विश्वकप फुटबल २०१८: ब्राजिल भर्सेस मेक्सिको, कसले मार्ला बाजी ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ १८, २०७५
|
|
२६ पटक हेरिएको
Shares
विश्वकप फुटबल २०१८: ब्राजिल भर्सेस मेक्सिको, कसले मार्ला बाजी ?

सारांश

  • रसियामा जारी विश्वकप फुटबल अन्तर्गत आज हुने पहिलो खेलमा पाँच पटकको विजेता ब्राजिल र मेक्सिको भिड्ने छन् ।
  • ब्राजिल र मेक्सिकोबीचको खेल सामरा एरिना रंगशालामा साँझ पौने ८ बजे सुरु हुनेछ ।
  • समूह ई मा रहेको ब्राजिल समूह विजेताको रुपमा राउण्ड अफ सिक्सटिनमा पुगेको हो ।

रसियामा जारी विश्वकप फुटबल अन्तर्गत आज हुने पहिलो खेलमा पाँच पटकको विजेता ब्राजिल र मेक्सिको भिड्ने छन् । ब्राजिल र मेक्सिकोबीचको खेल सामरा एरिना रंगशालामा साँझ पौने ८ बजे सुरु हुनेछ ।

समूह ई मा रहेको ब्राजिल समूह विजेताको रुपमा राउण्ड अफ सिक्सटिनमा पुगेको हो । पहिलो खेलमा स्ट्जिरल्याण्डसँग १–१ गोलको बराबरीमा रोकिएको ब्राजिलले दोस्रो खेलमा कोष्टा रिकालाई २-० ले तथा अन्तिम खेलमा सर्वियालाई २-० ले हराएको थियो ।

धेरैको चाँसो रहेको कुरा केछ भने आज ब्राजिल जित्ला कि नजित्ला ? यो प्रश्न धेरैलाई किन उब्जिएको हो भने यसअघि विजेताका दाबेदार मानिएका टिम घर फर्कि सकेका छन् । जर्मनी, अर्जेन्टिना, पोर्चुगल तथा स्पेन अन्तिम आठमा नपुगेका अवस्थामा आज ब्राजिलको प्रदर्शन कस्तो रहला ?यो प्रश्न उत्सुकताकासाथ हेरिएको छ ।

यो पटक ब्राजिलका स्टार नेइमारले पनि खासै राम्रो पदर्शन गर्न सकेका छैनन् । यदि आज पनि नेइमारको प्रर्दशन कमजोर रह्यो भने ब्राजिल पनि छिट्टै घर नर्फेला भन्न सकिन्न ।

मेक्सिको समूह एफ को उपविजेताको रुपमा राउण्ड अफ सिक्सटिनमा पुगेको हो । समूहका खेलमा जर्मनी र दक्षिण कोरियालाई हराएको मेक्सिको स्वीडेनसँग भने पराजित भएको थियो । (एजेन्सी

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Kancha Tamang

    जस्ले हान्छ उसैले,

    Comment Author

    Prabal Ghimire

    brazil

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?