तनहुँको आफै घण्ट हल्लिने अनौठो मन्दिर
सारांश
- दमौली, ९ साउन (रासस) ः तनहुँको म्याग्दे गाउँपालिका–३ किल्चोकस्थित निकै पुरानो धार्मिक स्थल अकलादेवी मन्दिरलाई उजिल्याउन स्थानीयवासी जुटेका छन् ।
- यस ठाउँलाई धार्मिक पर्यटनको गन्तव्य स्थल बनाउन सकिने भए पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको भन्दै स्थानीयवासी यस ठाउँको प्रचारप्रसारका लागि जुर्मुराएका हुन् ।
- अकलादेवी मन्दिर व्यवस्थापन समितिले मन्दिरको विकासका लागि गुरुयोजना निर्माण गरेर अगाडि बढेको व्यवस्थापन समितिका अध्यक्ष मिनबहादुर बराई मगरले बताउनुभयो ।
दमौली, ९ साउन (रासस) ः तनहुँको म्याग्दे गाउँपालिका–३ किल्चोकस्थित निकै पुरानो धार्मिक स्थल अकलादेवी मन्दिरलाई उजिल्याउन स्थानीयवासी जुटेका छन् । यस ठाउँलाई धार्मिक पर्यटनको गन्तव्य स्थल बनाउन सकिने भए पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको भन्दै स्थानीयवासी यस ठाउँको प्रचारप्रसारका लागि जुर्मुराएका हुन् ।
अकलादेवी मन्दिर व्यवस्थापन समितिले मन्दिरको विकासका लागि गुरुयोजना निर्माण गरेर अगाडि बढेको व्यवस्थापन समितिका अध्यक्ष मिनबहादुर बराई मगरले बताउनुभयो । मन्दिरको सर्वाङ्गीण विकासका लागि डिपिआरसमेत तयार भएको छ । मगरका अनुसार डिपिआर बमोजिम मन्दिर क्षेत्रमा पूर्वाधार निर्माणका लागि रु चार करोड बजेट आवश्यक पर्ने देखिएको छ ।
“प्रशस्त सम्भावना भएर पनि प्रचारप्रसारको अभावमा यो मन्दिर ओझेलमा पर्दै आएको महशुस ग¥र्यौ,” अध्यक्ष मगर भन्नुभयो – “सरोकारवाला निकायको सहयोगमा यस ठाउँको विकास र प्रचारप्रसारका लागि जुटेका छौं ।”
मन्दिरको आफ्नै विशेषता छ, त्यो हो – मन्दिरमा रहेका घण्ट आफैं हल्लिनु । धेरैलाई यो सुन्दा आश्चर्य लाग्ला । कसैले नहल्लाइकन पनि घण्ट आफैं हल्लिन्छ र ? तर, मन्दिरमा रहेका घण्ट आफैं हल्लिएको देख्दा यहाँका स्थानीयवासी मात्र होइन मन्दिरमा पूजाअर्चना गर्न जाने भक्तजन समेत चकित पर्ने गरेका छन् ।
अकलादेवी खुशी भएका बेला मन्दिरभित्र रहेको घण्ट आफैं हल्लिने र बज्ने गरेको स्थानीय बासिन्दाको भनाइ छ । देवी प्रशन्न भएको अवस्थामा रातको समयमा घण्ट बज्ने गरेको स्थानीयवासी बालहरि घिमिरे बताउनुहुन्छ । “यज्ञयज्ञादि, धार्मिक अनुष्ठान र पञ्चबलि दिएका बेला देवी प्रशन्न भएर घण्ट बज्ने र हल्लने गरेको छ,” उहाँले भन्नुभयो – “यो दैवीशक्तिको चमत्कार हो ।”
विसं २०४२ देखि मन्दिरमा शङ्ख र घण्ट बजेको सुनिन थालेको स्थानीयवासी बताउँछन् । त्यो बेला तत्कालीन प्रज्ञा पण्डित गङ्गाधर घिमिरेलगायत स्थानीयवासीले यस बारेमा जानकारी गराएपछि ‘यो दैवीशक्ति हो र यसको संरक्षणका लागि केही काम गर्नुपर्छ’ भनेर संरक्षणको काम शुरु गरिएको व्यवस्थापन समितिका अध्यक्ष मगर बताउनुहुन्छ ।
“घण्ट हल्लने कुरा वास्तविक हो, यो हल्ला होइन । मन्दिरमा पञ्चबलि लिएर आएको समयमा घण्ट हल्लन्छ,” उहाँले भन्नुभयो – “किनकि त्यो बेला देवी खुशी हुनुहुन्छ ।” आफूले समेत दुई पटकसम्म पञ्चबलि दिएको र त्यो बेला प्रत्यक्ष रुपमा घण्ट हल्लिएको देखेको मगरले बताउनुभयो ।
मन्दिरमा नौ वर्षदेखि पूजारीको रुपमा कार्यरत टोपबहादुर सारुले देवीको शक्तिका कारण मन्दिरमा रहेका घण्ट आफैं हल्लिने गरेको बताउनुभयो । उहाँका अनुसार मन्दिरमा दैनिक ५०÷६० जना भक्तजन पूजाआजाका लागि आउने गरेका छन् ।
केही दिनअघि मात्रै मन्दिरको अवलोकन लागि पुग्नुभएका जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले विशिष्ट प्रकृतिको यस मन्दिरको प्रचारप्रसार र विकासका लागि स्थानीयवासी सक्रिय भएर लाग्नुपर्ने सुझाव दिनुभएको थियो । विसं २०५५ सालमा मन्दिरमा योगी नरहरिनाथले ८५ औें कोटी होम लगाउनुभएको थियो । यस क्षेत्रमा धार्मिक शक्ति भएको कारण नरहरिनाथले यहाँ कोटीहोम लगाएको स्थानीयवासी बताउँछन् ।
जीर्ण अवस्थामा रहेको मन्दिरको पुनःनिर्माण शुरु भएको छ । समितिको आन्तरिक कोषको रकमबाट जेठ १८ गतेदेखि मन्दिरको पुनःनिर्माणको काम शुरु गरिएको छ । रु ६३ लाख ५० हजारको लागतमा शुरु भएको पुनःनिर्माणको काम आगामी कात्तिकसम्ममा सम्पन्न हुने निर्माण समितिका संयोजक रामभक्त घिमिरेले जानकारी दिनुभयो ।
मन्दिर पुनःनिर्माणका लागि भनेर समितिले केही समय अगाडि महायज्ञको आयोजना गरेको थियो । उक्त महायज्ञमा करीब रु एक करोड दान सङ्कलन भएको थियो । मन्दिर व्यवस्थापन समितिले मन्दिरको डिपिआर तयार गरी भजनकीर्तन भवन, पाटीहरु गोलाकार शैलीमा निर्माण गर्ने योजना बनाएको छ ।
मन्दिर क्षेत्रमा वनभोज स्थल पनि निर्माण गरिने घिमिरेले बताउनुभयो । डिपिआर अनुसारका सबै संरचना निर्माणका लागि तीन वर्ष लाग्ने अनुमान गरिएको छ । घिमिरेका अनुसार पुनःनिर्माण सम्पन्न भएपछि वार्षिक रु १० लाख आम्दानी हुने अनुमान गरिएको छ ।
अकला मन्दिरको बाहिर पुरानो आदिकालदेखिको सिंह र नन्दिनी अर्थात् साढेको स्तम्भ छ । उक्त प्रतिमा निकै पुरानो रहेको अनुमान लगाइन्छ । मन्दिर नजिकै पञ्चबलि दिने स्थान र हवनकुण्ड पनि छ ।
अकलादेवी मन्दिरको दक्षिण पश्चिममा रुद्रदेवीको मन्दिर छ । अकलादेवी र रुद्रदेवीको महिमा गानका लागि वर्षमा चार वटा रुद्री लगाउने गरिन्छ । यस ठाउँमा हरेक वर्ष वैशाख, साउन, कात्तिक र माघमा रुद्री लगाउने प्रचलन रहिआएको छ । कृष्ण न्यौपाने / रासस
महिला समितिमा कांग्रेसको प्रस्तावः जेष्ठ नागरिकले चाहेको व्यक्तिलाई सम्पत्ति दिन पाउने कानुनी व्यवस्था गरियोस्
काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद देवेन्द्रराज कँडेलले ज्येष्ठ नागरिकले आफूले चाहेको व्यक्ति वा संस्थालाई सम्पत्ति दिन पाउने कानुनी व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन्। काँग्रेस सांसद कँडेलले ज्येष्ठ नागरिकको सम्पत्तिमाथि सन्तानले हक दावी गर्ने कानुनी व्यवस्था खारेज गर्नुपर्ने बताए। बिहीबार संघीय संसदको महिला तथा सामाजिक समितिको बैठकमा ‘ज्येष्ठ नागरिकसम्बन्धि विधेयक’ माथिको दफावार छलफलमा भाग लिँदै उनले आफ्नो खुट्टामा आफैं उभिने बनाउन पनि ज्येष्ठ नागरिकको सम्पत्ति माथि सन्तानले हक दावी गर्न पाउने कानुनी व्यवस्था खारेज गर्न उपयुक्त हुने तर्क गरे। सांसद कँडेलले युरोपतिर पनि ज्येष्ठ नागरिकको सम्पत्तिमाथि उसको सन्तानले हक दावी गर्ने कानुनी व्यवस्था नरहेको उल्लेख गरे। नेपाली काँग्रेसका अर्का सांसद दिव्यमणि राजभण्डारीले पैतृक सम्पत्तिमा भने आफ्ना सन्तानले हक दावी गर्न पाउनुपर्ने बताए। उनले ज्येष्ठ नागरिकले आफूले आर्जन गरेको सम्पत्ति भने आफूलाई चाहेको व्यक्ति वा संस्थालाई दिन उपयुक्त हुने बताए।
पक्राउ पुर्जी जारी भएकी शिल्पा कहाँ छिन्?
काठमाडौं। बुधबार जिल्ला अदालत काठमाडौंले अभिनेत्री शिल्पा पोखरेल र निर्माता छविराज ओझालाई पक्राउ गर्न पक्राउ पूर्जी जारी गरेको थियो। तर अहिलेसम्म उनीहरु पक्राउ परेका छैनन्। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले अहिलेसम्म नभेटिएका उनीहरु छिट्टै पक्राउ पर्ने बताए।
प्रहरीले खोजिरहँदा शिल्पा भने भोजपुरी चलचित्रको शुटिङमा व्यस्त छिन्। केही दिन अघि भोजपुरी चलचित्र ‘जय शम्भु’को सुटिङ सेटबाट उनका केही तस्वीर बाहिरिएका थिए। तर छवि ओझा कहाँ छन्, थाहा छैन। हामीले उनलाई टेलिफोन सम्पर्क गर्दा उनी सम्पर्कमा आएनन् । ४ दिनअघि छविकी जेठी पत्नी हेमाले महानगरीय प्रहरी वृत्त गौशालामा छवि र शिल्पाविरुद्ध बहुविवाहको उजुरी दिएकी थिइन्।
छविले पहिली पत्नी हेमासँग सम्बन्धविच्छेद गरेका छैनन्। यदि छविले हेमाँग सम्बन्धविच्छेद नगरी शिल्पासँग विवाह गरेको प्रमाणित भएमा छवि र शिल्पाको विवाह बदर हुनुका साथै यी दुवैले जेल सजायसमेत पाउन सक्छन् ।
आलिया र रणवीरको विहे कहिले हुन्छ ?
चर्चित बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्ट अहिले बलिउडका चर्चित लभ कपल हुन् । अहिले बलिउडमै बेष्ट मानिएको यो जोडीको विहेको समाचार सुन्न भने केही कुर्नु पर्ने भएको छ । केही समय अघि उनीहरुको विहेको तयारी भइरहेको र धुमधामका साथ हुने बताइएको थियो । तर आलियाका काका मुकेश भट्टले विहेको सबै समाचार झुटो भएको दावी गरेका छन् ।
मुकेशले आलिया र रणवीरको विहेको खबर सबै हावादारी भएको भन्दै कसले विहेको हल्ला चलाउँदो रहेछ भनेर उल्टै चासो देखाएका छन् । आलियाका भाई राहुलले पनि काका मुकेशको भनाईमा सही थप्दै दिदीको विहेको खबर साँचो नभएको भनेका छन् । राहुलले एक वेभसाइटलाई आलिया आफ्नो सौतेनी आमातर्फको दिदी भएको र सँगै नबस्ने भएकाले पनि त्यति धेरै थाहा नभएको उल्लेख गरेका छन् ।
यद्यपी राहुलले आफुलाई आलिया र रणवीरको जोडी आफुलाई मन पर्ने र विहे भइहाले निमण्त्रणा आएको खण्डमा आफुलाई बोलाइने बताए । केही समय अघि आलियाकी आमा पनि विहेको कुरालाई लिएर केही खुलेकी थिइन् । तर अहिले उनी पनि सेलाएर गइसकेकी छिन् । आलिय र रणवीरले आफ्ना निकटहरुलाई आफ्नो सम्बन्धको बारेमा नखुलाए पनि दुवैको सम्बन्धको बारेमा प्रायलाई थाहा भइसकेको छ । कतिपय स्थानमा दुवै सँगै पुग्ने गरेका छन् ।
हालसालै बाहिरिएको समाचारलाई मान्ने हो भने आलियाले फेसन डिजाइनर शव्य साचीँसँग विहेका लागि लेहेंगा अर्डर पनि गरिसकेकी छिन् । उनीहरु आगामी बर्षको शुरुवातमै विवाह बन्धनमा बाँधिने अड्कल पनि बलिउडवृत्तमा गरिएको छ । यसै बर्ष सम्पन्न फिल्मफेयर अवार्ड समारोहमा आलियाले सबैको सामु आफ्नो मनको कुरा पनि बताएकी थिइन् र रणविरलाई प्रस्ताब पनि गरेकी थिइन् । त्यसपछि उनिहरुलाइ धेरै ठाउँहरुमा सँगै पनि देखीएको छ ।
सरकारले सबै समस्यको समाधान गर्छ, साना साना कुरामा संसद अवरुद्ध नगरौँः महेश बस्नेत
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले आफु सत्तामा हुँदै कुनै पनि काममा कानमा तेल हालेर बस्ने अनि अरु सत्तामा हुँदै आगोमा घ्यु लगाउने प्रवृक्तिको अन्त्य हुनुपर्ने बताउनुभएको छ ।
बुधबार प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षीले दर्ता गराएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि आफ्नो भनाई राख्दै सांसद बस्नेतले भन्नुभयो, ‘नेपालको राजनीतिमा विगतको एउटा तितो सत्य केहो भने सत्त पक्षमा छँदा खेरी कानमा तेल हालेर बस्ने अनि प्रतिपक्षमा हुँदा आगोमा घ्यु हालेर बस्ने । यो प्रवृक्तिलाई अव चाँही कमसे कम रोकैं भन्ने मेरो सुझाव रहेको छ ।’
सरकारले देशमा भएका विभिन्न प्रकारका समस्यालाई समाधान गर्न तदारुकताका साथ अघि बढिरहेको बताउँदै उहाँले भन्नुभयो, ‘प्रतिपक्षी दलले सर्लाहीका कुमार पौडेलको हत्या तथा बालक डुवेर भएको मृत्यु र त्यहाँ भएको आन्दोलन जोडेर संसदिय समिति बनाउने प्रस्ताव गरेको र त्यसमा राज्य व्यवस्था समितिले त्यसलाई छानविन गरि कारवाही गर्न सरकारलाई निर्देशन दिएको र सोही अनुसार सरकारले प्रकृया अघि बढाएको छ ।’
न्यायीक समितिले छानविन गर्न खोज्यो तर स्वयं कांग्रेसका सांसदहरुले समितिमा छानविन गर्न प्रकृया अघि बढाउन नदिएको कुरा सुनेको बताउँदै उहाँले न्यायीक समिति तथा राज्य व्यवस्था समिति संसदको एक अभिन्न अंग भएकोले यो नै महत्वपूर्ण छानविन समिति भएको बताउनुभयो ।
त्यसैले साना कुराहरुलाई उचालेर सदन अवरुद्ध गर्ने कुरा राम्रो नभएको बताउँदै उहाँले त्यस्तै सर्लाहीका प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा सवै दलहरु बसेर मृतकहरुलाई क्षतिपूर्ती पाँच पाँच लाख दिने, सहिद घोषणा गर्ने, परिवारलाई रोजगार दिने लगायतका १५ बुँदे सहमति गरेको स्पष्ट पार्नुभयो ।
अविरल वर्षाका कारण देशमा भएको विपद्लाई व्यवस्थापन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद्को बैठक बोलाएर राज्यका सवै सम्यन्त्रहरु उद्धार तथा राहतमा परिचालन गर्नु भएको बताउँदै उहाँले भन्नुभयो, ‘उपप्रधानमन्त्रीको नेतृत्वमा गृहमन्त्रीको अध्यक्षतामा केन्द्रीय विपद् व्यवस्थापन समिती बस्यो, सम्पूर्ण जिल्लाहरुमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा विपद् व्यवस्थापन समितीको बैठक बसेको थियो । नेपाली सेना, प्रहरी र शसस्त्र प्रहरी व्यापक रुपमा परिचालन भएको, राज्यका तीनै तहका सरकारहरु परिचालित भए । सरकारले लिएको तदारुकतालाई नदेख्ने, सिडिओ, स्थानीयत तह, सेना, प्रहरी तथा शसस्त्र प्रहरीलाई सरकारको अंग नदेख्ने समस्या रहेको र त्यसलाई अन्त्य गर्नुपर्छ । त्यसैले सरकार व्यवस्थित ढंगले लागेको छ ।’
नदिमा तटवन्ध बनाउने कुरालाई व्यवस्थित ढंगले लैजानुपर्छ, अतिक्रमणलाई रोक्नुपर्ने बताउँदै उहाँले भन्नुभयो, ‘भक्तपुरलाई नै उदाहरणको रुपमा हेर्ने हो भने हनुमन्ते नदीमा निर्माण भइरहेको करिडोरका कारण बाढीबाट मुक्त हुन सफल भयो । त्यसैले राज्यले ५०र६० अर्व जति रकम लागे पनि खर्च गरी तटवन्ध बनाउनुपर्छ । पहाडका बस्तीहरुलाई व्यवस्थित बनाउनुपर्छ । विपद् व्यवस्थापन सम्बन्धी ऐन बनाउने र अधिकार सम्पन्न प्राधिकरण निर्माण गरेर त्यसको क्षतीपूर्ती र न्युनिकरण गर्नेमा लाग्नुपर्छ भन्ने सुझाव रहेको छ ।’
वाढीका कारण मृतक, घाइतेलाई राज्यका तर्फकाट उचित क्षतीपूर्तिका व्यवस्था गर्न माग गर्दै उहाँले राज्यले उद्धार तथा राहतमा राज्यले देखाएको तदारुकता र पुनस्थापनाको लागि तदारुकता देखाओस् भन्ने आग्रह गर्दै साना तिना कुरालाई लिएर प्रतिपक्षीदलले आगामी दिनमा सदन अवरुद्ध नगरी छलफलको माध्यमलाई आत्मसात् गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया