एक वर्षमा पेट्रोलियम पदार्थको आयात १३ प्रतिशतले घट्यो
सारांश
- काठमाडौं- एक वर्षमा मुलुकमा पेट्रोलियम पदार्थको आयात १३ प्रतिशतले घटेको नेपाल आयल निगमले जनाएको छ।
- आर्थिक वर्ष २०७९/८० मा पेट्रोलियम पदार्थको आयात १३ प्रतिशतले घटेर दुई खर्ब ८१ अर्ब ७३ करोड २६ लाख रुपियाँ बराबरको पेट्रोलियम पदार्थको आयात भएको छ।
- अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा तीन खर्ब आठ अर्बको ३१ लाख वरावरको इन्धन आयात भएको थियो।
काठमाडौं- एक वर्षमा मुलुकमा पेट्रोलियम पदार्थको आयात १३ प्रतिशतले घटेको नेपाल आयल निगमले जनाएको छ।
आर्थिक वर्ष २०७९/८० मा पेट्रोलियम पदार्थको आयात १३ प्रतिशतले घटेर दुई खर्ब ८१ अर्ब ७३ करोड २६ लाख रुपियाँ बराबरको पेट्रोलियम पदार्थको आयात भएको छ। अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा तीन खर्ब आठ अर्बको ३१ लाख वरावरको इन्धन आयात भएको थियो।
आर्थिक वर्ष २०७९/८० मा मुलुकमा देखापरेको आर्थिक संकटका कारण आर्थिक गतिविधि चलायमान नहुँदा पनि पेट्रोलियम पदार्थको आयातमा कमी भएको बताइएको छ।
इन्धनको खपत कम हुँदा आयातमा कमी आएको निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहले जानकारी दिए।
विकास निर्माणका काम कम हुनु, विद्युतीय गाडीको प्रयोग बढ्दै गएको र भारतमा भन्दा नेपालमा इन्धनको मूल्य महँगो हुँदा गएको आर्थिक वर्षमा आयातमा कमी भएको उनकाे भनाइ छ। यस वीच हवाई इन्धनको आयात भने बढेको छ। इन्धन आयातबाट एक वर्षमा ९४ अर्ब रुपियाँ राजस्व संकलन भएको छ।
प्रतिक्रिया