एक सय तीस स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन ९, २०७४
|
|
१८ पटक हेरिएको
Shares
एक सय तीस स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक

सारांश

  • काठमाडौँ, ९ असोज  ः असोज २ गते निर्वाचन सम्पन्न भएका प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये १३० स्थानीय तहको मतगणनाको परिणाम सार्वजनिक भएको छ ।
  • निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट प्राप्त पछिल्लो विवरणअनुसार, स्थानीय तहको प्रमुख एवं अध्यक्ष पदमा नेपाली काँग्रेस ३७, नेकपा (एमाले) १७, नेकपा माओवादी केन्द्र २१, राष्ट्रिय जनता पार्टी नेपाल २४, संघीय समाजवादी फोरम नेपाल २५, नेपाल लोकतान्त्रिक फोरम तीन, नेपाली जनता दल दुई र नयाँ शक्ति पार्टी नेपाल एक स्थानमा विजयी भएका छन् ।
  • यसैगरी, जम्मा एक हजार २७१ वडामा भएको निर्वाचनमा हालसम्म एक हजार २३३ वडाको मतगणना कार्य सम्पन्न भएको छ ।

काठमाडौँ, ९ असोज  ः असोज २ गते निर्वाचन सम्पन्न भएका प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये १३० स्थानीय तहको मतगणनाको परिणाम सार्वजनिक भएको छ ।

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट प्राप्त पछिल्लो विवरणअनुसार, स्थानीय तहको प्रमुख एवं अध्यक्ष पदमा नेपाली काँग्रेस ३७, नेकपा (एमाले) १७, नेकपा माओवादी केन्द्र २१, राष्ट्रिय जनता पार्टी नेपाल २४, संघीय समाजवादी फोरम नेपाल २५, नेपाल लोकतान्त्रिक फोरम तीन, नेपाली जनता दल दुई र नयाँ शक्ति पार्टी नेपाल एक स्थानमा विजयी भएका छन् ।

यसैगरी, जम्मा एक हजार २७१ वडामा भएको निर्वाचनमा हालसम्म एक हजार २३३ वडाको मतगणना कार्य सम्पन्न भएको छ । अब छ स्थानीय तह र ३८ वडाको निर्वाचन परिणाम आउन बाँकी रहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । बाँकी स्थानीय तहको मतगणना कार्यलाई छिटो सम्पन्न गर्नेगरी गणना कार्य भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?