बालबालिका आक्रमण गर्ने चितुवा नियन्त्रण

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन १६, २०७६
|
|
२९ पटक हेरिएको
Shares
बालबालिका आक्रमण गर्ने चितुवा नियन्त्रण

सारांश

  • जिल्लाको भानु नगरपालिकाका विभिन्न वडामा बालबालिकामाथि आक्रमण गर्ने नरभंक्षी चितुवा नियन्त्रणमा लिइएको छ ।
  • भानु नगरपालिका–२, ३ र ४ मा बालबालिकामाथि आक्रमण गरेर ज्यान लिएको नरभंक्षी चितुवा आज बिहान नियन्त्रणमा लिइएको हो ।
  • चितुवा नियन्त्रणका लागि भानु नगरपालिका–२ स्थित सामुदायिक वनमा खोर निर्माण गरिएपछि चितुवा उक्त खोरमा परेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिनुभयो ।

जिल्लाको भानु नगरपालिकाका विभिन्न वडामा बालबालिकामाथि आक्रमण गर्ने नरभंक्षी चितुवा नियन्त्रणमा लिइएको छ । भानु नगरपालिका–२, ३ र ४ मा बालबालिकामाथि आक्रमण गरेर ज्यान लिएको नरभंक्षी चितुवा आज बिहान नियन्त्रणमा लिइएको हो ।चितुवा नियन्त्रणका लागि भानु नगरपालिका–२ स्थित सामुदायिक वनमा खोर निर्माण गरिएपछि चितुवा उक्त खोरमा परेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिनुभयो । बरालका अनुसार चितुवा नियन्त्रणका लागि बाख्रा राखेर खोर बनाइएको थियो । “लामो समयको प्रयासपछि चितुवा खोरमा पर्न सफल भएको छ”, बरालले भन्नुभयो, “नियन्त्रणमा आएको चितुवालाई चिडियाखाना वा राष्ट्रिय निकुञ्ज पठाउने तयारी गरेका छौ ।”

बालबालिकालाई आक्रमण गरेर ज्यान नै लिने चितुवा नियन्त्रणमा आएपछि स्थानीयवासी खुशी भएका छन् । स्थानीयवासी अर्जुन रानाभाटले नरभंक्षी चितुवा नियन्त्रणमा आएसँगै सर्वसाधारणले राहत महसुस गरेको जानकारी दिनुभयो । चितुवाको आक्रमणबाट यसअघि भानु नगरपालिकामा दुई बालक र दुई बालिकाको मृत्यु भएको थियो । विसं २०७४ फागुन १ गते भानु नगरपालिका–३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठ, विसं २०७५ कात्तिक २९ गते भानु नगरपालिका–४ जोखानेका ४ वर्षीया रन्जिता लम्साल, मङ्सिर १५ गते भानु नगरपालिका–२ ढल्केवरका १० वर्षीय अमृत गुरुङ र जेठ २४ गते भानु नगरपालिका–२ भकुण्डथोक निवासी ९ वर्षीया पुष्पा अधिकारीको मृत्यु भएको थियो । डिभिजन वन कार्यालयले सबै मृतकका परिवारलाई क्षतिपूर्तिस्वरुप रु दश लाखका दरले राहत रकम वितरण गरिसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोखरा महानगर प्रमुखमा एकीकृत समाजवादीका आचार्य, उपप्रमुखमा एमालेका गुरुङ
पोखरा महानगर प्रमुखमा एकीकृत समाजवादीका आचार्य, उपप्रमुखमा एमालेका गुरुङ
आज मौद्रिक नीति ल्याउँदै केन्द्रीय बैंक
आज मौद्रिक नीति ल्याउँदै केन्द्रीय बैंक
आत्मघाती गोल, जसका कारण खेलाडिले ज्यान गुमाउनुपर्यो
आत्मघाती गोल, जसका कारण खेलाडिले ज्यान गुमाउनुपर्यो
प्रेसमाथि हस्तक्षेप गर्नुहुँदैन्ः कांग्रेस नेता अर्जुननरसिंह केसी
प्रेसमाथि हस्तक्षेप गर्नुहुँदैन्ः कांग्रेस नेता अर्जुननरसिंह केसी
प्रेमगीत ३ बाट बाहिरिए राजेश हमाल, निर्माता सेन भन्छन् धोका भयो
प्रेमगीत ३ बाट बाहिरिए राजेश हमाल, निर्माता सेन भन्छन् धोका भयो
इटहरीका बाढीपीडित राहतको पर्खाइमा, मृतकको संख्या ९ पुग्यो/पीडित मन्दिर र विद्यालयमा ..
इटहरीका बाढीपीडित राहतको पर्खाइमा, मृतकको संख्या ९ पुग्यो/पीडित मन्दिर र विद्यालयमा ..
नेत्रविक्रम चन्द्र समूहद्वारा स्काभेटरमा आगजनी
नेत्रविक्रम चन्द्र समूहद्वारा स्काभेटरमा आगजनी
हुलाक बैंक खारेजीले बचतकर्तामा निराशा
हुलाक बैंक खारेजीले बचतकर्तामा निराशा
परासीको हाटबजार दुर्गन्धित
परासीको हाटबजार दुर्गन्धित
राजदूतका सहयोगीले ठगी गरेपछि दूतावासले गुहार्यो परराष्ट्रलाई
राजदूतका सहयोगीले ठगी गरेपछि दूतावासले गुहार्यो परराष्ट्रलाई

तपाईंले छुटाउनुभयो कि?