एकै दिन बिके ५४० खसीबोका

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक ४, २०७७
|
|
४२ पटक हेरिएको
Shares
एकै दिन बिके ५४० खसीबोका

सारांश

  • सरकारी कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ल्याएका खसी तथा बोका बजार मूल्यअनुसार धेरै सस्तो भएपछि एकैदिन धेरै बिक्री भएको छ ।
  • यस वर्ष बडादशैँमा एक हजार खसी तथा बोका बिक्री गर्ने तयारी रहेकामा एकै दिन (सोमबार) नै ५४० वटा बिक्री भइसकेको कम्पनीले जनाएको छ ।
  • सोमबार आएका ६०५ खसीबोकामध्ये बाँकी भएका ६५ र आज बिहान आएका एक सय गरी १६५ खसीबोका बिहान नै बिक्री भइसकेको कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिनुभयो ।

सरकारी कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ल्याएका खसी तथा बोका बजार मूल्यअनुसार धेरै सस्तो भएपछि एकैदिन धेरै बिक्री भएको छ । यस वर्ष बडादशैँमा एक हजार खसी तथा बोका बिक्री गर्ने तयारी रहेकामा एकै दिन (सोमबार) नै ५४० वटा बिक्री भइसकेको कम्पनीले जनाएको छ ।
सोमबार आएका ६०५ खसीबोकामध्ये बाँकी भएका ६५ र आज बिहान आएका एक सय गरी १६५ खसीबोका बिहान नै बिक्री भइसकेको कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार थप २९५ खसीबोका आउने क्रममा छन् ।
हेटौँडा र दाङबाट थप खसीबोका आज साँझसम्म आउने क्रममा रहेको कम्पनीले जनाएको छ । एकै दिनमा अनुमान गरेभन्दा धेरै खसीबोका बिक्री भएपछि आज अपराह्न खसीबोका बिक्री नहुने जनाइएको छ ।
कोरोना भाइरस सङ्क्रमणका कारण गत वर्षका तुलनामा यस वर्ष बिक्रीमा कमी आउने अनुमान गर्दै कम्पनीले एकएक हजार खसीबोका तथा च्याङ्ग्रा बिक्री गर्ने तयारी गरेको थियो । तिब्बतबाट च्याङ्ग्रा नआउँदा मुस्ताङमा नै महँगो भएपछि खसीबोका मात्र बिक्री गरिएको थियो ।
अनुमान गरेभन्दा धेरै खसीबोका बिक्री भएपछि थप खरीदका विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा अपराह्न छलफल हुने कम्पनीले जनाएको छ । हेटौँडा वरपर खसीबोका सकिएको र थप खरीद गर्न नसक्ने जानकारी आएकोसमेत कम्पनीले जनाएको छ । कम्पनीले प्रतिकिलो रु १० छुट दिएर रु ५५० मा खसीबोका बिक्री गरेको छ । निजी क्षेत्रका खसी व्यवसायीले प्रतिकिलो रु ६ सय देखि ६५० सम्म बिक्री गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सागमा नेपाली खेलाडीको सफलताले पूर्वराजा पनि दंग
सागमा नेपाली खेलाडीको सफलताले पूर्वराजा पनि दंग
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका हाडजोर्नी विशेषज्ञहरू छिनेकाे हात जाेड्न सफल
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका हाडजोर्नी विशेषज्ञहरू छिनेकाे हात जाेड्न सफल
नेपाली कामदारमाथि अमर्यादित काम गर्ने पक्राउ
नेपाली कामदारमाथि अमर्यादित काम गर्ने पक्राउ
मन्त्रिपरिषद बैठकः मुख्यसचिव र राजदुत नियुक्तिको सम्भावना, ऊर्जामन्त्रीले कुलमानको नियुक्तिको प्रस्ताव गर्ने
मन्त्रिपरिषद बैठकः मुख्यसचिव र राजदुत नियुक्तिको सम्भावना, ऊर्जामन्त्रीले कुलमानको नियुक्तिको प्रस्ताव गर्ने
भिभिआइपीलाई चार महंगा हेलिकोप्टर, डेढ अर्बको अगष्टा नेपाल आइसक्यो
भिभिआइपीलाई चार महंगा हेलिकोप्टर, डेढ अर्बको अगष्टा नेपाल आइसक्यो
चिठ्ठाले बनायो प्रदेश नम्बर १ को पहिलो महिला अध्यक्ष, कमल गाउँपालिकामा एमालेको भाग्य
सरकारले आज र भोलि ३२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै
सरकारले आज र भोलि ३२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै
सुन तस्करी प्रकरणका मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’ पक्राउ !
सुन तस्करी प्रकरणका मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’ पक्राउ !
मकवानपुरमा रु दुई अर्ब राजश्व असुली
मकवानपुरमा रु दुई अर्ब राजश्व असुली
देउवाद्धारा काग्रेसको केन्द्रीय सदस्यमा १० जना मनोनित
देउवाद्धारा काग्रेसको केन्द्रीय सदस्यमा १० जना मनोनित