मकवानपुरमा रु दुई अर्ब राजश्व असुली

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन ३, २०७५
|
|
२१ पटक हेरिएको
Shares
मकवानपुरमा रु दुई अर्ब राजश्व असुली

सारांश

  • हेटौँडा,३ फागुन ।
  • प्रदेश नं ३ अन्तर्गत रहेको आन्तरिक राजश्व कार्यालय मकवानपुरले चालु आर्थिक वर्षको प्रथम छ महीनामा विभिन्न स्रोतको राजश्वतर्फ कूल रु दुई अर्ब २६ करोड ७४ लाख र ५५ हजार राजश्व असुली गरेको छ ।
  • सो कार्यालयले अन्तःशुल्कतर्फको राजश्वमा सबैभन्दा बढी रु एक अर्ब ३७ करोड ७३ लाख ९८ हजार राजश्व असुली गरेको छ ।

हेटौँडा,३ फागुन । प्रदेश नं ३ अन्तर्गत रहेको आन्तरिक राजश्व कार्यालय मकवानपुरले चालु आर्थिक वर्षको प्रथम छ महीनामा विभिन्न स्रोतको राजश्वतर्फ कूल रु दुई अर्ब २६ करोड ७४ लाख र ५५ हजार राजश्व असुली गरेको छ ।

सो कार्यालयले अन्तःशुल्कतर्फको राजश्वमा सबैभन्दा बढी रु एक अर्ब ३७ करोड ७३ लाख ९८ हजार राजश्व असुली गरेको छ । यसैगरी आयकरतर्फ रु ४२ करोड चार लाख २५ हजार, मूल्य अभिवृद्धि करतर्फ रु ३२ करोड ९८ लाख ९३ हजार, ब्याज करतर्फ रु २५ लाख ५२ हजार ४००, घर बहालतर्फ रु १५ लाख ९३ हजार असुली भएको छ ।

स्वास्थ्य करतर्फ रु १० लाख १३ हजार ४०० र शिक्षा करतर्फ रु १८ लाख ९७ हजार राजश्व असुली गरिएको आन्तरिक राजश्व कार्यालयले जनाएको छ । हेटौँडा औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगमध्ये गोर्खा लाहिरी ९चुरोट० उद्योग प्रालिले सबैभन्दा बढी राजश्व रु ६१ करोड ९० लाख र एशियन पेन्ट्स प्रालिले रु २६ करोड ९१ लाख राजश्व बुझाएको छ ।

यसैगरी अन्य उद्योगतर्फ नेपाल ब्रुअरी प्रालिबाट रु २२ करोड ९३ लाख, युनिलिभर प्रालिबाट रु ११ करोड २० लाख र शिवम् सिमेन्ट उद्योगबाट रु आठ करोड सात लाख राजश्व प्राप्त भएको छ ।

हेटौँडा उपमहानगरपालिकाको विभिन्न वडामा रहेका स्थानीय बजारमा पटक–पटक अनुगमन गरी वक्यौता रहेको रकममध्ये रु ८९ करोड ६० लाख राजश्वमा थप असुली गरिएको आन्तरिक राजश्व कार्यालय मकवानपुरका प्रमुख वसन्त ढकालले राससलाई जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?