एक महिने जागरण अभियान :

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ २३, २०७६
|
|
१९ पटक हेरिएको
Shares
एक महिने जागरण अभियान :

सारांश

  • काठमाडौं ।
  • प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सुरु गरेको पहिलो चरणअन्तर्गतको एकमहिने राष्ट्रिय जागरण अभियान समापनको संघारमा पुगेको छ ।
  • वैशाख २५ गतेबाट ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरू पुगेर एकसाथ सुरु भएको राष्ट्रिय जागरण अभियान जेठ २५ गते समापन हुँदै छ ।

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सुरु गरेको पहिलो चरणअन्तर्गतको एकमहिने राष्ट्रिय जागरण अभियान समापनको संघारमा पुगेको छ । वैशाख २५ गतेबाट ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरू पुगेर एकसाथ सुरु भएको राष्ट्रिय जागरण अभियान जेठ २५ गते समापन हुँदै छ ।कांग्रेसले आमजनतालाई सरकारले गरेका संविधान र संघीयताविरोधी गतिविधिबारे जानकारी दिँदै जनस्तरमा आप्mनो खस्केको शाख फिर्ता गराउने लक्ष्यका साथ अभियान सुरुवात गरेको हो । अभियानको सुरुवातमा सरकारप्रति आक्रामक ढंगबाट कार्यकर्तासामु प्रस्तुत भएका नेताहरूले पछिल्लो समय अभियानलाई आफूअनुकूल उपयोग गर्न थालेका देखिन्छन् । उनीहरू पार्टीभित्रकै गुटबन्दीमा आधारित रही प्रतिस्पर्धी गुटविरुद्ध नै अभियानको मञ्च प्रयोग गर्न थालेका हुन् ।

अभियानका क्रममा ‘साझा र संगठितरूपमा एउटै आवाज’ बोल्ने भनिए पनि संस्थापन पक्षविरोधी नेताहरूले जागरण अभियानको अधिकांश समय पार्टी नेतृत्वविरुद्ध उपयोग गरेका छन् । जागरण अभियानले आन्तरिक गुटबन्दी मत्थर गर्ने अपेक्षाविपरीत संस्थापन इतर समूहका नेताहरूले अभियानलाई आगामी महाधिवेशन केन्द्रित गरेर आन्तरिक राजनीतिक प्रतिस्पर्धामै आफूलाई सीमित राखेका छन् । त्यस्तै, संस्थापन समूहका केन्द्रीय प्रतिनिधिहरू आफ्नो बलबुताले भ्याएसम्म नेतृत्वको बचाउ गर्दै आएका छन् ।कार्यकर्ताहरूले भने नेताहरू गुटबन्दीमा रमाएको रुचाएका छैनन् । उनीहरूले कार्यकर्तामा जागरण ल्याउने उद्देश्यका साथ जिल्लाजिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिहरूलाई आफँैबाट जागरणको सुरुवात गर्न सुझाव दिएका छन् । जिल्लाका स्थानीय नेताकार्यकर्ताहरूले केन्द्रीय नेताहरूलाई पार्टीभित्र रहेको गुटबन्दी अन्त्य गर्न सुझाव दिइरहेका केन्द्रीय प्रतिनिधिहरू स्वयं प्रतिक्रिया दिँदै आएका छन् ।

पार्टीका तर्फबाट जागरण अभियानका लागि पर्वतमा केन्द्रीय प्रतिनिधिका रूपमा खटाइएका केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठले भने, ‘जागरण अभियान लिएर गाउँ आउनुभयो भनेर साथीहरू खुसी हुनुहुन्छ । तर, जागरण अभियान कार्यकर्तालाई भन्दा पनि नेतालाई आवश्यक छ भन्ने उहाँहरूको भनाइ पाएँ । शीर्ष नेताहरू ठीक ठाउँमा आए मात्रै जागरण गर्दै हिँडेको सुहाउने सुझाव पनि आएको छ ।’उनले नेतृत्वले ६०÷४० को भागबण्डामा झगडा गरेको कार्यकर्ताहरूले नरुचाएको बताए । ‘सबैको एउटै कुरा छ– जागरण नेतालाई चाहियो, हामीलाई होइन भनिरहनुभएको छ,’ श्रेष्ठले भने, ‘भागबण्डामा आफ्ना मान्छे घुसाउन भएन । गुट उपगुट खडा गर्नुभएन भनेर नेतृत्वलाई अधिकांश कार्यकर्ताको सुझाव छ ।’

ललितपुरमा पार्टीका तर्फबाट केन्द्रीय प्रतिनिधिका रूपमा खटाइएका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेयले कार्यकर्तास्तरबाट पार्टीभित्रको झगडा अन्त्यको सुझाव आइरहेको बताए । ‘पार्टीभित्रको झगडा, गुट, उपगुट अन्त्य हुनुप¥यो भन्ने नेता–कार्यकर्ताको भनाइ सुनें । पार्टीका गतिविधि कम भए, बढाउनुप¥यो पनि भनेका छन्,’ उनले भने, ‘पार्टीलाई केन्द्रमा गतिशील बनाउनुप¥यो । कार्यकर्ता त यसै पनि जागरूक छँदै छन्, किन जागरण अभियान चाहियो र रु भन्ने पनि सुनेँ । जागरण केन्द्रका नेतालाई हुनुप¥यो भन्ने कार्यकर्ताको भनाइ छ ।’केन्द्रीय प्रतिनिधिका रूपमा लमजुङको जिम्मेवारी पाएकी केन्द्रीय सदस्य कमला पन्तले पनि आफूले कार्यकर्ताहरूबाट केन्द्रमा देखिएको नेताहरूबीचको गुटबन्दी अन्त्यको सुझाव पाएको प्रतिक्रिया दिइन् । ‘सोझो भाषामा भन्ने हो भने साथीहरूले हामी त जागरूक नै छौं । पहिले नेतालाई जागरण चाहिएको छ भनेका छन् । केन्द्रकै झगडा मिलाउनुप¥यो भन्ने पनि छ,’ उनले भनिन् ।

केन्द्रीय सदस्य डा। डिला संग्रौलाले पनि पार्टीभित्रको गुट र उपगुटबारे कार्यकर्तामाझ निकै ठूलो असन्तुष्टि देखिएको बताइन् । जागरण अभियानका क्रममा विभिन्न जिल्ला पुगिसकेकी नेतृ संग्रौलाले भनिन्, ‘तलबाट नेतृत्वमै जागरण आउनुपर्ने भन्दै सुझाव आउन थालेको छ । खासगरी पार्टीभित्रको गुट र उपगुटबारे तल निकै ठूलो असन्तुष्टि देखिन्छ । यसलाई मिलाएर सबै नेता एक भएर आउन कार्यकर्ताले दबाब दिन थालेका छन् ।’ जागरण अभियानका क्रममा कार्यकर्ता तहबाट नेतृत्वको रवैया र गुट–उपगुटबारे चर्चा हुने गरेको, चुनावमा आप्mनै पार्टीका उम्मेदवार हराउन सक्रिय भएकालाई कारबाही नगरेर पार्टीमा अनुशासनको कमी हुन थालेको विषयले पनि प्रमुखता पाउने गरेको नेताहरूले जानकारी दिएका छन् । ‘चुनावमा पार्टीका उम्मेदवारलाई अन्तरघात भएका कुरा पनि उठेका छन् । अन्तरघात गर्नेलाई कारबाही गर्नुप¥यो भनेर कुरा आएका छन्,’ केन्द्रीय सदस्य पाण्डेले भने ।

कांग्रेसले जागरण अभियानका क्रममा महासमिति बैठकबाट पारित निति तथा कार्यक्रम स्थानीय तहसम्म सुसूचित गर्ने, पार्टीभित्र एकता वृद्धिका लागि पार्टी सुदृढीकरणका गतिविधि अघि बढाउँदै जागरण अभिवृद्धि गर्ने, कांग्रेसको नेतृत्वमा प्राप्त राजनीतिक उपलब्धि सम्प्रेषण गर्ने, वर्तमान सरकारका जनविरोधी क्रियाकलाप आमनागरिकमा प्रस्ट्याउने, पार्टीलाई जनताको हितमा थप समर्पित गराउनेलगायत १५ वटा उद्देश्य राखेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?