इक्वेडरसँग आयोजक कतार पराजित

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ५, २०७९
|
|
१६ पटक हेरिएको
Shares
इक्वेडरसँग आयोजक कतार पराजित

सारांश

  • काठमाडौं।
  • इनर भ्यालेन्सियाले दुई गोल गरेपछि कतार विश्वकप फुटबलको इतिहासमै पहिलो पटक उद्घाटन खेलमा आयोजक टोली पराजित भएको छ।
  • कप्तान भ्यालेन्सियाको दुई गोल गरेपछि दक्षिण अमेरिकी टोली इक्वेडरले कतार विश्वकप २०२२ को उद्घाटन खेलमा आइतबार राति आयोजक कतारलाई २- ० को नतिजामा हरायो।

काठमाडौं। इनर भ्यालेन्सियाले दुई गोल गरेपछि कतार विश्वकप फुटबलको इतिहासमै पहिलो पटक उद्घाटन खेलमा आयोजक टोली पराजित भएको छ। कप्तान भ्यालेन्सियाको दुई गोल गरेपछि दक्षिण अमेरिकी टोली इक्वेडरले कतार विश्वकप २०२२ को उद्घाटन खेलमा आइतबार राति आयोजक कतारलाई २- ० को नतिजामा हरायो।

१९३० बाट सुरु भएको विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिताको २१औं संस्करणसम्म उद्घाटन खेलमा आयोजकले पराजय भोग्नु परेको थिएन। तर, दोहाको अल बेत रंगशालामा इक्वेडरको जितमा भ्यालेन्सियाले १६ र ३१औं मिनेटमा गोल गरेका थिए। कतार गोलकिपर साद अब्दुल्लाह अल सेबले आफैलाई लडाएवापत प्राप्त पेनाल्टीलाई गोलमा परिणत गर्दै भ्यालेन्सियाले इक्वेडरलाई अग्रता दिलाएका थिए।

त्यसको १५ मिनेटपछि एन्जेलो प्रेसियाडोको क्रसलाई उत्कृष्ट हेड गोलमा परिणत गर्दै भ्यालेन्सियाले इक्वेडरलाई २-० को सहज अवस्थामा पुर्याए। त्यसअघि तेस्रो मिनेटमै भ्यालेन्सियाले गोल गर्दै इक्वेडरलाई अग्रता दिलाएका थिए । तर भिडियो सहायक रेफ्री (भिएआर)को सहयोगबाट रेफ्रीले त्यसलाई अफसाइड करार दिएका थिए।

जितसँगै समूह ए बाट इक्वेडरले महत्वपूर्ण तीन अंक जोडेको छ । कतार भने विना अंक छ।

(https://mclaneedgers.com/)

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    registro de Binance US

    Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?