छिटपुट घटनाबाहेक निर्वाचन शान्तिपूर्ण ,मतदान गर्ने समय सकियो!
सारांश
- काठमाडौं, वैशाख ३१ – स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत आइतबार तीनवटा प्रदेशका ३४ जिल्लाका २८१ स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ ।
- आज २८३ वटा स्थानीय निकायका लागि मतदान गर्ने कार्यक्रम रहेपनि दुईवटा स्थानीय तहमा यसअघि नै निर्विरोध निर्वाचित भइसेककाले २८१ स्थानीय निकायमा मात्रै मतदान भएको हो ।
- पहिलो चरणको निर्वाचनमा आयोगले ८० प्रतिशतसम्म मत खस्ने अपेक्षा गरेपनि अहिलेसम्म कति मत खस्यो भन्ने आइसकेको छैन ।
काठमाडौं, वैशाख ३१ – स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत आइतबार तीनवटा प्रदेशका ३४ जिल्लाका २८१ स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ ।
आज २८३ वटा स्थानीय निकायका लागि मतदान गर्ने कार्यक्रम रहेपनि दुईवटा स्थानीय तहमा यसअघि नै निर्विरोध निर्वाचित भइसेककाले २८१ स्थानीय निकायमा मात्रै मतदान भएको हो ।
पहिलो चरणको निर्वाचनमा आयोगले ८० प्रतिशतसम्म मत खस्ने अपेक्षा गरेपनि अहिलेसम्म कति मत खस्यो भन्ने आइसकेको छैन ।
यसैवीच प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले पहिलो चरणको स्थानीय निर्वाचन उत्सवका रुपमा सम्पन्न भएको प्रतिकृया दिएका छन् । उनले केही मतदान केन्द्रमा बाहेक निर्वाचन शान्तिपुर्ण र ऐतिहासिक पर्वका रुपमा सम्पन्न भएको भन्दै स्थानीय निर्वाचन सवैका लागि उत्सव बनेको बताए । निर्वाचन आयोगले विहान ७ वजेबाट बेलुका ५ बजेसम्म मतदानका लागि समय तोकेको थियो ।
प्रतिक्रिया