ब्राजिलको कप्तान बाट नेयमार हटाईए
सारांश
- काठमाडौं १४,जेठ।
- ब्राजिलियन सुपरस्टार नेयमारको राष्ट्रिय टोलीबाट कप्तानी पद खोसिएको छ ।
- प्रशिक्षक टिटेले कोपा अमेरिकाको लागि घोषणा गरेको अन्तिम टोलीबाट उनलाई कप्तान पदबाट हटाएका हुन् ।
काठमाडौं १४,जेठ। ब्राजिलियन सुपरस्टार नेयमारको राष्ट्रिय टोलीबाट कप्तानी पद खोसिएको छ । प्रशिक्षक टिटेले कोपा अमेरिकाको लागि घोषणा गरेको अन्तिम टोलीबाट उनलाई कप्तान पदबाट हटाएका हुन् ।
पछिल्लो समय अनुशासनका कारण समस्यामा आएका नेयमारलाई प्रशिक्षक टिटेले कप्तानबाट बाहिरिएको जानकारी दिएका छन् । उनको स्थानमा ड्यानी आल्भेज ले कप्तानको जिम्मेवारी दिइएको छ । नेयमार र आल्भेस दुवै पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट खेल्ने गर्छन ।
डिफेन्डर आल्भेसले कतार र होन्डुरससंग मैत्रीपूर्ण खेलमा टोलीको जिम्मेवारी सम्हाल्नेछन् । घरेलु मैदानमा आयोजना हुने कोपा अमेरिकामा समूह ‘ए’ मा ब्राजिलले बोलिभिया, भेनेजुएला र पेरुको सामना गर्नेछ । प्रतियोगिता जुन १४ देखि ७ जुलाईसम्म हुनेछ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया