बैङ्कका ग्राहक तथा कर्मचारीले यी अस्पतालमा उपचार गर्दा छुट, हेर्नुहाेस कुन -कुन अस्पतालमा छुट छ ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २०, २०७५
|
|
३१ पटक हेरिएको
Shares
बैङ्कका ग्राहक तथा कर्मचारीले यी अस्पतालमा उपचार गर्दा छुट, हेर्नुहाेस कुन -कुन अस्पतालमा छुट छ ?

सारांश

  • काठमाडौं, २० साउन।
  •   पछिल्लो समय बैङ्क र सुविधासम्पन्न अस्पतालबीच सहकार्यको लहर चलेको छ, जसले निश्चित बैङ्कमा खाता भएका ग्राहकलाई सहकार्य भएको अस्पतालमा सहुलियतमा स्वास्थ्योपचार सेवा सुनिश्चित गरेको छ ।
  • पछिल्लो १ महीनाको समयमा मात्रै पनि देशका ७ वाणिज्य र २ विकास बैङ्कले काठमाडौंका ८ सुविधासम्पन्न अस्पतालसँग छूट योजनामा सम्झौता गरेका छन् ।

काठमाडौं, २० साउन।  पछिल्लो समय बैङ्क र सुविधासम्पन्न अस्पतालबीच सहकार्यको लहर चलेको छ, जसले निश्चित बैङ्कमा खाता भएका ग्राहकलाई सहकार्य भएको अस्पतालमा सहुलियतमा स्वास्थ्योपचार सेवा सुनिश्चित गरेको छ । पछिल्लो १ महीनाको समयमा मात्रै पनि देशका ७ वाणिज्य र २ विकास बैङ्कले काठमाडौंका ८ सुविधासम्पन्न अस्पतालसँग छूट योजनामा सम्झौता गरेका छन् । सम्झौताअनुसार बैङ्कका ग्राहक तथा कर्मचारीले सम्झौता भएको अस्पतालमा उपचार गर्दा छूट सुविधा पाउँछन् । अस्पताल हेरी निश्चित रोग तथा स्वास्थ्योपचार सेवामा दिइने यस्तो छूट न्यूनतम ७ देखि अधिकतम १२ प्रतिशतसम्म छ ।

नेपाल बङ्गलादेश बैङ्कका कार्डवाहक ग्राहक तथा कर्मचारीलाई भिवन्त डेन्टलमा उपचार गराउँदा अस्पतालको सेवामा १० प्रतिशत छूट हुनेगरी दुईपक्षीय सम्झौता भएको छ । त्यसअघि सिटिजन्स बैङ्कले ग्राण्डी इन्टरनेशनल, स्टार र किष्ट अस्पतालमा आफ्ना ग्राहक तथा कर्मचारीले छूट पाउनेगरी सम्झौता गरेको छ । एनएमबी बैङ्कका मुख्य कार्यकारी अधिकृत सुनिल केसीले बैङ्क–अस्पताल सहकार्यले बैङ्कको कार्डवाहकलाई सस्तो दरमा स्वास्थ्य सेवा सुनिश्चित गर्ने बताए । ‘बैङ्क कार्डलाई अस्पतालसँग टाईअप गरेका हौं, यसले अस्पतालमा उपचार गरेवापत कार्डमार्पmत भुक्तानी गर्दा छूट सुविधा दिन्छ,’ उनले अभियानलाई सम्झौताबारे बताए । एनएमबी बैङ्कले नेपाल क्यान्सर अस्पतालमा उपचार गर्दा १० प्रतिशतसम्म र ब्लुक्रस अस्पतालमा विभिन्न सेवामा छूट सुविधा पाउनेगरी सम्झौता गरेको छ ।

सैंबुको नेपाल मेडिसिटी अस्पतालले प्राइम, महालक्ष्मी विकास र हिमालयन बैङ्कका ग्राहक तथा कर्मचारीलाई अस्पतालको सबै सेवामा ७ प्रतिशत छूट दिनेगरी सहकार्य गरेको छ ।त्यसैगरी नर्भिक इन्टरनेशनल अस्पतालले सिद्धार्थ बैङ्कका ग्राहक तथा कर्मचारीलाई सो बैङ्कको कार्डमार्पmत भुक्तानी गर्दा उपचारमा १२ प्रतिशत र मेगा बैङ्कका ग्राहक तथा कर्मचारीलाई छूट सुविधा दिन्छ । ग्राण्डी इन्टरनेशनल अस्पतालले गण्डकी विकास बैङ्कका ग्राहक तथा कर्मचारीलाई सबै सेवामा छूट र सिटिजन्सका ग्राहक तथा कर्मचारीलाई छूट दिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आगामी चुनाबमा एमाले पहिलो पार्टी हुने उद्घोष…
आगामी चुनाबमा एमाले पहिलो पार्टी हुने उद्घोष…
क्यालिफोर्नियाको डढेलो अझै नियन्त्रणमा आएन, १५ जनाको मृत्यु, १८० हराए
क्यालिफोर्नियाको डढेलो अझै नियन्त्रणमा आएन, १५ जनाको मृत्यु, १८० हराए
नेपालीलाई मतलव छैन, विदेशीलाई चासो
नेपालीलाई मतलव छैन, विदेशीलाई चासो
विराटनगर बन्यो इपिएल च्याम्पियन, हारमा शरदको हृयाट्रिक
विराटनगर बन्यो इपिएल च्याम्पियन, हारमा शरदको हृयाट्रिक
इन्डियाज गट ट्यालेन्टका निर्माता सोहन चौहान मृत भेटिए, ६ महिना अघि मात्रै गरेका थिए विवाह
इन्डियाज गट ट्यालेन्टका निर्माता सोहन चौहान मृत भेटिए, ६ महिना अघि मात्रै गरेका थिए विवाह
कांग्रेस जिल्ला सभापतिहरुको भेला पोखरामा, तयारी पूरा
कांग्रेस जिल्ला सभापतिहरुको भेला पोखरामा, तयारी पूरा
दिगो उपभोग तथा उत्पादन प्रणालीमा जोड
दिगो उपभोग तथा उत्पादन प्रणालीमा जोड
शर्मालाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर
शर्मालाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर
‘पहिले कम्युनिष्टले बुढाबुढी मार्छ भन्दै हिड्नेहरु अहिले अधिनायकवादको प्रचारमा’
‘पहिले कम्युनिष्टले बुढाबुढी मार्छ भन्दै हिड्नेहरु अहिले अधिनायकवादको प्रचारमा’
कसैको अनुहार पनि हेरिँदैन देखावटी होइन, वास्तवमै भ्रष्टाचार नियन्त्रण गर्छौंः प्रधानमन्त्री ओली
कसैको अनुहार पनि हेरिँदैन देखावटी होइन, वास्तवमै भ्रष्टाचार नियन्त्रण गर्छौंः प्रधानमन्त्री ओली

तपाईंले छुटाउनुभयो कि?