एनसेल विष्फोटका शङ्कास्पद १६ पक्राउ, अनुसन्धान सुरु

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन ११, २०७५
|
|
३५ पटक हेरिएको
Shares
एनसेल विष्फोटका शङ्कास्पद १६ पक्राउ, अनुसन्धान सुरु

सारांश

  • काठमाडौँ, ११ फागुन : मुलुकका विभिन्न क्षेत्रमा रहेको टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलको टावरमा भएको बम विष्फोट र आगजनीको घटनामा संलग्न रहेको आशङ्कामा प्रहरीले १६ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ ।
  • काठमाडौँ उपत्यकाबाट पक्राउ परेका छ र बाहिरी जिल्लाबाट पक्राउ परेका १० गरी १६ जनामाथि अनुसन्धान चलिरहेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिनुभयो ।
  • “कसले विष्फोट गरायो भन्ने विषय र पक्राउ परेकाको विषयमा अनुसन्धान चलिरहेको छ, अनुसन्धानपछि मात्रै यकिन हुन्छ, अहिले नै यसै भन्न सकिन्न”, प्रवक्ता सुवेदीले भन्नुभयो ।

काठमाडौँ, ११ फागुन : मुलुकका विभिन्न क्षेत्रमा रहेको टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलको टावरमा भएको बम विष्फोट र आगजनीको घटनामा संलग्न रहेको आशङ्कामा प्रहरीले १६ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ ।

काठमाडौँ उपत्यकाबाट पक्राउ परेका छ र बाहिरी जिल्लाबाट पक्राउ परेका १० गरी १६ जनामाथि अनुसन्धान चलिरहेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिनुभयो । “कसले विष्फोट गरायो भन्ने विषय र पक्राउ परेकाको विषयमा अनुसन्धान चलिरहेको छ, अनुसन्धानपछि मात्रै यकिन हुन्छ, अहिले नै यसै भन्न सकिन्न”, प्रवक्ता सुवेदीले भन्नुभयो ।

अज्ञात समूहले ललितपुरको नख्खुलगायत देशका विभिन्न क्षेत्रमा रहेको एनसेलको टावरमा शुक्रबार बम विष्फोट गराएर क्षति पु¥याएको थियो । ललितपुरको नख्खुस्थित टावरमा भएको विष्फोटमा परी सिंहप्रसाद गुरुङको मृत्यु भएको छ भने प्रतीक्षा खड्का र आयुषा मानन्धर घाइते भएका छन् ।

उहाँले ललितपुरको नख्खुबाहेक अन्य जिल्लामा भने आगजनी मात्रै भएको जानकारी दिनुभयो । उपत्यका बाहिर कञ्चनपुर, जाजरकोट, अछाम, पूर्वी रुकुम, कपिलवस्तु, रुपन्देही, काभ्रेलगायत जिल्लाको एनसेल टावरमा आगजनी गरिएको छ । काठमाडौँ कमलपोखरीमा फेला परेको बमलाई भने डिस्पोज गरिएको थियो ।

गृहमन्त्री रामबहादुर थापाले आज उपचाररत घाइतेसँग भेट गरी उपचारको सम्पूर्ण जिम्मेवारी सरकारले लिने जानकारी दिँदै दोषीलाई पक्राउ गरी कारवाही गर्ने आश्वासन दिनुभएको छ ।

उक्त घटनापछि सुरक्षा व्यवस्थामा समेत थप कडाइ गरिएको प्रहरीले जनाएको छ । जाँचलाई साविकभन्दा बढाएको, सादा पोशाकमा समेत प्रहरी परिचालन गरी मोबाइल गस्ती बढाएको र मुलुकभरका प्रहरी कार्यालयलाई सुरक्षा व्यवस्था थप मजबुद पार्न निर्देशन दिइसकिएको प्रवक्ता सुवेदीले जानकारी दिनुभयो ।

यस्तै शङ्कास्पद गतिविधिलाई समेत प्रहरीले निगरानी थालेको छ । विभिन्न जिल्लामा रहेको संवेदनशील क्षेत्रमा समेत सुरक्षा सतर्कता बढाएको प्रहरीले जानकारी दिएको छ । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दरबारमार्गको होटलमा ‘सामूहिक बलात्कार’मा परेकी भनिएकी युवती नै फरार
दरबारमार्गको होटलमा ‘सामूहिक बलात्कार’मा परेकी भनिएकी युवती नै फरार
सीमा वार्ता असफल, प्रजिअको टोली रित्तो हात फिर्ता
सीमा वार्ता असफल, प्रजिअको टोली रित्तो हात फिर्ता
कपिलवस्तु क्षेत्रको विकासको लागि कुनै क्रसर बाकी नराख्ने प्रतिवद्धता : बलदेब
कपिलवस्तु क्षेत्रको विकासको लागि कुनै क्रसर बाकी नराख्ने प्रतिवद्धता : बलदेब
आज विदेशी मुद्राको विनिमय दर कति छ ?
आज विदेशी मुद्राको विनिमय दर कति छ ?
पशुपतिनाथ, मठ मन्दिर सुनसान
पशुपतिनाथ, मठ मन्दिर सुनसान
अस्थायी शिक्षकलाई स्थायी नगर्ने सरकारको नीति!
अस्थायी शिक्षकलाई स्थायी नगर्ने सरकारको नीति!
आमाको निन्द्रा जोगाउदै र छोराको सपना पूरा गर्नेगरी अब खुल्ने छ ठमेल र दरबारमार्ग २४ सै घन्टा
आमाको निन्द्रा जोगाउदै र छोराको सपना पूरा गर्नेगरी अब खुल्ने छ ठमेल र दरबारमार्ग २४ सै घन्टा
शरणार्थी प्रकरणमा मुछिएका सबैको छानबिन गरौँ : थापा
शरणार्थी प्रकरणमा मुछिएका सबैको छानबिन गरौँ : थापा
ललितपुर महानगरमा चिरिबाबु दोब्बर बढी मतले अघि, हरिकृष्ण पछिपछि
ललितपुर महानगरमा चिरिबाबु दोब्बर बढी मतले अघि, हरिकृष्ण पछिपछि
काठमाडौं उपत्यकामा एकैदिन ८१७ जना कोरोना संक्रमित

तपाईंले छुटाउनुभयो कि?