गृहमन्त्री जनार्दन शर्मा रुकुमबाट चुनाव लड्ने

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन ११, २०७४
|
|
२१ पटक हेरिएको
Shares
गृहमन्त्री जनार्दन शर्मा रुकुमबाट चुनाव लड्ने

सारांश

  • माओवादी केन्द्रले पश्चिम रुकुमले आसन्न प्रतिनिधि सभा र प्रदेशसभाको लागि उम्मेद्धारहरु सिफारिस गरेको छ ।
  • सदरमुकाम मुसीकोटमा मंगलबार सम्पन्न वैठकले प्रतिनिधि सभाको प्रत्यक्ष उम्मेद्धारमा गृहमन्त्री जनार्दन शर्मा प्रभाकरलाई सर्वसम्मतले सिफारिस गरेको पार्टी इन्चार्ज राजकुमार शर्माले जानकारी दिए ।
  • प्रदेश सभामा क्षेत्र नं.

माओवादी केन्द्रले पश्चिम रुकुमले आसन्न प्रतिनिधि सभा र प्रदेशसभाको लागि उम्मेद्धारहरु सिफारिस गरेको छ । सदरमुकाम मुसीकोटमा मंगलबार सम्पन्न वैठकले प्रतिनिधि सभाको प्रत्यक्ष उम्मेद्धारमा गृहमन्त्री जनार्दन शर्मा प्रभाकरलाई सर्वसम्मतले सिफारिस गरेको पार्टी इन्चार्ज राजकुमार शर्माले जानकारी दिए । प्रदेश सभामा क्षेत्र नं. २ वाट जिल्ला संयोजक गोपाल शर्मा अनललाई सर्वसम्मत रुपमा सिफारिस गरिएको छ ।

प्रदेशसभाको लागि क्षेत्र नं. १ मा भने उम्मेद्धारका आकांक्षीहरुको संख्या धेरै भएकोले ८ जनाको नाम सिफारीस गरिएको इन्चार्ज शर्माले बताए । क्षेत्र नंं. १ को उम्मेद्धारको लागि बिमला केसी, महेन्द्र केसी, रातो कामी, अनिल शर्मा, वुद्धिप्रसाद शर्मा, वसन्त शर्मा, कलवहादुर नाथ र जयवहादुर पाण्डेलाई सिफारिस गरिएको छ ।

प्रतिनिधि सभाको लागि समानुपातिक तर्फ निमवहादुर बुढाथोकी, मिलन खड्का, पहलसिंह घर्ती, दिपेन्द्र विक, लक्ष्मी शर्मा र लुम्बीनी गौतमको नाम सिफारिसमा परेको छ । वैठकले प्रदेश सभाको लागि समानुपातिकतर्फ पुष्प वादी, लक्ष्मी पुन, मिनवहादुर ओली, गणेशकुमार केसी, मनवहादुर वादी र प्रतिभा केसीलाई सिफारिस गरि पठाउने निर्णय गरेको छ । जिल्ला समितिले सिफारिस गरेका नामहरुबाट उम्मेद्धारहरुको अन्तिम टुंगो भने केन्द्रीय समितिले लगाउने छ ।

माओवादी केन्द्र पूर्वी रुकुम पनि उम्मेदवार टुंग्याउने कसरतमा व्यस्त छ । उम्मेदवार टुंग्याउन पार्टीको बैठक रुकुमकोटमा बसिरहेको छ । आकांक्षिहरु धेरै हुँदा पूर्वि रुकुमलाई पनि उम्मेदवारको टुंगो लगाउन हम्मे हम्मे भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?