एक लाख घुससहित ९ जना प्रहरी नै पक्राउ

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र ३०, २०७५
|
|
२४ पटक हेरिएको
Shares
एक लाख घुससहित ९ जना प्रहरी नै पक्राउ

सारांश

  • काठमाडौं, ३० भदौ ।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले १ लाख घुससहित ९ जना प्रहरीलाई पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेहरु महानगरीय प्रहरी प्रभाग कोटेश्वर र काँडाघारीका रहेका छन् ।

काठमाडौं, ३० भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले १ लाख घुससहित ९ जना प्रहरीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरु महानगरीय प्रहरी प्रभाग कोटेश्वर र काँडाघारीका रहेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता रामेश्वर दंगालले दिएको जानकारी अनुसार सिपाहीदेखि असईसम्मका ९ जनालाई एक लाख घुसहित पक्राउ गरिएको हो । अख्तियारको टोलीले सबै प्रहरीलाई घुससहित एक भोजनालयबाट रंगेहात पक्राउ गरेको दंगालले जानकारी दिए । पक्राउ पर्नेमा ४ सिपाही, ३ हवल्दार र दुई असई रहेका छन् ।

अख्तियारका अनुसार असई गोपाल श्रेष्ठसहित ९ जना रंगेहात पक्राउ परेका हुन् । उनीहरुलाई बानेश्वर एरियाबाट पक्राउ गरिएको हो । बालुवाखानी सञ्चालकसँग धम्क्याएर १ लाख रुपैयाँ उठाएको आरोप उनीहरुमाथि लागेको छ । पक्राउ परेका सबैलाई हिरासतमा राख्न अख्तियार लगिएको छ । आरोपित प्रहरीलाई अख्तियारकै हिरासतमा राखेर अनुसन्धान गरिने बताइएको छ ।

अनुसन्धानका लागि आइतबार विशेष अदालतमा उपस्थित गराएर थुनामा राख्ने अनुमति लिने तयारी छ । पक्राउ परेका ९ जनाले खानी सञ्चालकबाट लिएको रकम भागबण्डा गरेको अख्तियारका प्रवक्ता दंगालले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?