रुपन्देहीमा गोली हानी हत्या, ५ लाख रुपैयाँ लुटियो

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र २९, २०७६
|
|
१५ पटक हेरिएको
Shares
रुपन्देहीमा गोली हानी हत्या, ५ लाख रुपैयाँ लुटियो

सारांश

  • रुपन्देहीमा रोहिणी गाउँपालिका(३ मा गोलि हानी एकजनाको आज हत्या भएको छ ।
  • हत्या हुनेमा ओमसतिया,पाँच पट्खौलीका ४० वर्षीय महेन्द्र कुर्मी रहेका छन् ।
  • भैरहवास्थिती बैंकबाट रकम निकालेर आफ्नो घरतर्फ जाने क्रममा मोटरसाइकलमा सवार दुईजना युवाले उनलाई गोली हानी रकम लुटेर फरार भएका हुन ।

रुपन्देहीमा रोहिणी गाउँपालिका(३ मा गोलि हानी एकजनाको आज हत्या भएको छ । हत्या हुनेमा ओमसतिया,पाँच पट्खौलीका ४० वर्षीय महेन्द्र कुर्मी रहेका छन् । भैरहवास्थिती बैंकबाट रकम निकालेर आफ्नो घरतर्फ जाने क्रममा मोटरसाइकलमा सवार दुईजना युवाले उनलाई गोली हानी रकम लुटेर फरार भएका हुन ।

कुर्मीको बायाँ कुममा गोली लागेको प्रहरीले जानकारी दिएको छ । गोली प्रहार गर्ने युवाले प्रयोग गरेको मोटरसाइकलको नम्बर प्लेटमा रातो रंग दलिएको प्रतक्ष्यदर्शीलाई उद्धृत गर्दै प्रहरीले जानकारी दिएको छ । गोली कसले र किन चलाएको भन्ने खुलेको छैन । घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?