पार्टी एकतामा ओली-दाहाल ‘दृढ’

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष ९, २०७४
|
|
२१ पटक हेरिएको
Shares
पार्टी एकतामा ओली-दाहाल ‘दृढ’

सारांश

  • काठमाडौं : एमाले-माओवादी मूल नेतृत्व पार्टी एकतामा दृढ देखिएको छ।
  • पार्टीका अन्य केही नेता विपक्षमा उभिन खोजे पनि नेतृत्व भने एकतामा अडिग देखिएको हो।
  • एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालका अभिव्यक्ति र कार्यशैलीले पनि एकतामा आशंका गर्ने ठाउँ साँघुरिँदै गएको नेताहरू बताउँछन्।

काठमाडौं : एमाले-माओवादी मूल नेतृत्व पार्टी एकतामा दृढ देखिएको छ। पार्टीका अन्य केही नेता विपक्षमा उभिन खोजे पनि नेतृत्व भने एकतामा अडिग देखिएको हो। एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालका अभिव्यक्ति र कार्यशैलीले पनि एकतामा आशंका गर्ने ठाउँ साँघुरिँदै गएको नेताहरू बताउँछन्।

पार्टीभित्र असन्तुष्टिको आवाज मुखरित हुन नदिन ओली-दाहाल दुवैले गरेको खबरदारीले पनि एकताप्रतिको आशंकालाई साँघुरो बनाउँदै लगेको छ। माओवादीभित्र सुषुप्तरुपमा उठ्न थालेको असन्तुष्टिलाई शनिबार मात्रै दाहालले भैरहवाको एक कार्यक्रममार्फत खबरदारी गरेका छन्। ‘को नेताले के भने त्यसको पछि नलाग्नुस्, एमाले-माओवादीमा एकता मन नपराउने एकाध मान्छे होलान् तर हामी सबै इमान्दार छौं, गम्भीर छलफल गरेर एकता टुंग्याउँछौं।’

गोपाल किराँती, विश्वभक्त दुलाल (आहुति) लगायत केही नेताले एकताको विपक्षमा बोल्न थालेपछि दाहालले त्यस्तो टिप्पणी गरेका हुन्। बरु उनले नेता-कार्यकर्तालाई त्यही कार्यक्रमबाट भने, ‘एकताका लागि तपाईंहरूले पनि नेतृत्वलाई बल दिनुस्।’

ओलीले पनि तीन दिनअगाडि काठमाडौंको एक कार्यक्रममा आफ्नै नेताहरूलाई खबरदारी गर्दै भनेका थिए, ‘एकताको विरोधमा कसैले जिब्रो निकाल्न सक्छन् तर रोक्न सक्दैनन्।’

शीर्ष नेता नै सकारात्मक रहेका कारण अब दुई पार्टी एकतामा आशंका गर्ने ठाउँ नरहेको माओवादी पोलिटब्युरो सदस्य हेमराज भण्डारीले बताए। पार्टी एकता संयोजन समितिको बैठक बस्न भइरहेको ढिलाइले भने अझै आशंका जन्माइरहेको छ। शनिबार एकता संयोजन समितिको बैठक बस्ने नेताहरूले बताए पनि तीन दिन पछि सरेको छ। अब समितिको बैठक ११ गते मात्रै बस्ने माओवादी वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए। माओवादी अध्यक्ष दाहाल आइतबार र सोमबार दुई दिन गृहजिल्ला चितवनको कार्यक्रममा ब्यस्त रहने भएकाले बैठक सरेको हो।

 

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Milanphuyal Badalphuyal

    yas

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?