एनएमएको निर्वाचन जारी : शेर्पा र लामाबीच कडा प्रतिस्पर्धा
सारांश
- काठमाडौं ।
- नेपाल पर्वतारोहण संघ (एनएमए)को निर्वाचन बिहान ६ बजेदेखि सुरु भएको छ ।
- निर्वाचन नक्सालस्थित स्टार भेन्यूमा भइरहेको छ ।
काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए)को निर्वाचन बिहान ६ बजेदेखि सुरु भएको छ । निर्वाचन नक्सालस्थित स्टार भेन्यूमा भइरहेको छ ।
मतदान विहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्मलाई तोकेको एनएमएका प्रमुख प्रशासकीय अधिकृत जिनेश सिन्धुराकारले जानकारी दिए ।
एनएमए निर्वाचनका लागि जिम्बाजाङ्बु नेतृत्वको समूह र सन्तवीर लामा नेतृत्वको समूह चुनावी मैदानमा उत्रिएका छन् ।
शेर्पा पूर्व अध्यक्ष हुन् भने लामा हालका प्रथम उपाध्यक्ष हुन् । उनीहरुबीच कडा प्रतिस्पर्धा हुनेछ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया