मुख्यमन्त्री हरुको भेला पोखरामा सुरु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २१, २०७५
|
|
४१ पटक हेरिएको
Shares
मुख्यमन्त्री हरुको भेला पोखरामा सुरु

सारांश

  • पोखरा २१,भदौ।
  • नेपाल का सातै प्रदेशका मुख्यमन्त्रीको भेला पोखरामा सुरु भएको छ ।
  • गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा पोखरामा मुख्यमन्त्रीहरुको पहिलो भेला सुरु भएको हो ।

पोखरा २१,भदौ। नेपाल का सातै प्रदेशका मुख्यमन्त्रीको भेला पोखरामा सुरु भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा पोखरामा मुख्यमन्त्रीहरुको पहिलो भेला सुरु भएको हो । भेलामा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही भने उपस्थित छोईनन ।

मुख्यमन्त्रीहरुले  हात मा हात मिलाएर बैठकको उदघाटन गरेका छन् । सातै प्रदेशको अहिलेको अवस्था, खेप्नुपरेका समस्या, ठूला आयोजना, अनुदान लगायतका विषयमा मुख्यमन्त्रीहरुले भेलामा छलफल गर्ने छन् ।अन्तर प्रदेश परिषदको बैठकको पूर्वसन्ध्यामा पोखरामा भइरहेको यो भेलालाई महत्वपूर्ण रुपमा लिइएको छ ।

यही २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षमा परिषदको बैठक बस्दैछ । परिषदको बैठकमा सातै प्रदेशका सामूहिक एजेन्डा बनाउन भेलामा छलफल सुरु भएको छ ।

सातै प्रदेशका मुख्यमन्त्री एक स्वर बनाएर परिषदको बैठकमा प्रस्तुत हुन भेलाले एजेन्डा तयार पार्ने गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए ।

अधिकार, प्रादेशिक संरचना, कर्मचारी, आयोजना लगायतका विषयमा संघीय सरकार अनुदार बनेको प्रदेशका मुख्यमन्त्रीहरुले बताइरहेका छन् । प्रदेश सरकारलाई अधिकार दिने विषयमा संघीय सरकारले कन्जुस्याइँ गर्दा बजेट कार्यान्वयनमै समस्या भएको गुरुङले बताउँदै आएका छन् ।

भेलालाई  गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले स्वागत गरेका थिय ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खोजी सूचीमा रहेका एमाले सचिव रायमाझीको घरमा प्रहरीको खानतलासी
खोजी सूचीमा रहेका एमाले सचिव रायमाझीको घरमा प्रहरीको खानतलासी
निर्मला पन्त हत्या प्रकरण: सरकारले १५ लाख रुपैयाँ दिने
रणवीर दिपिकाको विवाहमा मात्र ४ जनालाई निम्तो !
रणवीर दिपिकाको विवाहमा मात्र ४ जनालाई निम्तो !
बजेटले फजुल खर्च नियन्त्रणका विभिन्न प्रावधान राखेकामा स्वागत
बजेटले फजुल खर्च नियन्त्रणका विभिन्न प्रावधान राखेकामा स्वागत
कोरियाको सहमतिपछि सबै आवेदकले ईपीएस परीक्षा दिन पाउने
कोरियाको सहमतिपछि सबै आवेदकले ईपीएस परीक्षा दिन पाउने
प्रधानमन्त्रीले जथाभावी बोल्दा देशको कुटनीतिक क्षमतामा प्रश्न उठेको छः पूर्व राजदूत उपाध्याय
प्रधानमन्त्रीले जथाभावी बोल्दा देशको कुटनीतिक क्षमतामा प्रश्न उठेको छः पूर्व राजदूत उपाध्याय
पाटन औद्योगिक क्षेत्रको प्लास्टिक कारखानामा आगलागी
पाटन औद्योगिक क्षेत्रको प्लास्टिक कारखानामा आगलागी
गैरसरकारी संघसंस्थाले परिणाममुखी काम गर्नुपर्छ : राष्ट्रपति भण्डारी
गैरसरकारी संघसंस्थाले परिणाममुखी काम गर्नुपर्छ : राष्ट्रपति भण्डारी
केपी ओली : सुकुम्बासी जीवनदेखि मुलुककै शक्तिसाली व्यक्तिसम्म
केपी ओली : सुकुम्बासी जीवनदेखि मुलुककै शक्तिसाली व्यक्तिसम्म
द्वन्द्वकालीन आयोगमा पदाधिकारी चयन गर्न समिति बनाइने
द्वन्द्वकालीन आयोगमा पदाधिकारी चयन गर्न समिति बनाइने