राजधानीमा एकाएक बढे डेङ्गीका बिरामी
सारांश
- काठमाडौं।
- पछिल्लो समय काठमाडौंमा डेङ्गी सङ्क्रमणका बिरामी बढेका छन्।
- विगत एक हप्तादेखि डेङ्गीका बिरामी बढेका महानगरपालिकाको स्वास्थ्य विभागले जानकारी दिएको छ।
काठमाडौं। पछिल्लो समय काठमाडौंमा डेङ्गी सङ्क्रमणका बिरामी बढेका छन्। विगत एक हप्तादेखि डेङ्गीका बिरामी बढेका महानगरपालिकाको स्वास्थ्य विभागले जानकारी दिएको छ।
स्वास्थ्य सेवा विभागका प्रमुख रामप्रसाद पौडेलका अुसार विगतका वर्षको तुलनामा यस वर्ष असोजको पहिलो सातासम्म डेङ्गीका बिरामी नगन्य मात्रामा थिए तर अहिले विस्तारै बिरामी बढिरहेका छन्।
डेङ्गी सङ्क्रमण नियन्त्रणका लागि कामपाले यस वर्ष पहिलो पटक बायो लार्भीसाइड औषधि छर्केर नियन्त्रण गर्ने प्रयास गरे पनि पछिल्लो समय भने डेङ्गी सङ्क्रमणका बिरामी बढिरहेको प्रमुख पौडेलको भनाइ छ ।
कात्तिक मध्यसम्म डेङ्गीको जोखिम रहनसक्ने भएकाले सचेत रहन स्वास्थ्यकर्मीहरुले सुझाव दिएका छन्। काठमाण्डौ महानगरपालिकामा असोज पहिलो सातासम्म सङ्क्रमित शून्यको अवस्थामा रहेका थिए। तर अहिले एकाएक सङ्क्रमितको संख्या बढ्न थालेको छ।
नेपालमा डेङ्गी सङ्क्रमण देखापर्न थालेको १९ वर्ष भयो । सन् २०२२ मा ५४ हजार ७८ जनामा पुष्टि हुँदा ८८ जनाको मृत्यु भएको थियो ।
प्रतिक्रिया