स्पेनिश ला लिगा: बेन्जेमाको हयाट्रिकसँगै रियल म्याड्रिडको फराकिलो जित

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र २०, २०७९
|
|
३३ पटक हेरिएको
Shares
स्पेनिश ला लिगा: बेन्जेमाको हयाट्रिकसँगै रियल म्याड्रिडको फराकिलो जित

सारांश

  • काठमाडौं।
  • रियल म्याड्रिडले स्पेनिस ला लिगामा रियल भालाडोलिड माथि फराकिलो जित हासिल गरेको छ।
  • कप्तान करिम बेन्जेमाले पहिलो हाफमै ८ मिनेटको अन्तरमा ह्याट्रिक पूरा गरेकाे खेलमा म्याड्रिडले घरेलु मैदानमा ६-० को फराकिलो जीत हासिल गरेको हो।

काठमाडौं। रियल म्याड्रिडले स्पेनिस ला लिगामा रियल भालाडोलिड माथि फराकिलो जित हासिल गरेको छ।

कप्तान करिम बेन्जेमाले पहिलो हाफमै ८ मिनेटको अन्तरमा ह्याट्रिक पूरा गरेकाे खेलमा म्याड्रिडले घरेलु मैदानमा ६-० को फराकिलो जीत हासिल गरेको हो।

सान्टियागो बर्नबेउमा आइतबार राति भएको खेलको २२औं मिनेटमा रोड्रिगोले रियलकाे जीतका लागि खाता खोलेका थिए। त्यसपछि कप्तान बेन्जेमाले २९औं, ३२औं र ३६औं मिनेटमा निरन्तर गोल गरेर कप्तान बेन्जेमाले ह्याट्रिक गरेर पहिलो हाफमा नै ४–० को अन्तरले खेललाई अघि बढाए। यो हयाट्रिक उनले ८ मिनेटको अन्तरमा गरेका थिए।

त्यसैगरी दोस्रो हाफको ६५ औं मिनेटमा रोड्रिगोले गरेकाे गोलले भिएआर रेकर्डबाट मान्यता नपाए पनि ७३औं मिनेटमा मार्को एसेन्सियोले गोल गर्दै रियललाई ५-० ले अघि बढाए भने त्यसपछि इन्ज्युरी समयको पहिलो मिनेटमा लुकास भास्क्वेजले थप गोल गर्दै रियललाई ६-० को सानदार र ठूलो अन्तरको जित दिलाए।

सो जीतसँगै रियलको २७ खेलबाट ५९ अंक बटुलेको छ भने पराजित रियल भालाडोलिड २८ अंक जोडेर रेलिगेसनको १६औं स्थानमा छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब २२ घण्टा सन्चालनमा, यस्तो दैनिक तालिका
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब २२ घण्टा सन्चालनमा, यस्तो दैनिक तालिका
सिलवाल असुरक्षित भएको कुरा निराधार होइन : केपी ओली
सिलवाल असुरक्षित भएको कुरा निराधार होइन : केपी ओली
एम्बाप्पे रियल मड्रिड आउने हल्लालाई जिदानले अस्वीकार गरे
एम्बाप्पे रियल मड्रिड आउने हल्लालाई जिदानले अस्वीकार गरे
रुकुमको पछिल्लो मत परिणाम , माओवादीका जनार्दन शर्माको अवस्था !
रुकुमको पछिल्लो मत परिणाम , माओवादीका जनार्दन शर्माको अवस्था !
यातायातको सेवामा विकृति : स्वास्थ्य रिपोर्ट नै नक्कली बनाउँछन् बिचौलिया
यातायातको सेवामा विकृति : स्वास्थ्य रिपोर्ट नै नक्कली बनाउँछन् बिचौलिया
मन्त्रिपरिषद्का दुईजना मन्त्रीहरूले राजीनामा दिए
मन्त्रिपरिषद्का दुईजना मन्त्रीहरूले राजीनामा दिए
राष्ट्रसङ्घको ७४औँ महासभा आजदेखि, स्वास्थ्य सरोकार र जलवायु परिवर्तन मूल मुद्दा
राष्ट्रसङ्घको ७४औँ महासभा आजदेखि, स्वास्थ्य सरोकार र जलवायु परिवर्तन मूल मुद्दा
मलेसियामा एकै दिन नेपालीसहित ११ सय गैरकानुनी कामदार पक्राउ
मलेसियामा एकै दिन नेपालीसहित ११ सय गैरकानुनी कामदार पक्राउ
रोल्पा सेवा समाजको नयाँ कार्यसमिति चयन
रोल्पा सेवा समाजको नयाँ कार्यसमिति चयन
बलात्कार र हत्या मुद्दाका फरार पक्राउ
बलात्कार र हत्या मुद्दाका फरार पक्राउ

तपाईंले छुटाउनुभयो कि?