चाडपर्वले आपसी सद्भाव र सहिष्णुताको भावना विकास गर्छन् : प्रम ओली, आज किराँतको उधौली

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष ७, २०७५
|
|
३२ पटक हेरिएको
Shares
चाडपर्वले आपसी सद्भाव र सहिष्णुताको भावना विकास गर्छन् : प्रम ओली, आज किराँतको उधौली

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको मौलिक संस्कृतिलाई पर्यटक आकर्षण गर्ने पर्वका रुपमा विकास गर्नुपर्ने बताएका छन् ।
  • किराँत धर्मावलम्बीहरुको चाड उधौली तथा चासोक तङनामका अवसरमा आज शनिबार एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले नेपाली संस्कृतिलाई जीवन्त बनाउने विभिन्न समुदायका चाडपर्वहरु पर्यटकीय आकर्षणका केन्द्र हुनसक्ने प्रधानमन्त्री ओलीले बताएका छन् ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको मौलिक संस्कृतिलाई पर्यटक आकर्षण गर्ने पर्वका रुपमा विकास गर्नुपर्ने बताएका छन् ।

किराँत धर्मावलम्बीहरुको चाड उधौली तथा चासोक तङनामका अवसरमा आज शनिबार एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले नेपाली संस्कृतिलाई जीवन्त बनाउने विभिन्न समुदायका चाडपर्वहरु पर्यटकीय आकर्षणका केन्द्र हुनसक्ने प्रधानमन्त्री ओलीले बताएका छन् ।

“विभिन्न जातीय समुदायका चाडपर्वमा प्रयोग हुने बाजागाजा, नृत्य तथा अन्य गतिविधि स्वदेशी तथा विदेशी पर्यटक आकर्षित गर्ने सशक्त माध्यम बन्न सक्छन्” प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ ।

नेपाल बहुजातीय, बहुधार्मिक र बहुभाषिक देश भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले विभिन्न जातीय समुदायले मनाउने चाडपर्वहरुले आपसी सद्भाव र सहिष्णुताको भावना विकास गरेको उल्लेख गरेका छन् ।

“हाम्रो जातीय, भाषिक र धार्मिक विविधताले नेपालीलाई एक सुत्रमा बाँध्ने माध्यम भएका छन्” प्रधानमन्त्रीले शुभकामनामा भनेका छन् । मंसिरे पूर्णिमाको दिन खासगरी किराँत राई र सुनुवार जातिले मनाउने उधौली पर्व र लिम्बू जातिले मनाउने चासोक तङनामलाई सरकारले किराँत चाडको रुपमा मान्यता दिएको प्रधानमन्त्रीको भनाइ छ ।

पाकेको अन्नको न्वागी खाने दिनको रुपमा किराँतहरुले मनाउने यस पर्वका अवसरमा प्रधानमन्त्री ओलीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण किराँत जातिमा सुस्वास्थ्य र दीर्घायूको शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको राशिफल : के लेखेको छ तपाईंको भाग्यमा ?
आजको राशिफल : के लेखेको छ तपाईंको भाग्यमा ?
बँदेल मार्न थापेको धरापमा मान्छे परेपछि…
बँदेल मार्न थापेको धरापमा मान्छे परेपछि…
भारतसँगको १८ अर्बको विद्युत आयातलाई प्रतिस्थापन गरिन्छ: मन्त्री  पुन
भारतसँगको १८ अर्बको विद्युत आयातलाई प्रतिस्थापन गरिन्छ: मन्त्री पुन
निजी क्षेत्रलाई आफ्नो दायरमा ल्याउने पर्ने अख्तियारको प्रस्तावमा समिति अनिर्णीत
निजी क्षेत्रलाई आफ्नो दायरमा ल्याउने पर्ने अख्तियारको प्रस्तावमा समिति अनिर्णीत
नेपाल चिकित्सक संघको अन्तिम मतपरीणाम सार्वजनिक, नवनिर्वा्चित पदाधिकारीलाई सम्मान
नेपाल चिकित्सक संघको अन्तिम मतपरीणाम सार्वजनिक, नवनिर्वा्चित पदाधिकारीलाई सम्मान
राप्रपाको घोषणापत्र : प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, प्रदेशको खारेजी
राप्रपाको घोषणापत्र : प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, प्रदेशको खारेजी
दलित महिला साना व्यापारमा हौसिंदै
दलित महिला साना व्यापारमा हौसिंदै
उपेन्द्र यादवका प्रेस सल्लाहकार प्रहरी खोरमा
उपेन्द्र यादवका प्रेस सल्लाहकार प्रहरी खोरमा
त्रिशुलीमा खसेका दुवै बस अहिलेसम्म भेटिएनन्, आजको खोजी कार्य स्थगित
त्रिशुलीमा खसेका दुवै बस अहिलेसम्म भेटिएनन्, आजको खोजी कार्य स्थगित
‘नेम्वाङको निधनसँगै संसदीय सूचनाको प्रमुख स्रोत गुमेको छ’
‘नेम्वाङको निधनसँगै संसदीय सूचनाको प्रमुख स्रोत गुमेको छ’

तपाईंले छुटाउनुभयो कि?