कानुन भनेकै एक किसिमको अंकूश हो: सुवासचन्द्र नेम्वाङ

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र ६, २०७५
|
|
३० पटक हेरिएको
Shares
कानुन भनेकै एक किसिमको अंकूश हो: सुवासचन्द्र नेम्वाङ

सारांश

  • भदौ १ गतेदेखि लागू भएको मुलुकी ऐनप्रति केही सरोकारावाला निकायहरुले आपत्ति प्रकट गरेका छन् ।
  • नियम संशोधनको माग पनि उठेको छ ।
  • अर्कोतिर सरकारको ६ महिनाको पनि टिप्पणी भइरहेका छन् ।

भदौ १ गतेदेखि लागू भएको मुलुकी ऐनप्रति केही सरोकारावाला निकायहरुले आपत्ति प्रकट गरेका छन् । नियम संशोधनको माग पनि उठेको छ । अर्कोतिर सरकारको ६ महिनाको पनि टिप्पणी भइरहेका छन् । यिनै विषयवस्तुमा केन्द्रित भएर नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सविधान निर्माण हुँदाका सभाध्यक्ष सुवासचन्द्र नेम्वाङसँग ऋषि धमलाले कुराकानी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

भदौ १ गतेदेखि लागु भएको ऐनप्रति कतिपय सरोकारवाला निकायले आपत्ति जनाएका छन् । यसलाई कसरी लिनुभएको छ ?
कहिलेकाँही ठट्टा पनि हुन्छ के । जस्तै : यो संविधान नै नभइदिएको भए के हुन्थ्यो होला ? आनन्द हुन्थ्यो होला । अहिले त जे गर्न लागे पनि संविधानबमोजिम गर्नुपर्छ । संविधानले यसरी गर्नुपर्छ भनेर लेखेको छ । मैले भन्न खोजेको क भने, कानुन भनेकै एक किसिमको अंकूश हो ।

मुलुकी ऐन बनाउँदा सरोकारावला निकायसँग छलफल गरिएको थिएन ?
मुलुकी ऐनको विधेयक बनाउँदा कैयौँ वर्ष लाग्यो । सर्वोच्च अदालतका तत्कालिन न्यायाधीशहरु खिलराज रेग्मी, कल्याण श्रेष्ठको नेतृत्वमा कार्यदल बनाइएको थियो । कार्यदलले धेरै समय लगाएर व्यापक छलफल गरेर विधेयक बनाएको हो । ४ वर्ष लगाएर उक्त विधेयक संसदबाट पारित गरिएको हो । पारित गने प्रक्रियामा देशव्यापी छलफल गरिएको हो । सम्बन्धित पक्षसँग पनि छलफल गरिएको हो ।

तर कतिपय सम्बन्धित पक्षले एकाएक नयाँ नियम लगाइएको जस्तो गरेका छन् नि ?
यो नियम त एक वर्षअघि नै संसदबाट पारित गरिएको थियो । पारित भएको पनि एक वर्षपछि बल्ल लागु गरिएको हो । पारित हुने बेलामा नै एक वर्षपछि भदौ १ गतेबाट लागु हुने भनेर भनिएको थियो । अहिले आएर अलिअलि विवाद उठ्नुलाई त म सामान्य ढंगले लिन्छु । तर धेरै विवाद हुनु जरुरी छैन ।

कतिपय नियम त संशोधन गर्नुपर्छ भन्ने आवाज पनि उठेको छ । यसमा तपाईको धारणा के छ ?
नियममा केही कमजोरी देखिए, कार्यान्वयनमा समस्या भयो भने समय सापेक्ष बनाउन सकिन्छ । तर संविधान निर्माणपछि ऐतिहासिक रुपमा बनाइएको कानुनको अनावश्यक विरोध गर्नु हुँदैन ।

संचारमाध्यमलाई अलि बढि नै अंकूश लगाउन खाजियो भन्ने आरोप र गुनासो छ । तपाई कसरी लिनुहुन्छ ?
प्रेससँग सम्बन्धित नियम बनाउँदा पनि हामीले व्यापक छलफल गरेका हौँ । संविधानको प्रस्तावनामा नै पूर्ण प्रेस स्वतन्त्रता भनेर लेखिएको छ । मुुलुकी ऐनमा भएका कतिपय व्यवस्था प्रेसलाई अंकूश लगाउने वा संकुचित बनाउनका लागि होइन । जनताको गोपनियताको अधिकारलाई पनि ख्याल गर्दा प्रेसलाई अंकूश लगाएको भ्रम परेको हो । तर व्यवहारिक रुपमा प्रेसमाथि अंकूश लाग्दैन । व्यहारिक रुपमा केही समस्या आयो भने त संशोधन गर्न सकिन्छ । हामी प्रेस स्वतन्त्रताप्रति प्रतिवद्ध छौँ ।

चिकित्सकासँग सम्बन्धित नियम पनि विवादमा छ । चिकित्सकहरुले आन्दोलन नै गर्ने चेतावनी दिएका छन् । कसरी समाधान गर्नुहुन्छ ?
चिकित्सकहरुको सन्दर्भमा पनि जनताका स्वास्थ्यसम्बन्धी अधिकार प्रत्याभूत गर्ने क्रममा चिकित्सकहरुको विपक्षमा भयो कि भन्ने लागेको हुन सक्छ । यसलाई सकारात्मक रुपमा लिनुहुन आग्रह गर्दछु । व्यवहारमा कार्यान्वयन गर्दै जाँदा जनताको स्वास्थ्य अधिकार र चिकित्सकको अधिकार दुवै सुरक्षित हुने वातावरण बनाउँछौँ ।

सरकार गठन भएको ६ महिनामा उल्लेखनीय काम भएन भन्ने प्रतिपक्ष दल कांग्रेसको आरोपलाई कसरी लिनुहुन्छ ?
प्रतिपक्षको कुरालाई म सम्मान गर्छु । सरकारको विरोध गर्नु उहाँहरुको अधिकार पनि हो । तर उहाँहरुले डे वानदेखि सरकार अधिनायकवादतर्फ गयो, सिन्का पनि भाँचेन भन्नुभयो । ६ महिनामा उहाँहरुले सरकारलाई शुन्य नम्बर दिनुहुन्छ होला भन्ने लागेको थियो । पास मार्क चाँही ल्यायो भन्ने विश्लेषण गर्नुभएछ । सरकारको आलोचना गर्नु सामान्य नै हो, तर जनतालाई नै निराश बनाउने गरी आलोचना गर्नु हुँदैन ।

सरकारको काम त प्रभावकारी देखिएको छैन नि ?
प्रधानमन्त्री केपी ओलीले काठमाण्डौको खाल्डा खुल्डी यो सरकार आएपछि भएको हो र भन्नुभयो । यो कुरा त जायज छ नि । अर्थतन्त्र अस्तव्यस्त छ । अरु धेरै कुरा विग्रिएको छ । यो त वर्षौअघिदेखिको समस्या हो नि । हामी त यो सुधार गर्न आएका हौँ । विगतका सरकारले राम्रो काम गर्न नसकेका कारण नै जनताले हामीलाई बहुमत दिएका हुन् नि । विगतका बेथिती सुधार नगरी नयाँ काम गर्न सक्ने स्थिती छैन । अहिले नै वृद्ध भत्ता बाँढ्न सक्ने स्थिती छैन । अहिले त सरकारसँग पैसा नै छैन । कम्तिमा पनि एक वर्ष त विगतमा सृजना भएका समस्या समाधान गर्न नै समय लाग्छ । त्यसपछि नयाँ काम सुरु हुन्छ ।

(रिपाेर्टर्श नेपाल बाट)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्थायी शिक्षक हकहित मञ्चको पहिलो राष्ट्रिय भेला काठमाडौंमा सम्पन्न
स्थायी शिक्षक हकहित मञ्चको पहिलो राष्ट्रिय भेला काठमाडौंमा सम्पन्न
सङ्खुवासभाको चैनपुरमा एकै घरका चार बालबालिका अचेत अवस्थामा फेला परे
सङ्खुवासभाको चैनपुरमा एकै घरका चार बालबालिका अचेत अवस्थामा फेला परे
पाँचभाइको सुन्तलाखेती
पाँचभाइको सुन्तलाखेती
चुनावी प्रतिबद्धता कति पूरा गर्नुभयो नेता ज्यू ?
चुनावी प्रतिबद्धता कति पूरा गर्नुभयो नेता ज्यू ?
निजी क्षेत्रलाई अर्थमन्त्रीको ढाडस, मनोबल उकास्ने प्रतिबद्धता
निजी क्षेत्रलाई अर्थमन्त्रीको ढाडस, मनोबल उकास्ने प्रतिबद्धता
खरो रुपमा उत्रँदै प्रकाण्ड पक्राउबारे गृहमन्त्रीले भने, ‘प्रकाण्ड ध्वंसात्मक गतिविधिमा संलग्न थिए’
खरो रुपमा उत्रँदै प्रकाण्ड पक्राउबारे गृहमन्त्रीले भने, ‘प्रकाण्ड ध्वंसात्मक गतिविधिमा संलग्न थिए’
माल्दिभ्समा भारत असफल, दुई उपहार अस्वीकार
माल्दिभ्समा भारत असफल, दुई उपहार अस्वीकार
प्रदर्शनकारीसँग वार्ता गरी समस्या समाधान गर्न सांसदको माग
प्रदर्शनकारीसँग वार्ता गरी समस्या समाधान गर्न सांसदको माग
टिपर ब्याक गरेर मोटरसाइकल चालकलाई मार्यो
टिपर ब्याक गरेर मोटरसाइकल चालकलाई मार्यो
राजपाको हेडक्वार्टरमा पाँच दलको उस्तै-उस्तै प्रदर्शन, राजमार्गमा एमाले–माओवादी कडा टक्कर
राजपाको हेडक्वार्टरमा पाँच दलको उस्तै-उस्तै प्रदर्शन, राजमार्गमा एमाले–माओवादी कडा टक्कर

तपाईंले छुटाउनुभयो कि?