जिल्ला प्रहरी कार्यालय मकवानपुरद्वारा गाँजा र अफिम खेती नष्ट
सारांश
- हेटौडा,१२ मंसिर ।
- जिल्ला प्रहरी कार्यालय मकवानपुरले दोश्रो चरणको कार्यक्रम अन्तर्गत गाजा र अफिमको खेति नष्ट कार्य सुरु गरेको छ।
- यहि मङ्सिर ९ गते देखि १५ गते सम्म प्रहरी निरिक्षक को नेतृत्वमा ६० प्रहरी खटीने टोलीले राक्सिरांग र कैलाश गाउपालिकाको बिभिन्न वडाहरुमा लगाइएको गाजा तथा अफिम नष्ट गर्ने योजना रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
हेटौडा,१२ मंसिर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले दोश्रो चरणको कार्यक्रम अन्तर्गत गाजा र अफिमको खेति नष्ट कार्य सुरु गरेको छ। यहि मङ्सिर ९ गते देखि १५ गते सम्म प्रहरी निरिक्षक को नेतृत्वमा ६० प्रहरी खटीने टोलीले राक्सिरांग र कैलाश गाउपालिकाको बिभिन्न वडाहरुमा लगाइएको गाजा तथा अफिम नष्ट गर्ने योजना रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
योजना मुताबिक यस चरणमा २२१ बिगाह ४ कट्ठा गाजा तथा १०७ बिगाह यस्तो जमिनमा लगाइएको अबैध खेति नष्ट गर्ने लक्ष रहेको बताइएको छ। कार्य योजना मुताबिक बिभिन्न तिन वटा खटिएका प्रहरी टोलीहरुले राक्सिरांग गाउपालिका ९ सानो टोड्के ,वडा नम्बर ८ को काकड़ा ,वडा नम्बर ७ को गर्लिंग , कैलाश गाउपालिका ४ सर्सिंग र लिप्चेमा लगाइएको गाजा २८ बिगाह १० कट्ठा को साथै ८ बिगाहमा लगाइएको अफिम नष्ट गरिसकेको र सोहि क्रममा राक्सिरांग गाउपालिका ४ टोड्केमा पानिखाने धारा नजिक लुकाइरहेको अवस्थामा गोलि भरिएको भरुवा बन्दुक एक वटा फेलापारी आवश्यक अनुसन्धान भैरहेको बताइएको छ।
अबैध गाजा र अफिम खेति हुने स्थानहरु यातायात मार्ग र सावारी साधनहरुको पहुच नभएको दुर्गम हुनुका साथै जिल्ला सदरमुकाम र प्रहरी प्रसाशनको सहज पहुच भन्दा धेरै टाढा भएको कारण उक्तस्थानहरुमा पुरानो समय देखि नै गाजा खेति हुने गरेको छ। यसैले प्रहरीले गाजा र अफिम फडानीको साथ् साथै स्थानीय जनसमुदायमा लागु औषधको उत्पादन बेच बिखन र दुर्व्यसनी बिरुद्द जनचेतनामुलक कार्यक्रम संचालन गरेको भएता पनि स्थानीय जनप्रतिनिधि र संघ संस्थाहरुको नैतिक समर्थन मात्र प्राप्त गरेको बताइएको छ। त्यस दुर्गम भेकमा जनचेतना भन्दा पनि गाजा खेतीको बिकल्पमा अन्य कृषि पेशा अपनाउन सरकारी स्तरबाट नै आवश्यक सहयोगको कार्यक्रम ल्याउनुपर्ने स्थानीयको भनाइ छ।
प्रतिक्रिया