एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशन भोलिदेखि

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ १५, २०८१
|
|
२० पटक हेरिएको
Shares
एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशन भोलिदेखि

सारांश

  • काठमाडौं।
  • नेकपा (एकीकृत समाजवादी) को आसन्न दशौं राष्ट्रिय महाधिवेशनको तयारी पूरा भएको छ।
  • यही असार १६ देखि २० गतेसम्म प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने सो महाधिवेशनमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र सांगठनिक प्रतिवेदनमा छलफल हुने छ।

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) को आसन्न दशौं राष्ट्रिय महाधिवेशनको तयारी पूरा भएको छ।

यही असार १६ देखि २० गतेसम्म प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने सो महाधिवेशनमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र सांगठनिक प्रतिवेदनमा छलफल हुने छ।

महाधिवेशनका बारेमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आसन्न महाधिवेशनमा प्रस्तुत गरिने आवश्यक दस्तावेज तयार भइसकेको जानकारी दिए।

ती दस्तावेज कम्युनिष्ट पार्टीकोे इतिहासमा नयाँ र जनअधिकारको पक्षमा महत्वपूर्ण हुने उनले विश्वास व्यक्त गरे।

पत्रकार सम्मेलनमा सम्मानित नेता झलनाथ खनालले महाधिवेशनबाट पारित हुने वैचारिक दृष्टिकोण तथा कार्यक्रमका आधारमा नेतृत्व चयन गरिने जानकारी दिए। उनले नेतृत्वमा सहमति हुन नसके लोकतान्त्रिक पद्धतिबाट प्रक्रिया अगाडि बढाउनुपर्ने बताए।

महाधिवेशनमा एक हजार आठ सय ४९ प्रतिनिधिले भाग लिनेछन्। ती प्रतिनिधिले दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको चयन गर्ने छ। पार्टी अध्यक्ष नेपालले आइतबार महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ।

पार्टी अध्यक्ष नेपालको नेतृत्वमा गठित महाधिवेशन मूल व्यवस्थापन समितिले महाधिवेशनका आवश्यक सबै काम अन्तिम चरणमा पुगेको जनाएको छ। काठमाडौं उपत्यका बाहिरका प्रतिनिधिहरू आइसकेको जनाइएको छ।

महाधिवेशनस्थल आसपासमा उनीहरूलाई आवासको व्यवस्था मिलाइएको छ भने प्रतिनिधिलाई महाधिवेशनस्थलभित्रै खानाको व्यवस्था गरिएको छ। महाधिवेशनस्थललाई आकर्षक बनाउन सिगारिएको छ।

करिब तीन वर्षअघि गठन गरिएको पार्टीले आसन्न महाधिवेशनलाई दशौं राष्ट्रिय महाधिवेशनका रुपमा दाबी गरेको छ। एकीकृत समाजवादीले हालसम्म सम्पन्न भएका नौ अधिवेशनको स्वामित्व लिएर अहिलेको राष्ट्रिय अधिवेशनलाई दशौं मानेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको मौसमः दुइ प्रदेशमा हुस्सु लाग्ने, पाँच प्रदेशमा माैसम बदली रहने
आजको मौसमः दुइ प्रदेशमा हुस्सु लाग्ने, पाँच प्रदेशमा माैसम बदली रहने
निर्वाचन आयोगको नांगो भ्रष्टाचार, खाजाका नाममा लाखौ स्वाहा !
रौतहटमा बुथ कब्जा गर्न खोजेपछि झडप
रौतहटमा बुथ कब्जा गर्न खोजेपछि झडप
थानकोट नाका :लागुऔषध ओसारपसारको मुख्य केन्द्रविन्दु
थानकोट नाका :लागुऔषध ओसारपसारको मुख्य केन्द्रविन्दु
कात्तिक ५ गते मंगलबारको राशिफल यस्तो छ
स्थगित गरिएको प्रतिनिधिसभाको बैठक बस्दै
स्थगित गरिएको प्रतिनिधिसभाको बैठक बस्दै
अनेरास्ववियुकी अध्यक्ष नविना लामा प्रत्यक्षतर्फ काभ्रे क्षेत्र नम्बर एकबाट सिफारिस
अनेरास्ववियुकी अध्यक्ष नविना लामा प्रत्यक्षतर्फ काभ्रे क्षेत्र नम्बर एकबाट सिफारिस
इमरान खानको सपथग्रहण समारोहमा भारतिय पूर्व क्रिकेटरलाई अामन्त्रण !
इमरान खानको सपथग्रहण समारोहमा भारतिय पूर्व क्रिकेटरलाई अामन्त्रण !
छोरी भनेर गर्भपतन नगर्नुस्, ५ वर्ष जेल जानुपर्ला नि!
छोरी भनेर गर्भपतन नगर्नुस्, ५ वर्ष जेल जानुपर्ला नि!
देउवा–पौडेल भित्र लफडा: पौडेल–सिटौलाको चक्रपथमा छुट्टै भेला

तपाईंले छुटाउनुभयो कि?