटिएको छ ।केन्याको डेली नेशन पत्रिकामा मोहम्मद अहमद र ब्रियन ओचारोले तयार पारेको खोजी समाचारको सम्पादित अंश । तस्वीरः नेशन मिडिया ग्रुप

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेता झाले : भने निर्मम समीक्षाका साथ अघि बढछौँ
नेता झाले : भने निर्मम समीक्षाका साथ अघि बढछौँ
संसारकै महङगा अभिनेता
संसारकै महङगा अभिनेता
गर्लफ्रेण्डका लागि राजपाठ नै छोड्न तयार जंगबहादुर राणाका १० रोचक किस्सा
गर्लफ्रेण्डका लागि राजपाठ नै छोड्न तयार जंगबहादुर राणाका १० रोचक किस्सा
समितिका पदाधिकारीको सम्पत्ति छानबिन गरिने, बैंक खाता रोक्का, एउटै गाडी पनि दर्ता गरिने
समितिका पदाधिकारीको सम्पत्ति छानबिन गरिने, बैंक खाता रोक्का, एउटै गाडी पनि दर्ता गरिने
पौडेल पक्षमा पहिरो: देउवालाइ शशांकको साथ, पौडेलको पुर्पुरोमा हात !
पौडेल पक्षमा पहिरो: देउवालाइ शशांकको साथ, पौडेलको पुर्पुरोमा हात !
नेकपाको संसदीय दलको उपनेतामा सुवास नेम्वाङ, राष्ट्रियसभाको दीनानाथ नेता
नेकपाको संसदीय दलको उपनेतामा सुवास नेम्वाङ, राष्ट्रियसभाको दीनानाथ नेता
औडी कपको उपाधि छिनोफानो सडनडेथबाट
औडी कपको उपाधि छिनोफानो सडनडेथबाट
एसइई नतिजाः बैतडीमा तीन दशमलव छ माथि जिपिए ल्याउने शून्य
एसइई नतिजाः बैतडीमा तीन दशमलव छ माथि जिपिए ल्याउने शून्य
भ्रष्टाचार नियन्त्रण सरकारको प्राथमिकतामा : उपप्रधानमन्त्री श्रेष्ठ
भ्रष्टाचार नियन्त्रण सरकारको प्राथमिकतामा : उपप्रधानमन्त्री श्रेष्ठ
सेमिफाइनलमा नेपाल र पाकिस्तान भिड्ने !
सेमिफाइनलमा नेपाल र पाकिस्तान भिड्ने !

तपाईंले छुटाउनुभयो कि?