सोझै जनकपुर आउँदैछन् भारतीय प्रधानमन्त्री
सारांश
- काठमाडाै, १८ वैशाख ।
- २ दिने नेपाल भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वैशाख २८ गते हेलिकप्टरबाट सिधै जनकपुर ओर्लने भएका छन्।
- मोदीको भ्रमण तयारीको निरीक्षण गर्न मंगलबार जनकपुर पुगेका गृहमन्त्री रामबहादुर थापाले मोदी काठमाडौं नगई सिधै हेलिकप्टरबाट जनकपुर आउन लागेको जानकारी दिए।
काठमाडाै, १८ वैशाख । २ दिने नेपाल भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वैशाख २८ गते हेलिकप्टरबाट सिधै जनकपुर ओर्लने भएका छन्।
मोदीको भ्रमण तयारीको निरीक्षण गर्न मंगलबार जनकपुर पुगेका गृहमन्त्री रामबहादुर थापाले मोदी काठमाडौं नगई सिधै हेलिकप्टरबाट जनकपुर आउन लागेको जानकारी दिए।
मोदीले पूजाअर्चना गर्ने जानकी मन्दिर र नागरिक अभिनन्दन गरिने बाह्र बिगाहाको स्थलगत निरीक्षणपछि आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले सो जानकारी दिएका हुन्।
बिहारको पटनासम्म हवाइजहाजमा आउने मोदी त्यहाँबाट हेलिकप्टरमा जनकपुर आउनेछन्।
हेलिकप्टरबाट बाह्रबिगामा ओर्लिएका मोदीलाई एक जना मन्त्रीले स्वागत गर्नेछन्। त्यसपछि मोदी जानकी मन्दिरमा आउने छन्। त्यहाँ प्रधानमन्त्री केपी शर्मा ओली र मोदीबीच भेट हुनेछ। बालुवाटार स्रोतका अनुसार पूजा सकेपछि ओली र मोदीले रामायण सर्किटको उद्घाटन गर्नेछन्।
यसपालिको भ्रमणमा मोदी मुक्तिनाथ पनि जाने कार्यक्रम रहेको थापाले बताए।
थापाले मोदीको यस पटकको नेपाल भ्रमणमा राजनीतिक सम्झौताको कुनै कार्यक्रम नरहेको स्पष्ट गरे। यसअघिको भ्रमण पनि मोदी स्थलमार्गबाटै जनकपुर आउने चर्चा थियो। तर अन्तिम समयमा उनी जहाजबाट काठमाडौं ओर्लिएका थिए। त्यतिबेला पनि मुक्तिनाथ जाने कार्यक्रम भएपनि विभिन्न कारणले रोकिएको थियो।
Justin Biral
? ℓσνє? тнє? ℓιfє? уσυ? ℓινє,? αи∂? ℓινє? тнє? ℓιfє? уσυ? ℓσνє
? CH BOTTERZ ? SURAJ-KING,TK ?
Mohan Mainali
कालो झन्डादेखी डराएजस्तो छ ।